छ पत्रकार संगठन र स्वतन्त्र पत्रकारद्वारा समर्थित श्रमजीवी पत्रकारको साझा प्यानलका उम्मेदवारको प्रतिबद्धता सार्बजनिक
१) सर्वप्रथम हामी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र लोकतन्त्रको पक्षमा नेपाल पत्रकार महासंघले गर्दै आएको सम्झौताहिन संघर्षप्रति गौरव गर्दै यसक्रममा आफ्नो जीवन बलिदान गर्नुहुने योद्धाहरुप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछौं । साथै यसका लागि कष्टसाध्य संघर्ष गर्नुहुने हाम्रा सम्पूर्ण अग्रजसहित प्रेस स्वतन्त्रता सेनानीहरुप्रति अभिनन्दन प्रकट गर्दछौं । हामी उहाँहरुले निर्माण गरेको गौरवपूर्ण इतिहासलाई कायम राख्दै सोही बाटोमा अनबरत हिडिरहने प्रण गर्दछौं ।
२) नेपाली पत्रकारितालाई स्वच्छ, मर्यादित र उत्तरदायी बनाउनका लागि महासंघभित्र र पत्रकारिता क्षेत्रमै शुद्धीकरणको आवश्यकता छ । यसका लागि नेपाल पत्रकार महासंघलाई क्रियाशील पत्रकारहरुको मात्रै साझा संगठन बनाई आम श्रमजीवी पत्रकारको साझा नेतृत्वदायी पेशागत संगठनका रुपमा अघि बढाउनेछौं । साथै, लोकतान्त्रिक समूदायको भरोषायोग्य नागरिक संस्थाकोे रुपमा स्थापित महासंघको गरिमा, गौरव र सामाजिक स्वीकारोक्तिलाई वृद्धि गर्न प्रतिवद्ध छौं ।
३) हाम्रो प्यानल श्रमजीवी पत्रकारहरुको हकहित र अधिकारप्रति पूर्ण प्रतिवद्ध छ । हामी श्रमजीवी पत्रकार सम्बन्धी ऐनको पूर्ण कार्यान्वयनका निम्ति ठोस पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं । श्रमजीवी पत्रकारका लागि औषधोपचार, तालिम, पुरस्कार, फेलोसिपको व्यवस्था गर्नूको साथै सञ्चार सामग्रीको बिमा गर्ने प्रबन्धका लागि पहल गरिनेछ । श्रमजीवी पत्रकार कल्याण कोषलाई थप प्रभावकारी बनाउने प्रण गर्दछौं ।
(४) संघ, प्रदेश र स्थानीय तहमा सञ्चारमैत्री नीति, कानून र संरचना निर्माणका लागि ठोस पहल गर्नेछौं ।
(५) पत्रकार आफैले चलाएका स्वरोजगारमूलक सञ्चार माध्यमको संरक्षण, समानुपातिक विज्ञापन वितरणको व्यवस्था र स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई दिलाउन ठोस पहल गर्ने छौं । साथै, सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन शतप्रतिशत वृद्धिको लागि पहल गर्नेछौं ।
६) पत्रकारिता क्षेत्रमा लामो समय योगदान दिनुभएका पत्रकारहरुका लागि वरिष्ठ पत्रकार सम्मान तथा जीवनवृत्ति र अपांगता भएका पत्रकारका लागि मासिक भत्ताको व्यवस्था, महिलाले चलाएका र मातृभाषाका सञ्चार माध्यमका लागि विशेष व्यवस्था गर्न पहल गर्ने छौं ।
७) महिला, दलित, आदिवासी, जनजाती, अपांगता, मधेशी, सीमान्तकृत र पछाडि परेका क्षेत्र, वर्ग र समुदायको आमसञ्चारमा प्रतिनिधित्व बढाउन थप पहल गर्नेछौं ।
८) पत्रकार महासंघको सदस्यता लिएका सम्पूर्ण पत्रकारको निःशुल्क दुर्घटना तथा स्वास्थ्य बिमाको प्रक्रियालाई अघि बढाउने छौं ।
९) महासंघका संघ, प्रदेश र शाखा कार्यालय भवनलाई पूर्णता दिंदै इ–लाईब्रेरी र सञ्चार संग्रहालय निर्माण गर्नेछौं । लामो समयदेखि पत्रकारितामा क्रियाशील अग्रजको ज्ञान, अनुभव र योगदानलाई ज्ञान–स्रोतका रूपमा दस्तावेजीकरण गर्नेछौं ।
अध्यक्षः रमेश विष्ट
बरिष्ठ उपाध्यक्षः– रोशन पुरी
उपाध्यक्ष महिलाः गंगा पौडेल (बराल)
समावेशी उपाध्यक्षःसुभाष प्रसाद साह
महासचिवः लेखनाथ न्यौपाने
खुला सचिवः उत्तरसिंह विष्ट
मधेसी सचिवः श्रीजन झा
महिला सचिवःसरिता बराइली
दलित सचिवः वसन्त विक
आदिवासी जनजातीः भिषण राई
एशोसियट सचिव– विकास काकी
कोषाध्यक्षः–रामकृष्ण अधिकारी
केन्द्रीय सदस्य
कोशी प्रदेश केन्द्रीय सदस्य– १. तीर्थ सिग्देल २. दिपेन्द्र कुमार राई
मधेस प्रदेश केन्द्रीय सदस्य– १. राजु विश्वकर्मा २. संजय कुमार राउत
बागमती प्रदेश केन्द्रीय सदस्य (उपत्यका बाहेक) १ . मणिराज गौतम २. मिनकुमार दाहाल
गण्डकी प्रदेश केन्द्रीय सदस्यः– १. दिपक भट्टराई २.
लुम्बिनी प्रदेश केन्द्रीय सदस्यः– १. यानेन्द्र जिसि २. सुमन अधिकारी
कर्णाली प्रदेश केन्द्रीय सदस्यः– १. देविराम देवकोटा २. यज्ञराज थापा
सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्यः– १. डिलबहादुर सिंह २. रामसिंह ठगुन्ना
उपत्यका प्रदेश केन्द्रीय सदस्यः– १. अर्जुन पन्त २. सूर्य सुवेदी
प्रतिष्ठान प्रदेश केन्द्रीय सदस्यः
१. वीरेन्द्र ओली
२. साहास भट्ट
खुल्ला केन्द्रीय सदस्य
१. केशवबहादुर भुल
२. बुद्ध लोप्चन
३. दामोदर खनाल
४ लेखनाथ खतिवडा
५ रामकुमार श्रेष्ठ
२. (आदीवासी, जनजाती) सरु राना
३. (मधेसी) मिनाकुमारी यादव
४. (खस आर्य) दिया चन्द
दलित केन्द्रीय सदस्य
१. लक्ष्मण दर्नाल (पुरुष)
२. (महिला) निर्विरोध
आदीबासी जनजातिः
१. अर्जुन बहादुर तामाङ (पुरुष)
२. (महिला) निर्विरोध
मधेसी
१. चन्द्रदेव कामती (पुरुष)
२. ललिताकुमारी साह (महिला)
अपाङ्गता तर्फ केन्द्रीय सदस्य
१. अर्जुन काफ्ले
अल्पसंख्यक तर्फ केन्द्रीय सदस्य
बख्तियार अलि
लेखा समिति संयोजकः ध्रुव रावल
लेखा समिति सदस्य
१. गणेश प्रसाद बन्जाडे (पुरुष)






