9841825558 | 9852835350 presscentrenepal@outlook.com
माओवादी अध्यक्ष प्रचण्डलाई गणतन्त्र नायक सम्मान

माओवादी अध्यक्ष प्रचण्डलाई गणतन्त्र नायक सम्मान

काठमाडौ, १९ मङ्सिर ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष, गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं जनयुद्धका सर्वोच्च कमान्डर पुष्पकमल दाहाल प्रचण्डलाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको छ ।
गणतन्त्र सेनानी कोषले उहाँलाई सो सम्मान गरेको हो।
देशबाट सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न दश वर्षे जनयुद्धको पहल, थालनी र नेतृत्व गर्दै जनआन्दोलन र संविधानसभाको निर्वाचनहुँदै गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान निर्माण र गणतान्त्रिक सरकारको नेतृत्व गर्दै मुलुकलाई यहाँसम्म ल्याइपुर्याउन कुशल नेतृत्व गरेकोमा गणतन्त्र नायकको सम्मान प्रदान गरिएको कोषले जनाएको छ।
कोषले यो वर्षदेखि गणतन्त्र स्थापनाका लागि योगदान गर्ने सेनानीहरुलाई गणतन्त्र सेनानी सम्मान प्रदान गर्न सुरु गरेको हो। कोषले जनमुक्ति सेनाका डेपुटी कमान्डरहरु नन्दकिशोर पुन पासाङ, वर्षमान पुन अनन्त, जनार्दन शर्मा प्रभाकर र चक्रपाणि खनाल बलदेवलाई गणतन्त्र सेनानी सम्मान प्रदान गरेको छ।
कोषले बागमतीका १३ जिल्लाबाट एक एक जना र सास्कृतिकर्मीलाई पनि सम्मान गरेको छ। बागमतीबाट सुरु गरिएको गणतन्त्र सेनानी सम्मानलाई देशब्यापी बनाउदै लैजाने कोषका अध्यक्ष सरल सहयात्रीले जानकारी दिनुभयो।

पत्रकार महासंघको निर्वाचनको सन्दर्भमा ६ संगठन एक ठाउँमा, यस्तो भयाे सहमति

पत्रकार महासंघको निर्वाचनको सन्दर्भमा ६ संगठन एक ठाउँमा, यस्तो भयाे सहमति

नेपाल पत्रकार महासँघकाे निर्वाचनमा संयुक्तरूपमा अगाडि बढ्ने विषयमा ५ वटा वाम तथा मधेसी  संगठनकाे सहमति भएको छ ।

मंसिर २८ गते तय गरिएको नेपाल पत्रकार महासंघको निर्वाचनमा संयुक्त माेर्चाकाे रूपमा अगाडि जानकाे लागि बुधबार प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन नेपाल, जनपत्रकार संगठन नेपाल, प्रगतिशील पत्रकार संगठन नेपाल र प्रेस मञ्च नेपालबीच सहमति भएको हाे । सहमति पछि  ३ बुँदे प्रेस विज्ञप्ति  जारी गरिएको छ ।

विज्ञप्तिमा प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा जुगल, समाजवादी प्रेस संगठका अध्यक्ष विश्वमणि सुवेदी, क्रान्तिकारी प्रेस संगठनका अध्यक्ष नारायण शर्मा, जनपत्रकार संगठन नेपालका अध्यक्ष शेर बहादुर विक, प्रगतिशील पत्रकार संगठन नेपालका महासचिव प्रकाश थापा र प्रेस मञ्चका अध्यक्ष अवधेश झाले हस्ताक्षर गरेका छन् ।

विज्ञप्तिमा मंसिर २८ गते ताेकिएकाे समयमै नेपाल पत्रकार महासंघको निर्वाचन गर्न, महासंघको साझा चरित्र कायम गर्न सहमतिय नेतृत्व निर्माण गर्न र सहमति नभएमा निर्वाचनमा एकताबद्ध माेर्चा भएर लड्न ६ संगठनकाे सहमति भएको कुरा उल्लेख गरिएको छ ।

उनीहरूले पत्रकार महासंघलाई साझा बनाउन प्रेस युनियन र प्रेस चाैतारीकाे पनि ध्यानाकर्षण गराएका छन् ।

संयुक्त रुपमा जारी विज्ञप्तीमा भनिएको छ, ‘महासंघको साझा चरित्रको रक्षा गर्दै सहमतीय अभ्यासका साथ नेतृत्व निर्माण गर्ने कुरामा हामी ६ संगठन प्रतिबद्ध छौं । सहमतीय नेतृत्व निर्माण गर्ने अभ्यासमा निर्णायक भूमिका रहने नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको नेतृत्वको गम्भीर ध्यानाकर्षण हुनेछ भन्ने विश्वास हामीले लिएका छौं । यदि सहमतीय अभ्यासमा लागिएन र प्रतिस्पर्धाको विधिबाट महासंघको निर्वाचन अगाडि बढेको अवस्थामा हामी ६ संगठन एउटै मोर्चाका रुपमा अगाडि बढ्न प्रतिवद्ध छौं ।’

