9841825558 | 9852835350 presscentrenepal@outlook.com
माैन अवधिमा आचारसंहिता उलंघन गरेकाे भन्दै कीर्तिपुर मेयरका दुईई उमेदवारविरूद्व निर्वाचन आयाेगमा उजुरी

माैन अवधिमा आचारसंहिता उलंघन गरेकाे भन्दै कीर्तिपुर मेयरका दुईई उमेदवारविरूद्व निर्वाचन आयाेगमा उजुरी

मंसिर १६ गते हुन लागेकाे स्थानीय तहकाे उपनिर्वाचनकाे माैन अवधि शुरू भएपछि मतदातालाई प्रभावित हुनेगरी भाेज भतेर खुवाएकाे भन्दै कीर्तिपुर नगरपालिकाका मेयर पदका दुइजना उमेदवारविरूद्व निर्वाचन आयाेगमा उजुरी परेको छ ।

मेयर पदमा कांग्रेसबाट उमेदवार भएका कृष्णमान डंगाेल र एमालेका उमेदवार डा. सुरेन्द्र मानन्धरविरूद्व निर्वाचन कार्यलय काठमाडौंमा उजुरी परेकाे हाे ।

निर्वाचन आयाेगले मंसिर १३ गते राति १२ बजेदेखी माैन अवधि घाेषणा गरेर निर्वाचन प्रचारप्रसारलगायतका सबै गतिविधिमा राेक लगाएपछि पनि उनीहरूले मतदातालाई ठूलाे संख्यामा जम्मा गरि भाेज खुवाएकाे भन्दै वडा नं १० का मतदाता हिराबहादुर महर्जनले उजुरी दिएका हुन् ।

उजुरीमा डंगाेलले वडा नं ७ काे इटागाेलस्थित बेकरी एण्ड बेकरी रेष्टुरेन्टमा र मानन्धरले वडा नं १० काे सिंहदबुस्थित जेसिननी हेरिटेज रेष्टुरेन्टमा मतदाताहरूलाई जम्मा गरि भाेज खुवाएका उल्लेख गर्दै उनीहरूलाई आचारसंहिता उलंघनमा कार्वाहि माग गरेका छन् ।

उजुरीमा भनिएकाे छ- `निर्वाचन आचारसंहिता र निर्वाचन ऐन विपरित माैन अवधिमा ठूलाे मतदाता संख्या बाेलाई भाेजभतेर खुवाई मतदाता प्रभावित तुल्याउने कार्य गरेकाे प्रमाण फेला परेकाले कारवाही गरिपाउँ ।´

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार मौन अवधिमा राजनीतिक दलहरुले प्रचारप्रसारका काम गर्न पाउँदैनन् । दलहरुलाई छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत कुनै पनि क्रियाकलाप गर्न रोक लगाइएको हुन्छ ।

के गर्न पाइदैन माैन अवधिमा ?

आचारसंहिताको परिच्छेद २ को नियम ५ ९घ० अनुसार मौन अवधिमा पालना गर्नुपर्ने आचरणमा भनिएको छ, निर्वाचन आचारसंहितामा व्यवस्था भएअनुसार उम्मेदवारले मौन अवधि सुरु भएपछि निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाउनेछैनन् । यस्तै मौन समय सुरु हुनुअघि मतदान केन्द्रको ३ सय मिटरवरिपरि राखिएका निर्वाचन चिह्न तथा प्रचार सामग्री हटाएको हुनुपर्नेछ।’

यस्तै एसएमएस, फेसबुक, भाइबर तथा विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र प्रचार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नपाइने उल्लेख छ ।

मौन समयमा पालना गर्नुपर्ने आचारसंहिताका उल्लंघन भए निर्वाचन आयोगले सुरुमा उम्मेदवार वा राजनीतिक दललाई आचारसंहिता पालनाका लागि सचेत गराउनेछ। त्यसपछि पनि बेवास्ता गर्दै प्रचारप्रसार कायम राखे निर्वाचन आयोगले १ लाख जरिवानादेखि उम्मेदवारी रद्दसम्मको कारबाही गर्न सक्ने व्यवस्था स्थानीय निर्वाचन ऐन २०७३ मा उल्लेख छ।

माओवादीद्वारा आज कीर्तिपुरकाे चुनावी प्रतिवद्वता पत्र सार्वजनिक गर्दै

माओवादीद्वारा आज कीर्तिपुरकाे चुनावी प्रतिवद्वता पत्र सार्वजनिक गर्दै

मंसिर १६ गते हुन लागेकाे कीर्तिपुर नगरपालिकाकाे उपनिर्वाचनकाे सन्दर्भमा आज नेकपा माओवादी केन्द्रले उमेदवारकाे तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ ।

दिउँसो १२:०० बजे किर्तिपुर नगरपालिका कार्यालय नयाँबजार छेउमा रहेको पार्टी प्यालेसमा चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने कार्यक्रम भएको माओवादीले जनाएको छ ।  कार्यक्रममा  पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज तथा प्रबक्ता अग्निप्रसाद सापकोटासहित समाजवादी मोर्चामा आवद्ध पार्टीका केन्द्रिय नेताको सहभागितामा हुने बताइएको छ ।

उपचुनावमा माओवादी उमेदवारलाई समाजवादी माेर्चाका दलहरूले समर्थन गर्ने घाेषणा यस अघि नै गरिसकेका छन् । चुनावी प्रतिवद्वता पत्र सार्वजनिक गर्ने दलमा माओवादी केन्द्र पहिलाे दल बनेकाे छ ।

माओवादीले प्रा.डा. शिवशरण महर्जनलाई कीर्तिपुर नगरपालिका मेयरकाे रूपमा सार्वजनिक गरिसकेको छ भने उनको मनाेनयन भइसकेको छ ।