9841825558 | 9852835350 presscentrenepal@outlook.com

 

मंसिर १६ गते सम्पन्न स्थानिय तहकाे उपनिर्वाचनमा पणरमुख प्रतिपक्षी दलमा रहेकाे नेकपा माओवादी केन्द्रले सत्तारूढ दल नेकपा एमालेलाई तेस्रोमा धकेलेर दाेस्राे हुन सफल भएको छ । उसले कांग्रेसलाई समेत २७ सिटबाट १७ सिटमा खुम्च्याउन सफल भएको छ । आफुले जितेकाे ८ सिटलाई बढाएर ११ मा पुर्याएकाे छ भने ८ स्थानमा अत्यन्तै झिनाे मतले पराजित हुँदै दाेस्राे स्थान हासिल गरेकाे छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको उपनिर्वाचनकाे मतगणनाको नतिजाअनुसार ४० पदमध्ये कांग्रेसले एक नगरपालिका प्रमुख र १६ वडाध्यक्षसहित १७ स्थानमा जितेको छ । कांग्रेस दुई जिसस प्रमुखमा निर्विरोध पनि भइसकेको छ । यसरी कांग्रेसले अहिलेसम्म कूल १९ स्थानमा जित निकालेको छ । जब कि पहिले कांग्रेसले जितेका २७ ठाउँमा निर्वाचन भएको थियो । समग्र परिणाममा कांग्रेस पहिलो दल बनेको छ ।

उपनिर्वाचनमा दोस्रो बनेको माओवादीले एक पालिका अध्यक्ष, तीन उपाध्यक्ष र ६ वडाध्यक्ष पद जितेको छ । थप एक वडामा निर्विरोध भएको माओवादीले सात वडामा प्रतिनिधित्व गर्नेछ । माओवादीले ११ स्थान जित निकाल्दै दोस्रो भएको छ ।

माओवादीले जितेका आठ स्थानमा निर्वाचन भएकोमा प्रमुख र उपप्रमुखसहित नौ स्थानमा जित हासिल गरेको छ । पुरानो आधार इलाका मानिने रोल्पा, रुकुम र जाजरकोटका केही वडा गुमाए पनि कांग्रेसको गढ मानिने मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जितेको तथा पश्चिम रुकुमको पुथा उत्तरगंगामा सत्तारूढ कांग्रेस–एमाले गठबन्धन भत्काएर माओवादीले जित हासिल गरेको छ । जाजरकोटको नलगाड उपप्रमुख पनि माओवादीले जितेको छ । माओवादीले यसअघि कांग्रेस र एमालेले जितेका केही वडामा जित निकालेर ७ वडाध्यक्ष पाएको छ ।

एमालेले एक पालिका अध्यक्ष, दुई उपाध्यक्ष र पाँच वडाध्यक्षसहित कुल सात स्थानमा जितेको छ । एमालेले यसअघि जितेका आठ वडामा निर्वाचन भएको थियो । तीन वडाध्यक्ष गुमाएको एमालेले एक पालिका अध्यक्ष र एक उपाध्यक्ष पाएको छ ।

जसपा नेपाल दुई, रास्वपा एक, एकीकृत समाजवादी एक, नेमकिपा एक र स्वतन्त्रले एक वडाध्यक्ष जितेका छन् ।

काठमाडौंको कीर्तिपुर नगरपालिकामा जित दोहोर्‍याए पनि कांग्रेसले अरू केही पालिका प्रमुख र उपप्रमुख भने गुमाएको छ । यसअघि जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा जित निकालेको कांग्रेसले यसपटक मत जोगाउन सकेन । त्यहाँ माओवादीकी देवका लामिछाने विजयी बनिन् ।

त्यस्तै, दैलेखको महाबु गाउँपालिका एमालेले खोस्यो भने अध्यक्षमा एमालेले बाजी मार्‍यो । उता, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमाले विजयी बन्यो । रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकामा कांग्रेसले उम्मेदवार नउठाई गठबन्धन बनाएर एमाले उम्मेदवारलाई समर्थन गर्‍यो । तर, माओवादी उम्मेदवार विजयी बने ।

एमालेले कांग्रेसले जितेको दैलेख महाबु गाउँपालिका अध्यक्षमा जंगबहादुर शाही र स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा सुलोचना भण्डारी विजयी बनिन् । यसअघि कांग्रेसले जितेको दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा पनि एमालेले जित निकालेको छ । झापाको कन्काई– ६, सुनसरीको गढी– ६, रौतहटको ईशनाथ– ७, गोरखाको गोरखा– ५, दैलेखको दुल्लु– १३, बझाङको सुर्मा– ४, डोल्पाको त्रिपुरासुन्दरी– ५ सहित यसअघि सातवटा वडा जितेकोमा दैलेखको दुल्लु– १३ मात्र एमालेले जित्न सफल भएको छ ।

File Type: jpg
File Size: 110 KB
Categories: News
Author: Presscentre Nepal