9841825558 | 9852835350 presscentrenepal@outlook.com

कीर्तिपुर मेयरका समाजवादीका उमेदवारले आफ्नो उमेदवारी निष्क्रिय गर्दै माओवादी केन्द्रका उमेदवारलाई मतदान गर्न अपील गरेका छन् ।

उपनिर्वाचन आउन ५ दिन बाँकी छँदा नेकपा एकीकृत समाजवादीबाट मेयरकाे उमेदवारमा मनाेनयन दर्ता गरेका भानु रिजालले आज विज्ञप्ति जारी गर्दै माओवादी उमेदवार प्रा.डा शिवशरण महर्जनलाई मतदान गर्न मतदातालाई अपिल गरेका हुन् ।

उनलेे मेयर पदमा आफ्नो उमेदवारी निष्क्रिय गरेकाे जानकारी गराउँदै वडा नं ४ काे अध्यक्षमा आफ्नो पार्टीको उमेदवार रिता खड्कालाई मतदान गर्न आग्रह गरेका छन् ।

File Type: jpg
File Size: 25 KB
Author: Presscentre Nepal