by Santosh Poudel | Nov 27, 2024
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध जनताले आफ्नो मत जाहेर गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभएको छ ।
उहाँले एक भिडियो सन्देशमार्फत मतदातालाई अपिल गर्दै सुशासनका पक्षमा मत जाहेर गर्न आग्रह गर्नुभएको छ ।
‘यो उपनिर्वाचनले यथार्थमा आगामी आम निर्वाचनका लागि पनि सन्देश दिनेछ ।
नेपाली जनता साँच्चिकै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा रहेको प्रमाणित गर्ने यो महत्वपूर्ण अवसर पनि हो’ अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यसकारण यो उपनिर्वाचनलाई अवसरका रुपमा सदुपयोग गरेर देशमा ब्याप्त बेथिति, बिसंगति र विकृतिका विरुद्ध जनमत प्रकट गर्न म अनुरोध गर्न चाहन्छु ।’
उपनिर्वाचन केही निश्चित ठाउँमा मात्रै निर्वाचन हुने भए पनि यसको विशेष अर्थ र महत्व रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘यहाँहरु सबैलाई अवगत नै छ, मैले आफ्नो नेतृत्वमा रहेको सरकारका तर्फबाट देशमा सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध, सामाजिक न्यायका पक्षमा, विभेद र अन्यायका विरुद्ध तथा आर्थिक संकटबाट देशलाई मुक्त गर्न निकै प्रयास गरेको थिएँ । त्यसैको परिणामस्वरुप देशमा सकारात्मक भाव पैदा भएको थियो र भइरहेको पनि छ ।’
अध्यक्ष प्रचण्डले यो उपनिर्वाचनलाई आफ्नो पार्टीले भ्रष्टाचारविरोधी महाअभियानलाई अगाडि बढाउने संकल्पको रुपमा, देशमा सुशासन कायम गर्ने र सामाजिक न्यायसहितको आर्थिक समृद्धिको पक्षमा जागरण ल्याउन अभियानको रुपमा अघि बढाएको स्पष्ट गर्नुभयो । ‘यो महाअभियानलाई सफल पार्न उपनिर्वाचनमार्फत जनताको अभिमतका लागि म विशेष अनुरोध गर्न चाहन्छु ।’
उहाँले भन्नुभयो– ‘यो महाअभियानलाई सफल पार्न उपनिर्वाचनमार्फत जनताको अभिमतका लागि म विशेष अनुरोध गर्न चाहन्छु ।’
by News Bank | Nov 27, 2024
यही मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र) ले जित सुनिश्चित बनाएको दावी गरेको छ । कीर्तिपुरका सबै वडामा भइरहेको उम्मेदवारसहितको घरदैलो कार्यक्रममा व्यक्त जनमत एवं माओवादी उम्मेदवारप्रति विभिन्न राजनीतिक दल र व्यक्तिवाट प्राप्त समर्थनका कारण माओवादीको जित सुनिश्चित भएको बताइएको छ ।
माओवादी कीर्तिपुर नगर समितिका अध्यक्ष धनबहादुर महर्जनका अनुसार मंगलवार एकीकृत समाजवादीवाट मेयरका उम्मेदवार भानु रिजालले नै आफ्नो उम्मेदवारी निस्क्रिय पार्दै माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई समर्थन गरेपछि माओवादीको जित थप सुनिश्चित भएको हो । माओवादीले मेयरमा प्राडा शिवशरण महर्जन र वडा अध्यक्षहरुमा १ नम्बरमा सरलगोपाल महर्जन र ४ नम्बरमा इन्जिनियर नारायण विष्टलाई अघि सारेको छ । धनबहादुर महर्जनका अनुसार दुवै वडा अध्यक्षको जित पनि सुनिश्चित भइसकेको छ ।
