9841825558 | 9852835350 presscentrenepal@outlook.com
प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको अधिवेशन सम्पन्न, अध्यक्षमा मनिष खड्का

प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको अधिवेशन सम्पन्न, अध्यक्षमा मनिष खड्का

प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा मनिष खड्का निर्वाचित हुनुभएको छ । जिल्ला सदरमुकाम खलङ्गामा आज भएको सङ्गठनको छैटौँ अधिवेशनले खड्काको अध्यक्षतामा सर्वसम्मत रूपमा २ जना पछि थप्ने गरी ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्ष खुलामा दीपेन्द्र महतारा, महिलामा गङ्गा बिसी, सचिवमा सत्य बटाला, सहसचिव खुलामा बलेन्द्र ओली, समावेशी तर्फ ज्ञानी खड्का र कोषाध्यक्षमा सुनिल थापा मगर निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यमा प्रेम कुशारी, बलबहादुर खत्री , इतिहास परियार र हिमाली बुढा चयन हुनुभएको छ । जिल्ला सम्मेलनले साङ्गठनिक र आर्थिक प्रतिवेदन समेत पारित गरेको छ । दुवै प्रतिवेदन अध्यक्ष देवकुमार ओलीले प्रस्तुत गर्नुभएको थियो । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति अध्यक्ष देवकुमार ओलीको अध्यक्षतामा भएको जिल्ला सम्मेलन उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज वसन्तकुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला सङ्गठन विभाग प्रमुख गोपाल शर्मा अनल, पार्टीका कर्णाली प्रदेश अध्यक्ष विमला केसी, जिल्ला संयोजक गोविन्द रोका सचिन, सङ्गठनका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज एवं पार्टीका प्रचार विभाग प्रमुख मेगराज खड्का, सङ्गठनका कर्णाली प्रदेश कोषाध्यक्ष तथा नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष गोपाल रेग्मीको आतिथ्यता रहेको थियो ।

सम्मेलन मार्फत नेपाल पत्रकार महासङ्घको हालै सम्पन्न निर्वाचनमा सङ्गठनका तर्फबाट गोपाल रेग्मी नेतृत्वका प्यानल विजयी गराउन भूमिका खेल्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरिएको छ भने महासङ्घमा निर्वाचित टिमलाई बधाई समेत ज्ञापन गरिएको छ । प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज वसन्तकुमार शर्माले जन पक्षीय पत्रकारितामा थप सशक्त भएर लाग्न आग्रह गर्नुभएको थियो ।

सम्मेलनमा बोल्दै उहाँले प्रेस सेन्टर जनताको पक्षमा काम गर्ने एक मात्र सङ्गठन रहेको भन्दै थप सशक्त भएर पत्रकारितामा अघि बढ्न आग्रह गर्नुभएको हो । अन्य अतिथिहरूले पनि मुक्ति कामी आन्दोलनको रापबाट स्थापना भएको पत्रकार सङ्गठन प्रेस सेन्टरलाई थप सशक्त रूपमा अघि बढाउन आग्रह गर्नुभएको थियो ।

माओवादी केन्द्रकाे पदाधिकारी बैठकले के गर्याे निर्णय ?

माओवादी केन्द्रकाे पदाधिकारी बैठकले के गर्याे निर्णय ?