संयुक्त प्रेस विज्ञप्तीमार्फत नै ६ वटै संगठनले संयुक्त रुपमा महासंघको घोषित निर्वाचन कार्यक्रम सौहाद्रपूर्ण वातावरणमा र निर्धारित मितिमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् । साथै पत्रकार महासंघको सदस्यताका विषयलाई लिएर विभिन्न जिल्ला शाखाका कार्यालयमा भएका तालाबन्दीको समस्यालाई हल गर्न महासंघ नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा जुगलले महासंघ सबै पत्रकारको साझा संस्था भएकोले साझा चरित्र कायम गर्न सहमतिय आधारमा नेतृत्व निर्माणकाे लागि आफुहरूले पहल गरेकाे र त्यसजे नभएको अवस्थामा निर्वाचनमा प्रस्तुत हुँदा याे समूह संयुक्तरूपमा माेर्चाकाे रूपमा रहने सहमति भएको बताउनुभयाे ।

उपचुनावमा खुम्चिए कांग्रेस एमाले, माओवादी विजय मार्गमा

उपचुनावमा खुम्चिए कांग्रेस एमाले, माओवादी विजय मार्गमा

 

मंसिर १६ गते सम्पन्न स्थानिय तहकाे उपनिर्वाचनमा पणरमुख प्रतिपक्षी दलमा रहेकाे नेकपा माओवादी केन्द्रले सत्तारूढ दल नेकपा एमालेलाई तेस्रोमा धकेलेर दाेस्राे हुन सफल भएको छ । उसले कांग्रेसलाई समेत २७ सिटबाट १७ सिटमा खुम्च्याउन सफल भएको छ । आफुले जितेकाे ८ सिटलाई बढाएर ११ मा पुर्याएकाे छ भने ८ स्थानमा अत्यन्तै झिनाे मतले पराजित हुँदै दाेस्राे स्थान हासिल गरेकाे छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको उपनिर्वाचनकाे मतगणनाको नतिजाअनुसार ४० पदमध्ये कांग्रेसले एक नगरपालिका प्रमुख र १६ वडाध्यक्षसहित १७ स्थानमा जितेको छ । कांग्रेस दुई जिसस प्रमुखमा निर्विरोध पनि भइसकेको छ । यसरी कांग्रेसले अहिलेसम्म कूल १९ स्थानमा जित निकालेको छ । जब कि पहिले कांग्रेसले जितेका २७ ठाउँमा निर्वाचन भएको थियो । समग्र परिणाममा कांग्रेस पहिलो दल बनेको छ ।

उपनिर्वाचनमा दोस्रो बनेको माओवादीले एक पालिका अध्यक्ष, तीन उपाध्यक्ष र ६ वडाध्यक्ष पद जितेको छ । थप एक वडामा निर्विरोध भएको माओवादीले सात वडामा प्रतिनिधित्व गर्नेछ । माओवादीले ११ स्थान जित निकाल्दै दोस्रो भएको छ ।

माओवादीले जितेका आठ स्थानमा निर्वाचन भएकोमा प्रमुख र उपप्रमुखसहित नौ स्थानमा जित हासिल गरेको छ । पुरानो आधार इलाका मानिने रोल्पा, रुकुम र जाजरकोटका केही वडा गुमाए पनि कांग्रेसको गढ मानिने मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जितेको तथा पश्चिम रुकुमको पुथा उत्तरगंगामा सत्तारूढ कांग्रेस–एमाले गठबन्धन भत्काएर माओवादीले जित हासिल गरेको छ । जाजरकोटको नलगाड उपप्रमुख पनि माओवादीले जितेको छ । माओवादीले यसअघि कांग्रेस र एमालेले जितेका केही वडामा जित निकालेर ७ वडाध्यक्ष पाएको छ ।

एमालेले एक पालिका अध्यक्ष, दुई उपाध्यक्ष र पाँच वडाध्यक्षसहित कुल सात स्थानमा जितेको छ । एमालेले यसअघि जितेका आठ वडामा निर्वाचन भएको थियो । तीन वडाध्यक्ष गुमाएको एमालेले एक पालिका अध्यक्ष र एक उपाध्यक्ष पाएको छ ।

जसपा नेपाल दुई, रास्वपा एक, एकीकृत समाजवादी एक, नेमकिपा एक र स्वतन्त्रले एक वडाध्यक्ष जितेका छन् ।

काठमाडौंको कीर्तिपुर नगरपालिकामा जित दोहोर्‍याए पनि कांग्रेसले अरू केही पालिका प्रमुख र उपप्रमुख भने गुमाएको छ । यसअघि जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा जित निकालेको कांग्रेसले यसपटक मत जोगाउन सकेन । त्यहाँ माओवादीकी देवका लामिछाने विजयी बनिन् ।