यसअघि माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टीले समर्थन गर्दै साझा प्रतिवद्धता जारी गरिसकेका छन् । यस्तै डा.शिवशरणलाई जिताउन विगतमा टुटफूटभएका विप्लव नेतृत्वको माओवादीसहित विभिन्न समूह सक्रिय भएका छन् । करिव ४३ वर्षदेखि कीर्तिपुरमा प्राध्यापन, समाजसेवा, विकास निर्माण र जनताका कामहरुमा संलग्न रहँदै आएका शिवशरण महर्जनको व्यक्तित्वका कारण पनि यसपटक उनीप्रतिको समर्थन बढ्दो छ ।
कीर्तिपुरका स्थानीय बासिन्दासमेत रहेका जसपाका पोलिटव्यूरो सदस्य पञ्चलाल महर्जन यस पटक कीर्तिपुरबासीले प्राडा शिवशरण महर्जनलाई जिताउनेमा आफूहरु विश्वस्त रहेको बताउँछन् । उनले यसअघि कीर्तिपुरको मेयरमा कांग्रेस र एमालेका उम्मेदवारले जितिसकेको र उनीहरुले जनता र कीर्तिपुरका लागि कुनै राम्रो काम गर्न नसकेकाले यस पटक जनताले विकल्प खोजेको बताए । उनका अनुसार विगतमा कुनै पदमा नरहे पनि कीर्तिपुरका लागि शिक्षा, खानेपानी, यातायात, स्वास्थ्य र सामाजिक क्षेत्रमा धेरै राम्रा काम गरिसकेका, अति इमान्दार र निस्कलंक शिवशरण महर्जनलाई यसपटक मेयरमा जिताउने कीर्तिपुरबासीको अठोट छ । शिवशरणले अघि सारेका एजेण्डा र आफू जितेमा तलव भत्तासमेत समाजसेवामा लगाउने घोषणाले जनतालाई उत्साहित बनाएको उनको भनाई छ ।
यसैगरी कीर्तिपुरकै बासिन्दा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य सुरेश शाही पनि कीर्तिपुरको मेयर र वडा अध्यक्षमा आफूहरुको समर्थनमा माओवादीले अघि सारेका उम्मेदवारले जित्ने ठोकुवा गर्छन । उनले यसअघि पटक पटक अवसर पाउँदा पनि कांग्रेस र एमालेले कुनै काम नगरेकाले यसपटक काम गर्ने उम्मेदवार रोज्नुपर्ने जनताको मत रहेकाले माओवादीका उम्मेदवारले जित्ने दावी गरे । शाहीले आफूहरु शिवशरण जिताउन जनताको घरदैलोमा जाँदा पाएको समर्थनलाई हेर्दा पनि ठूलो मतान्तरले शिवशरणको टिमले जित निकाल्नेमा ढुक्क रहेको बताउछन् ।
कीर्तिपुरमा चुनावी अभियानको सुक्ष्म विष्लेषण गरिरहेका नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय बरिस्ठ उपाध्यक्ष निलकण्ठ तिवारी पनि यसपटक मेयरमा प्राडा शिवशरण महर्जनले करिव २ हजार मतान्तरले जित्ने विष्लेषण सुनाउँछन् । उनका अनुसार शिवशरणसँग प्रतिस्पर्धा कांग्रेस उम्मेदवार कृष्णमान डंगोलको भए पनि कांग्रेसभित्रैवाट बागी उठेका ४ जना स्वतन्त्र उम्मेदवारमा भोट बाँडिँदा उनको विगतमा पाएको मत ९ हजार ४३ मा झण्डै आधा घट्ने छ । विगतमा उनलाई समर्थन गरेको जनता समाजवादी पार्टी जसले कीर्तिपुरमा उपमेयर जितेको छले अहिले माओवादीलाई समर्थन गरेकाले कांग्रेसको २ हजार मत त स्वतः घटने देखिन्छ । त्यसबाहेक कांग्रेसका बागी स्वतन्त्र उमेदवार कविकुमार महर्जन एक्लैले कांग्रेसको १ हजारभन्दा बढी मत काट्ने छन् । कांग्रेसले मेयर जित्दा पनि कुनै काम गर्न नसकेको जनताको गुनासो सुनिएकाले यस पटक कांग्रेसले ५ हजार मत कटाउन नसक्ने स्वतन्त्र विष्लेषण छ ।