उपनिर्वाचनको उत्साहपूर्ण परिणामले ०८४ मा एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार गरेको माओवादी केन्द्रको निष्कर्ष
काठमाडौं, २० मंसिर । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ । आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासी खुमलटारमा बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
‘आजको बैठमा स्थानीय तह उपनिर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ । जितेका सिट संख्या र लोकप्रिय जनमत दुबै हिसाबले प्राप्त परिणामलाई उत्साहजन भएको निष्कर्ष निकालिएको छ’– बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भन्नुभयो– ‘यसले अब आगामी निर्वाचनमा आफ्नै एजेण्डा र पहिचानसहित एक्लै निर्वाचन लड्ने आधार तयार गरेको छ भन्ने आजको कार्यालय बैठकको निष्कर्ष हो ।’
यसअघि पार्टीले जितेका रुकुमपूर्वको पुथाउत्तरगंगा र हुम्लाको सर्केगाड गाउँपालिका जोगाएर बाँकी पालिका र वडामा थप गर्नुका साथै लोकप्रिय जनमतका हिसाबले दोस्रो हुनुलाई माओवादी केन्द्रले उपलब्धिको रुपमा लिएको छ । भएभरका सबै दलहरु मिलेर गठबन्धन गर्दा पनि रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा भारी मन्तान्तरले विजयी हुनु, त्यहाँको वडामा निर्विरोध हुनु, जाजरकोटको नलगाड नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका, नुवाकोट, उदयपुर, गोरखा, धनुषा, डोल्पाका वडाहरु लगायतका ठाउँमा भारी मतान्तरले विजयी हुनु, पहिले तेस्रोमा पनि निकै कमजोर स्थितिमा रहेको काठमाडौंको कीर्तिपुरमा नगरपालिका सहित १२ ठाउँमा उल्लेख्य मतसहित दोस्रो हुनु आदिलाई पार्टीले जनतामा माओवादीप्रति बढेको विश्वास र उत्साहको रुपमा लिएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । कीर्तिपुरमा दोस्रो भए पनि यसलाई जनता र कार्यकर्ताले जीतकै रुपमा लिएको उहाँले बताउनुभयो ।
‘विगतमा जनतासँगको सम्बन्ध थप प्रगाढ बनाउन नसक्नुमा हाम्रो केही गल्ती कमजोरी भएकै हो, पार्टी र जनता दुबैको कुरा मिल्दै गएको छ’– उहाँले भन्नुभयो– ‘हाम्रो पार्टीले पनि जनतासँग सम्बन्ध प्रगाढ बनाउन नसक्नुलाई कमजोरीको रुपमा लिंदै आफ्नो वर्गप्रति फर्कने अभियान सुरु गरेको छ भने जनताले पनि हाम्रो हितमा काम गर्ने पार्टी त माओवादी नै रहेछ भनेर पुनः बोध गर्न थालेका छन्, अहिले उपनिर्वाचनको सफलताको अर्थ पनि योसँगै जोडिएको छ ।’
पार्टीले केन्द्रीय कार्यालय र स्थायी समिति बैठकहुँदै देशब्यापी परामर्श बैठकमार्फत लिएको पहलकदमी र सबै नेता कार्यकर्ताहरु एकताबद्ध भएर खटिंदा नै उपनिर्वाचनबाट यो परिणाम प्राप्त भएको उल्लेख गर्दै प्रवक्ता सापकोटाले भन्नुभयो– ‘यो उपनिर्वाचनले वृहत बामपंथी एकीकरण र कम्युनिष्ट पार्टीको पुनर्गठनका लागि हामीलाई थप आधार दिएको छ । अब यही २७ गते स्थायी समिति र त्यसपछि केन्द्रीय समिति बैठक बस्दैछ, त्यहाँ पनि समीक्षा हुनेछ । जिल्ला र प्रदेशहरुबाट पनि समीक्षा रिपार्ट आइरहेका छन् । हाम्रो प्रारम्भिक समीक्षाले परिणामलाई उत्साहवर्धन भनेको छ ।’
बैठकले पार्टीका पालिका सम्मेलन र पालिकास्तरका खबरदारी सभाहरुलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । खबरदारी सभाका लागि केन्द्रीय नेताहरुलाई पालिकास्तरमा खटाउने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।
समसामयिक विषयमा छलफल गर्दै बैठकले सरकारको प्रभावकारिता शून्य अवस्थामा रहेको निष्कर्ष निकाले छ । तर, पनि आफ्नो पार्टी सरकार फेरबदलका लागि चासो नदिने पुरानै निर्णयमा अडिग रहेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । ‘हाम्रो अध्यक्षले स्पष्टरुपमा भनिरहनुभएको छ, अहिले हामी सरकार फेरबदलमा लाग्दैनौं बरु ८४ सम्म नै यही सरकार जाओस् भन्नेमा हाम्रो जोड छ’– उहाँले भन्नुभयो– ‘जसरी सरकारले सेवा प्रवाह र सुशासनको पक्षमा कमजोरी प्रस्तुति देखाइरहेको छ, यही बहानामा अराजकतावादीहरुले थप अस्थिरता निम्त्याउन नपाउन् भनेर पनि हाम्रो पार्टी ८४ सम्म यही सरकार जाओस् भन्ने चाहन्छ ।’
माओवादी केन्द्रले विद्युत प्राधिकरणमा सरकारले गरिहेको हस्तक्षेपको बिरोध गरेको छ । ‘जसरी प्राधिकरणले महसुस उठाउन जोड दिइरहेको छ, यसलाई रोक्न इतिहासमा कहिल्यै नभएको अनौठो गरी विद्युत प्राधिकरणमै मन्त्रीले कार्यकक्ष खोलेर प्राधिकरणका काममा अवरोध गर्ने काम भएको छ, यसमा हाम्रो सशक्त बिरोध हुनेछ’– प्रवक्ता सापकाटोले भन्नुभयो– ‘सरकारले बिचौलिया र भ्रष्टाचारीहरुलाई जोगाउने काम गरिरहेको छ, यसका विरुद्ध व्यवस्थित रुपमा खबरदारी गर्ने पार्टीले निर्णय गरेको छ ।’ आगामी स्थायी समिति र केन्द्रीय समिति बैठकमा विहंगम छलफल गरेर कार्यक्रमिकरुपमा नै अघि बढ्ने उहाँले जानकारी दिनुभयो ।