त्यस्तै, दैलेखको महाबु गाउँपालिका एमालेले खोस्यो भने अध्यक्षमा एमालेले बाजी मार्‍यो । उता, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमाले विजयी बन्यो । रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकामा कांग्रेसले उम्मेदवार नउठाई गठबन्धन बनाएर एमाले उम्मेदवारलाई समर्थन गर्‍यो । तर, माओवादी उम्मेदवार विजयी बने ।

एमालेले कांग्रेसले जितेको दैलेख महाबु गाउँपालिका अध्यक्षमा जंगबहादुर शाही र स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा सुलोचना भण्डारी विजयी बनिन् । यसअघि कांग्रेसले जितेको दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा पनि एमालेले जित निकालेको छ । झापाको कन्काई– ६, सुनसरीको गढी– ६, रौतहटको ईशनाथ– ७, गोरखाको गोरखा– ५, दैलेखको दुल्लु– १३, बझाङको सुर्मा– ४, डोल्पाको त्रिपुरासुन्दरी– ५ सहित यसअघि सातवटा वडा जितेकोमा दैलेखको दुल्लु– १३ मात्र एमालेले जित्न सफल भएको छ ।

कीर्तिपुर मेयरका उम्मेद्वार प्रा.डा. शिव शरणद्वारा मतदान, आफू जित्नेमा ढुक्क

कीर्तिपुर मेयरका उम्मेद्वार प्रा.डा. शिव शरणद्वारा मतदान, आफू जित्नेमा ढुक्क

नेकपा माओवादी केन्द्रका तर्फबाट किर्तिपुर नगरपालिकाका मेयरका उम्मेद्वार प्रा.डा. शिवशरण महर्जनले मतदान गर्नु भएकाे छ ।
उहाँले किर्तिपुर १० नम्बर वडास्थित जगत महापाल मतदान केन्द्रबाट मतदान गर्नु भएकाे हाे ।
मतदानपछि उहाँले आफू जित्नेमा ढुक्क रहेकाे भन्दै आफूलाई मतदान गर्ने मतदाताकाे शिर निहुरिन नदिने प्रतिवद्वता जनाउनु भएकाे छ ।
भ्रष्टाचारमुक्त समृद्व किर्तिपुर निर्माण र सुशासनका लागि आफ्नाे उम्मेदवारी रहेकाे जनाउँदै सबै किर्तिपुरबासीलाई मतदान गर्न उहाँले आह्वान पनि गर्नु भएकाे छ ।

नयाँ अनुहार र शक्तिलाइ सराप्ने हाेइन, आफू पहिला रूपान्तरण हाेओैं : प्रचण्ड

नयाँ अनुहार र शक्तिलाइ सराप्ने हाेइन, आफू पहिला रूपान्तरण हाेओैं : प्रचण्ड

नेकपा माओवादी केन्द्र का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति र अनुहारलाई सरापेर हैन, आफ्ना कमजोरीलाई स्वीकार गरेर रूपान्तरण हुन जरुरी भएको बताउनुभएको छ ।

उपनिर्वाचनकाे पुर्व सन्ध्यामा प्रचण्डले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणामा भन्नुभएको छ- लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्दै पुराना भनिनेहरुको कमजोरीको जगमा जन्मेका नयाँ शक्ति र अनुहारलाई सरापेर हैन, आफ्ना कमजोरीलाई स्वीकार गरेर मात्र पुरानाहरुले आफूलाई रुपान्तरण गर्न संभव छ ।

उहाँले अगाडि भन्नुभएको छ- बगैंचामा फक्रिरहेका कोपिलालाई निमोठेर हैन, फूल्न दिएर मात्रै त्यसको सही पहिचान हुन्छ।

यस्तो छ प्रचण्डको धारणा –

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रदत्त अधिकार प्रयोग गरी नयाँ नयाँ अनुहारहरु राजनीतिक मञ्चमा उदाइरहेका छन्। जनताको अभिमत लिएर आएका नयाँ अनुहारलाई मैले लोकतन्त्ररुपी बगैंचामा फूलेका सुन्दर फूल भन्दै आएको छु।

लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्दै पुराना भनिनेहरुको कमजोरीको जगमा जन्मेका नयाँ शक्ति र अनुहारलाई सरापेर हैन, आफ्ना कमजोरीलाई स्वीकार गरेर मात्र पुरानाहरुले आफूलाई रुपान्तरण गर्न संभव छ।

बगैंचामा फक्रिरहेका कोपिलालाई निमोठेर हैन, फूल्न दिएर मात्रै त्यसको सही पहिचान हुन्छ। सही र गलतको पहिचान जनताले गर्छन, शासकको डण्डाले हैन। यही प्रक्रियाले मात्रै हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न सकिन्छ भन्ने मेरो विश्वास छ।