विष्लेषक तिवारीका अनुसार विगतको चुनावमा ५ हजार ५ सय ७ मत ल्याएको एमालेले पार्टीभित्रका ३ जना वागी उम्मेदवार मैदानमा खडा हुनु, पार्टीभित्र तीब्र मतभेद हुनु र विगतमा एमाले अध्यक्ष ओलीविरुद्ध गाली गलौजमा उत्रिएका सुरेन्द्र मानन्धरले टिकट पाउनु जस्ता कारणले ४ हजार मत कटाउन हम्मे हम्मे पर्ने देखिएको छ । विगतमा एमालेको राजनीतिमा रहेका राजमान मानवले स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेका कार्यकर्ताहरु नै उनको प्रचारमा खटेको देखिन्छ । स्थानीय सरकारको पहिलो निर्वाचनमा कीर्तिपुरमा मेयर जितेको एमालेले नगरपालिकामा बेथिति भित्र्याउँदा कीर्तिपुर धेरै पछि परेको छ । यस्तो अवस्थामा जनताले फेरि एमालेलाई भोट दिने रुची देखाएका छैनन ।
कीर्तिपुरको मेयर पदको प्रतिस्पर्धामा १० जना स्वतन्त्र उम्मेदवार मैदानमा छन् । यी मध्ये राजमान मानव र कविकुमार महर्जनको प्रचार शैली आक्रामक देखिएको छ । अन्य उम्मेदवार पनि घरदैलोमा व्यस्त छन् । कुनै पनि स्वतन्त्र उम्मेदवारले २ हजार मत नकटाउने अर्का विष्लेषक डा.चन्द्रकान्त पौडेलको विष्लेषण छ । उनले पनि यस पटक गोलाकारभित्रको हसिया हथौडा चुनाव चिन्ह लिएका माओवादीका उम्मेदवार प्राडा शिवशरण महर्जनले कीर्तिपुरको मेयरमा र वडा न १ मा शरल गोपाल र ४ मा इन्जिनियर नारायण विष्टले बाजी पार्ने विष्लेषण सुनाए ।
by Santosh Poudel | Nov 27, 2024
यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रबाट देवकी तिमल्सिना रोकाय ‘समीक्षा’ उम्मेदवार बनेकी छिन् ।
हुम्ला जिल्लाकाे सर्केगाड गाउँपालिका उपाध्यक्षमा यसअघि नेकपा माओवादी केन्द्रका चन्द्रसिह कार्की विजयी भएका थिए । उनले ३२६९ मतसहित विजयी हुँदा एमालेकी जुनकुमारी फडेरा १०६४ मतसहित पराजित भएकी थिइन् ।
अहिले पनि सर्केगाडका मतदाताहरूले माओवादी उमेदवार समिक्षालाई रूचाइरहेकाे देखिएकाे छ । माओवादी केन्द्रले सरकारमार्फत गरेकाे काम, सुशासन, विकासलाई जनताले मन पराएका छन् । उमेदवार तिमिल्सिनाले आफू हुम्लामा नजन्मिएकाे भएतापनि लामाे समयदेखि हुम्लासँग जाेडिएकाे र माओवादी जनयुद्धमा सामसल भएकाे कारणले पनि मतदाताले विश्वास गरेको बताएकी छिन् ।
उनले पार्टीले उम्मेदवार बनाएर अवसर प्रदान गरेकोमा पार्टी नेतृत्व र कार्यकर्ता पंक्तिप्रति आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेकी छन्।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ मांखामा जन्मिएकी देवकी तिमल्सिना रोकाया २०५२ सालमा सुरु भएको दशक लामो जनयुद्धका दौरान चर्चित कलाकारका रूपमा स्थापित भइन्। जनयुद्धकै क्रममा उनले हुम्लाका पत्रकार दिपेन्द्र रोकायसँग विवाह गरेकी थिईन । शान्ति प्रक्रियापछि उनले कर्णालीमा बसेर समाज परिवर्तनका विभिन्न क्षेत्रमा योगदान दिँदै आएकी छन्।
समाजवादी मोर्चाका साझा उम्मेदवारका रूपमा सिफारिस भएकी देवकीले सर्केगाड गाउँपालिकाको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएकी छन्। जनताबाट अपार माया पाएको बताउँदै उनले उपनिर्वाचनमा जीतको विश्वास व्यक्त गरेकी छन्।
‘सुशासन, समृद्धि र सामाजिक न्याय – हाम्रो अभियान’ भन्ने नाराका साथ अघि बढेकी देवकीले सर्केगाडको विकास र समृद्धिका लागि आफू पूर्ण प्रतिबद्ध रहेको बताइन् । सर्केगाडका मतदातालाई सम्बोधन गर्दै उनले हसिया हथौड़ा चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी गराउन अपिल गरेकी छन्।