जनमुक्ति सेनाकी कमाण्डर सन्ध्याकाे पुस्तक बारूदभित्र जीवन सार्वजनिक

जनमुक्ति सेनाकी कमाण्डर सन्ध्याकाे पुस्तक बारूदभित्र जीवन सार्वजनिक

जनयुद्धको प्रत्यक्ष अनुभव संगालेकी जनमुक्ति सेनाकी कमाण्डर जानुका धमला सन्ध्याद्वारा लिखित पुस्तक `बारूदभित्र जीवन´ बजारमा आएको छ ।

राजधानीमा बुधबार आयाेजित गणतन्त्र सेनानी सम्मान कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त पुस्तक विमाेचन गर्नुभएको हाे ।

दशबर्षे जनयुद्धमा जनमुक्ति सेना नेपालको सिपाही देखि कम्पनि कमाण्डर सम्मको भुमिका निभाएकी जानुका धमला (सन्ध्या)को “बारुद भित्र जीवन” पठनिय र महत्त्वपूर्ण पुस्तक रहेकाे प्रचण्डले बताउनुभएको छ ।
गणतन्त्र सेनानी कोषको आयोजनामा भएको “गणतन्त्र सेनानी सम्मान २०८१” नामक कार्यक्रममा धमलाको कृति पनि लोकार्पण गरिएको हाे ।

धमला जनमुक्ति सेनाकाे कमाण्डर र सदस्यकाे रूपमा दर्जनौं फाैजी कारवाही र भिडन्तहरूमा प्रत्यक्ष सहभागी भएकी याेद्वा हुन् । उनले जनयुद्वमा जिवनसाथी समेत गुमाएकी थिइन् । उनी तत्कालीन रेडियो जनगणतन्त्र नेपालकाे संवाददाताकाे रूपमा पनि काम गरेकी थिइन् । उनी शान्ति प्रक्रियापछि तेस्रो डिभिजनबाट स्वेच्छिक अवकासमा निस्केकी थिइन् । उनी त्यसपछि राेजगारीकाे सिलसिलामा विदेश र युराेप समेत पुगेको र अहिले स्वदेशमै रहेर परिवर्तनको पक्षमा काम गरिरहेकाे उनले बताइन् ।

सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यता तथा माओवादी उच्च स्तरका नेताहरु पुर्व जनमुक्तिसेना नेपालका डेपुटी कमाण्डरहरु को बिशेष उपस्थिति र नेता कार्यकर्ताहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।
गणतन्त्र सेनानी कोषका अध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य सरल सहयात्रीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई “ गणतन्त्र नायक सम्मान” बाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा दशबर्षे जनयुद्ध ,१९ दिने जन आन्दोलन तथा बिभिन्न राजनैतिक र सामाजिक रुपान्तरणमा अग्रणी मोर्चामा रहेर देश र जनातको लागि आफ्नो ज्यानको पर्वाहा नगरि लड्ने साहासिक योद्धाहरु ,जनमुक्ति सेनाका डेपुटी कमाण्डर जनार्दन शर्मा प्रभाकर , नन्द बहादुर पुन पासाङ ,चक्रपाणी खनाल बलदेव तथा जनमुक्ति सेनाका बिभिन्न तहका कमाण्डरहरुलाई सम्मान गरिएको थियो ।

