9841825558 | 9852835350 presscentrenepal@outlook.com

गोरखा नगरपालिका ५ मा  एकिकृत समाजवादी पार्टीका उमेद्वारले आफ्नो उमेद्वारी फिर्ता लिनु भएको छ । उपनिर्वाचनमा उमेद्वारी दिनुभएका खड्कबहादुर भुजेलले माओवादी केन्द्रका उमेद्वार विष्णु रानामगरलाई समर्थन गर्ने घोषणा गर्दै उमेद्वारी फिर्ता लिनुभएको हो

वडाध्यक्ष पदका लागि यहीँ मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा उमेद्वारी दिनुभएका खड्कबहादुर भुजेलले बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेद्वारी फिर्ता लिनुभएको हो ।

उहाँले आगामी निर्वाचनका लागि माओवादी केन्द्रका उमेद्वारलाई समर्थन गर्ने निर्णय गरेको वताउनुभयो । निर्वाचन आयोगले उमेद्वारी फिर्ता लिनका लागि बुधबार दिउँसो एक बजेसम्मका लागि समय दिएको थियो । निर्धारित समयमै भुजेलले कार्यालयमा पुगेर उमेद्वारी फिर्ता लिनुभएको हो ।

File Type: jpg
File Size: 269 KB
Categories: News
Author: Presscentre Nepal