उनी अहिले लगातार घरदैलो, पिँढिसभा, मतदाता भेटघाटमा लागिरहेकी छिन् । उनलाई मतदाता र जनसाुदायले सबैतिर सम्मान गरेका र फुलमालाले स्वागत गरेका छन् । सर्केगाडकाे माहोल हेर्दा समिक्षाले विजय प्राप्त गरेकाे घाेषणा गर्न मात्रै बाँकी रहेकाे जस्ताे देखिने गरेको छ ।
by Santosh Poudel | Nov 26, 2024
कीर्तिपुर मेयरका समाजवादीका उमेदवारले आफ्नो उमेदवारी निष्क्रिय गर्दै माओवादी केन्द्रका उमेदवारलाई मतदान गर्न अपील गरेका छन् ।
उपनिर्वाचन आउन ५ दिन बाँकी छँदा नेकपा एकीकृत समाजवादीबाट मेयरकाे उमेदवारमा मनाेनयन दर्ता गरेका भानु रिजालले आज विज्ञप्ति जारी गर्दै माओवादी उमेदवार प्रा.डा शिवशरण महर्जनलाई मतदान गर्न मतदातालाई अपिल गरेका हुन् ।
उनलेे मेयर पदमा आफ्नो उमेदवारी निष्क्रिय गरेकाे जानकारी गराउँदै वडा नं ४ काे अध्यक्षमा आफ्नो पार्टीको उमेदवार रिता खड्कालाई मतदान गर्न आग्रह गरेका छन् ।
by Santosh Poudel | Nov 26, 2024
मंसिर १६ गते मोरङको ग्रामथानमा उपनिर्वाचन हुँदैछ । मंसिर १६ को उपनिर्वाचनमा ग्रामथानमा अध्यक्ष पदको निर्वाचन हुँदैछ। अध्यक्षमा १ स्वतन्त्रसहित १६ जना अध्यक्ष पदमा मैदानमा छन् ।
२०७९ मा ग्रामथानको अध्यक्षमा निर्वाचित भएका नेपाली कांग्रेसका जयप्रकाश गच्छदारको गएको असार ३ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको यहाँ त्यो निर्वाचनमा एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा रहेको थियो।
स्थानीय तह निर्वाचनमा २५ हजार ९ सय ४२ मतदाता रहेको ग्रामथानमा अहिले २६ हजार ४४ जना मतदाता छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतदाता नामावलीअनुसार २०७९ को तुलनामा यो उपनिर्वाचनसम्ममा १०२ जना नयाँ मतदाता थपिएका छन्।
नयाँ मतदाता संख्याअनुसार १३ हजार ३ जना पुरूष र १३ हजार ४१ जना महिला मतदाता छन्। ग्रामथानका १२ मतदान स्थलमा २९ मतदान केन्द्र तोकिएको छ।
२०७९ को स्थानीय चुनावमा कांग्रेसबाट विजेता बनेका जयप्रकाश गच्छदारले ७ हजार ६०५ मत पाएका थिए भने एमालेका शिवनारायण माझीले ६ हजार ९३ मत प्राप्त गरेका थिए। त्यसबेला तेस्रो बनेको माओवादी केन्द्रका विजयकुमार सरदारले २ हजार ७२७, राप्रपाका पखुलाल विश्वासले ४४७, एकीकृत समाजवादीका राकेश चौधरीले १३९, जनमत पार्टीका पञ्चनारायण चौधरी थारुले ९४ र नेपाल मजदुर किसान पार्टीका मनोजकुमार चौधरीले ४ मत प्राप्त गरेका थिए।
अहिले माओवादी उमेदवार माझी मतदाताकाे राेजाईमा देखिएका छन् । कांग्रेस एमालेले गरेको भ्रष्टाचार बेथितिकाे कारण पनि विकल्पकाे रूपमा माओवादीलाई जनताले आशाकाे नजरले हेरेका छन् ।
माओवादी उमेदवार नमाेनारायण माझीसँगकाे कुराकानी –
कांग्रेस एमालेले विगतकाे विरासत दाेहाेर्याउने सपना नदेख्दा हुन्छ – नमाेनारायण माझी, अध्यक्ष उमेदवार

तपाईं त दुई महिनादेखि घरदैलो अभियानमा हुनुहुन्छ। कस्तो छ यहाँको चुनावी माहोल?