अजिरकाेटमा ‘मेरो सेरोफेरो’ पुस्तकमा जनयुद्ध सम्बन्धी सामग्रीले ल्याएको बहस

अजिरकाेटमा ‘मेरो सेरोफेरो’ पुस्तकमा जनयुद्ध सम्बन्धी सामग्रीले ल्याएको बहस

जनयुद्ध । हेर्दा यो अन्यझैँ एक शब्द हो । तर, नेपाली समाजमा यो एक भावना हो ।

एउटा यस्तो शब्द जसमा आधारित भएर दर्जनौँ उपन्यास, कथा र साहित्य  लेखिए । कयौँ चलचित्र बनिसके तर समाजमा एउटा तप्का छ, जो जनयुद्ध शब्द सुन्नसमेत चाहन्न ।

यही समाजमा अर्को एउटा तप्का छ जाे जनयुद्ध शब्दप्रति सधैं  गर्व गर्छ । जनयुद्धले नेपाली समाजमा पुर्‍याएको योगदानको चर्चा गरेर थाक्दैन ।

स्विकारे पनि, नस्विकारे पनि आजको नेपाली समाजको यथार्थ यही हो । जनयुद्धको सवालमा नेपाली समाज प्रस्ट दुई विपरीत ध्रुवमा विभाजित छ ।

जनयुद्धकै प्रमुख उपलब्धि मानिएको गणतन्त्र र संघियता लागू भएपछि स्थानीय तहको आफ्नै सरकार छन् । शिक्षा, स्वास्थ्यमा आफ्नै अधिकार छन् । देशभरका स्थानीय तहहरूले यो अभ्यास गर्दै आएका पनि छन् ।

अहिले अजिरकोट गाउँपालिका गोरखामा पाँच कक्षामा पढाइने ‘मेरो सेरोफेरो’ पुस्तकमा जनयुद्ध सम्बन्धी सामाग्री राखेको भन्दै बहस सुरु भएको छ । अजिरकोट गाउँपालिकाले प्रकाशन गरी कक्षा ५ मा पढाउन लागेको पाठ १६ विषय क्षेत्र ८ मा ऐतिहासिक परिवर्तनका परिदृश्यहरूमा जनयुद्धको पहिला पोस्टर र जनमुक्ति सेनाको तस्बिरसहित राखेर प्रकाशन गरेपछि पालिकाको नेतृत्व चर्चामा आएको छ ।

पक्ष विपक्षबाट बहस सिर्जना भइरहेका छन् । पालिका अध्यक्ष र उपाध्यक्ष हारेको नेपाली कांग्रेस पछिल्लो समय अजिरकोटको विकास लगायतका कार्यमा अवरोध सिर्जना गर्दै आइरहेको देखिन्छ । विभिन्न पक्षलाई साथमा लिएर समग्र पालिका नेतृत्वको आलोचना गर्दै काममा अवरोध गर्दै आइरहेको छ ।

अहिले अजिरकोट गाउँपालिकामा माओवादी केन्द्रका नेता दीपक देवकोटा निर्वाचित अध्यक्ष छन् । गाउँपालिकाले कक्षा १ देखि कक्षा ५ सम्म `अजिरकोट सेरोफेरो´ नामक किताब प्रकाशन गरी अध्ययन अध्यापन गराइरहेको छ ।

`स्थानीय सरकार सञ्चालन मापदण्ड´ अन्तर्गत नै रहेर स्थानीय पाठ्यक्रम बनाएको अध्यक्ष देवकोटा जिकिर गर्छन् । उनले कक्षा ५ को ‘अजिरकोट सेरोफेरो’ पाठ्यपुस्तकको सामाजिक चेतना शीर्षमा माओवादी जनयुद्धसम्बन्धी सामाग्री राखिएको बताए ।

‘स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत रहेर नै पाठ्यपुस्तक तयार गरिएको हो,’ उनले भने ‘पाँच कक्षाको पाठ्यपुस्तक अजिरकोट सेरोफेरोको सामाजिक चेतना शीर्षकमा गणतन्त्र स्थापनामा निर्णायक भूमिका खेलेको माओवादी जनयुद्धबारे अहिलेका पुस्तालाई जानकारी गराउन राखिएको हो । पाठ्यपुस्तक छापिएर आइसक्यो ।’

स्थानीय पाठ्यक्रम भनेको कला, संस्कृति, भेषभुषा, रहनसहनबारेमा ज्ञान दिलाउने कुरा भएकाले पछिल्लो सन्दर्भमा परिवर्तनको बारेमा २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन, २०६२/६३ सालको जनआन्दोलनको साथसाथै गणतन्त्र स्थापना गर्न निर्णायक भूमिका खेलेको जनयुद्धबारेमा अहिलेका पुस्तालाई अवगत गराउनु स्थानीय पालिकाको कर्तव्य भएको उनले बताए ।

