9841825558 | 9852835350 presscentrenepal@outlook.com

मंसिर १६ गते हुन लागेकाे कीर्तिपुर नगरपालिकाकाे उपनिर्वाचनकाे सन्दर्भमा आज नेकपा माओवादी केन्द्रले उमेदवारकाे तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ ।

दिउँसो १२:०० बजे किर्तिपुर नगरपालिका कार्यालय नयाँबजार छेउमा रहेको पार्टी प्यालेसमा चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने कार्यक्रम भएको माओवादीले जनाएको छ ।  कार्यक्रममा  पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज तथा प्रबक्ता अग्निप्रसाद सापकोटासहित समाजवादी मोर्चामा आवद्ध पार्टीका केन्द्रिय नेताको सहभागितामा हुने बताइएको छ ।

उपचुनावमा माओवादी उमेदवारलाई समाजवादी माेर्चाका दलहरूले समर्थन गर्ने घाेषणा यस अघि नै गरिसकेका छन् । चुनावी प्रतिवद्वता पत्र सार्वजनिक गर्ने दलमा माओवादी केन्द्र पहिलाे दल बनेकाे छ ।

माओवादीले प्रा.डा. शिवशरण महर्जनलाई कीर्तिपुर नगरपालिका मेयरकाे रूपमा सार्वजनिक गरिसकेको छ भने उनको मनाेनयन भइसकेको छ ।

File Type: jpg
File Size: 91 KB
Categories: News
Tags: Bagmati
Author: Presscentre Nepal