माहोल एकदमै राम्रो पाएको छु। गाउँमा ठूलो बेथिति र भ्रष्टाचार छ। सुशासन छैन। कर्मचारीतन्त्र हाबी भएको छ। यसको अन्त्य गर्न र गाउँपालिका ‘ट्रयाक’ बाहिर गएको छ। त्यसलाई ठीक पार्न नमोनारायणलाई जिताउनुपर्छ भन्ने माहोल छ।
तपाईंलाई जिताउनुपर्छ भन्ने ठहरमा ग्रामथानवासी कसरी पुगे, केही आधारहरू होलान् नि!
कांग्रेस र एमालेले गाउँमा लामो समयदेखि गरेको भ्रष्टाचार, कांग्रेस-एमालेसँग कुनै एजेन्डा नै छैन। यही बेथिति देखेर जनता दिक्क छन्। यही आधारले उनीहरूले मलाई खोजेका हुन्।
त्यसबाहेक मोरङ ४ का संघीय सांसद अमनलाल (मोदी) को क्रेज, हाम्रो पार्टी अध्यक्ष प्रचण्डको क्रेज, माओवादीप्रति देशैभर देखिएको क्रेज, जनतामा छाएको निराशा, यी सबै ‘फ्याक्टर’हरू मिलेको छ। नमोनारायण र माओवादीबाहेक अरुले राम्रो गर्न सक्दैन भन्ने यहाँका जनताको बुझाई छ।
तपाईंले त सबैभन्दा पहिले उम्मेदवारी घोषणा गर्नुभयो। जनतामाझ के-के एजेन्डा लगिराख्नुभएको छ?
गाउँपालिकामा व्याप्त भ्रष्टाचारको अन्त्य मेरो मुख्य एजेन्डा हो। सुशासन कायम गर्ने, विकास निर्माणलाई गति दिने, बजेट कार्यान्वयन गर्ने, स्कुलहरूको अवस्था सुधार्ने, स्वास्थ्य सेवा सुधार्ने, किसानलाई सेवा दिने मेरो मुख्य लक्ष्य र एजेन्डा हो। हाम्रो समाजको रुपान्तरण राम्रोसँग भइरहेको छैन, यस्तोमा माओवादीले जितेन भने भोलि झन् यहाँ के होला भन्ने त्रास जनतामा छ।
विकासको आशा कहिल्यै पूरा हुँदैन, कहीँ पनि हुँदैन। तर मैले भोट दिएर जिताएको मान्छेले आफूसँग भावनात्मक सम्बन्ध देखाओस् भन्ने अपेक्षा जनताको हुन्छ। म त्यो अपेक्षा पूरा गर्न लाग्नेछु।
तपाईंको क्षेत्रका सांसद अमनलाल मोदीले २०७४ मा एमालेसँग, २०७९ मा कांग्रेससहितका धेरै दलसँग गठबन्धन गरेर जित्नुभएको हो। स्थानीय चुनावमा पनि माओवादी ठूलो अन्तरले तेस्रो भएको देखिन्छ। यस्तो अवस्थामा पनि आत्मविश्वास देखाइरहनु भएको छ?
हो, म आत्मविश्वासी छु। किनभने कसैले पनि विरासतको आशा नगरे हुन्छ। हिजो धरानमा, काठमाडौंमा के भयो? जनतालाई आफ्नै पकेटको जस्तो सोच्नु गलत हो। यही गाउँ (ग्रामथान ५ को खदरा टोल) गाउँपालिका उपाध्यक्षको टोल हो। उहाँ एमालेबाट निर्वाचित हुनुहुन्छ। उहाँसँग गाउँले कोही सन्तुष्ट देखिएन। यस्तो अवस्था पालिकाभरि छ। त्यसैले पनि म आत्मविश्वासपूर्वक यसो भनिरहेको छु। फेरि कांग्रेस र एमाले एजेन्डाविहीन भएर मेरो आलोचनामा मात्रै केन्द्रीत छन्। यसले पनि देखाउँछ, यहाँ मेरो पक्षमा जनलहर आएको छ।
तपाईंको मुख्य प्रतिष्पर्धी को हो?
कांग्रेस–एमाले नै मेरो मुख्य प्रतिष्पर्धी हुन्। उनीहरू त एमाले र कांग्रेसबीच द्विपक्षीय प्रतिष्पर्धा हुने बताइरहेका छन्। तर, यहाँ प्रतिष्पर्धा त्रिपक्षीय हुँदैछ। त्यसमा पनि म धेरै अगाडि छु। – अनलाइन