‘२००७, २०४६, २०६२/६३ को जनआन्दोलनबारे छलफल हुने तर नेपालमा गणतन्त्र प्राप्तिका लागि निर्णायक भूमिका खेलेको माओवादी जनयुद्धबारे आम नयाँ पुस्तालाई थाहा नहुने भइसकेपछि चेतना दिने उद्देश्य स्वरूप हाम्रो चेतना शीर्षकमा ती कुरा समेटिएको छ,’ उनले भने ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि कक्षा १ देखि १० सम्मको अध्ययन अध्यापन गराउने जिम्मा स्थानीय तहलाई दिइएको छ ।

यसमा पनि दुवै किसिमका प्रतिक्रियाहरू आइरहेका छन् ।

पहिलो नेपालमा जनयुद्ध शब्द संविधानमा नलेखिए पनि जनयुद्धकै जगमा स्थापित नेपालको संघिय गणतन्त्रलाई स्वीकार गर्ने,

दोस्रो, काठमाडौं महानगरलगायतका देशभरका ७ सय ५३ वटा स्थानीय तहहरूमा आफ्नो मौलिकता झल्कने विषयमा पाठ्यपुस्तकमा राख्न पाउने अधिकार संविधानले नै दिएको छ । अझ, स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहलाई स्वायत्तका रूपमा पाठ्यपुस्तक तयार गर्न अनुमति दिएको छ ।

जस्तो कि, काठमाडौं महानगरका सबै सामुदायिक विद्यालयमा नेवारी भाषाका पुस्तक पाठ्यक्रममा राखेको छ । तर, अजिरकोटले ऐतिहासिक परिवर्तनका परिदृश्यहरूमा जनयुद्धको शब्दको विषयमा चित्र हेर्नुहोस् र छलफल गर्नुहोस् भन्ने विषय आउनु ‘राजनीतिक फन्डा’ मात्रै भएको एक पक्षको तर्क छ।

अर्को पक्षको तर्क के पनि छ भने, नेपालको ऐतिहासमा विभिन्न कालखण्डमा भएका आन्दोलन होस या विभिन्न राजनीतिक घटनाहरू सबैले अध्ययनको विषय भएको समेत तर्क राख्छन् ।

जसले जसरी तर्क गरेपनि सत्य र यथार्थ कुरा नेपालकाे राजनीतिक व्यवस्था परिवर्तन र सामाजिक रूपान्तरणमा जनयुद्धको भुमिकालाई अवमुल्यन गर्न मिल्दैन । यसका सबल र दुर्बल पक्षका बारेमा बहस हुन सक्ला तर जनयुद्धको इतिहास र याेगदानलाई भुल्न मिल्दैन । ढिलै भएपनि अजिरकाेट गाउँपालिकाले शुरूवात गरेकाे याे विषयले एउटा बहस पैदा गर्नेछ ।

मुलुकमा फेरि नयाँ क्रान्ति आवश्यक भएको छ: प्रचण्ड

मुलुकमा फेरि नयाँ क्रान्ति आवश्यक भएको छ: प्रचण्ड

काठमाडौ, १९ मङ्सिर ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताउनुभएको छ।
गणतन्त्र सेनानी कोषले आयोजना गरेको गणतन्त्र सेनानी सम्मान २०८१ लाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो।
जनयुद्धको उत्कर्षमा पार्टीले गरेको विश्लेषण सुनाउदै अध्यक्ष प्रचण्डले भन्नुभयो- उतिबेला हामीले भनेका थियौं, अब देश गणतन्त्रमा त जान्छ जान्छ तर यसलाई प्रतिक्रियावादीहरुले आफूले चाहेजस्तो बनाउन खोजेका खोज्ने छन्, हामी हामीले चाहेजस्तो बनाउन खोज्ने छौं, त्यो बेला फेरि जनताको गणतन्त्रका लागि अर्को संघर्ष आवश्यक पर्न सक्छ भनेका थियौं, त्यो विन्दु अब नजिक आएको छ ।
उहाँले अब हुने क्रान्ति पहिलेजस्तो सशस्त्र नहुने बरु जनतामा गएर जनताकै बलमा भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन अघि बढाउने बताउनुभयो । लाखौं लाख जनता सडकमा लिएर हिजो संविधान लेखनको क्रममा फरक मतको छाडेका मुद्दा अघि बढाइने र गणतन्त्रलाई जनताको व्यवस्था बनाउने अभियानलाई पूर्णता दिइने उहाँले बताउनुभयो ।
नयाँ क्रान्तिका लागि विभाजित माओवादीलाई एकताबद्ध गर्दै माओवादीको आफ्नै एजेन्डा र पहिचानमा अघि बढ्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको उपनिर्वाचनमा एक्लै विजय प्राप्त गरेर त्यसको सुरुवात गरिसकेको बताउनुभयो ।
नेपालमा जनताले दस वर्षे जनयुद्ध नगरेको भए गणतन्त्र स्थापनाको कल्पनासमेत गर्न नसकिने उल्लेख गर्दै उहाँले जनताको तर्फबाट यति धेरै सङ्गठित र व्यवस्थितरुपमा आजसम्म नेपालमा कुनै युद्ध नभएको पनि स्पष्ट गर्नुभयो ।बताउनुभयो । उहाँले इतिहासको सम्मानका लागि नयाँ सस्कारको थालनी गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो । यस्तो कार्यक्रम राज्यले गर्ने परम्पराको पनि थालनी गर्नुपर्ने बताउनुभयो ।
पूर्वउपराष्ट्रपति एवं तत्कालीन जनमुक्ति सेनाका डेपुटी कमान्डर नन्दबहादुर पुन पासाङले माओवादी, जनयुद्ध, जनमुक्ति सेना र जनताको कारण गणतन्त्र आएको हो भन्ने नेपाली इतिहासमा स्वर्णिम अक्षरमा लेखिएको बताउनुभयो । गणतन्त्रका उपलब्धि रक्षा गर्दै उहाँले फेरि पनि अध्यक्ष प्रचण्डको नेतृत्वको नेतृत्वमा समाजवादी अभियान अघि बढानुपर्ने बताउनुभयो।
माओवादी केन्द्रका उपमहासचिव एवं तत्कालीन जनमुक्ति सेनाका डेपुटी कमाण्डर जनार्दन शर्मा प्रभाकरले जनयुद्धको थालनी र सन्चालनहुँदै गणतन्त्र स्थापनाको मुख्य श्रेय अध्यक्ष प्रचण्डलाई जाने बताउनुभयो । उहाँले जनयुद्धको कथा लेख्न बाकी रहेकाले यसमा सबै यौद्वाहरुको ध्यान दिनुपर्ने बताउनुभयो । अर्का डेपुटी कमान्डर चक्रपाणि खनाल बलदेवले अध्यक्ष प्रचण्डको सफल नेतृत्वका कारण जनयुद्ध सफल भएको र गणतन्त्र संभव भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डलाई गणतन्त्र नायक सम्मान
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष, गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं जनयुद्धका सर्वोच्च कमान्डर पुष्पकमल दाहाल प्रचण्डलाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको थियो ।
देशबाट सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न दश वर्षे जनयुद्धको पहल, थालनी र नेतृत्व गर्दै जनआन्दोलन र संविधानसभाको निर्वाचनहुँदै गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान निर्माण र गणतान्त्रिक सरकारको नेतृत्व गर्दै मुलुकलाई यहाँसम्म ल्याइपुर्याउन कुशल नेतृत्व गरेकोमा गणतन्त्र नायकको सम्मान प्रदान गरिएको कोषले जनाएको छ।
कोषले यो वर्षदेखि गणतन्त्र स्थापनाका लागि योगदान गर्ने सेनानीहरुलाई गणतन्त्र सेनानी सम्मान प्रदान गर्न सुरु गरेको हो। कोषले जनमुक्ति सेनाका डेपुटी कमान्डरहरु नन्दबहादुर पुन पासाङ, वर्षमान पुन अनन्त, जनार्दन शर्मा प्रभाकर र चक्रपाणि खनाल बलदेवलाई गणतन्त्र सेनानी सम्मान प्रदान गरेको छ।
कोषले बागमतीका १३ जिल्लाबाट एक एक जना र सास्कृतिकर्मीलाई पनि सम्मान गरेको छ। बागमतीबाट सुरु गरिएको गणतन्त्र सेनानी सम्मानलाई देशब्यापी बनाउदै लैजाने कोषका अध्यक्ष सरल सहयात्रीले जानकारी दिनुभयो।