by Santosh Poudel | Nov 30, 2024
मंसिर १६ गते हुन लागेकाे स्थानीय तहकाे उपनिर्वाचनकाे माैन अवधि शुरू भएपछि मतदातालाई प्रभावित हुनेगरी भाेज भतेर खुवाएकाे भन्दै कीर्तिपुर नगरपालिकाका मेयर पदका दुइजना उमेदवारविरूद्व निर्वाचन आयाेगमा उजुरी परेको छ ।
मेयर पदमा कांग्रेसबाट उमेदवार भएका कृष्णमान डंगाेल र एमालेका उमेदवार डा. सुरेन्द्र मानन्धरविरूद्व निर्वाचन कार्यलय काठमाडौंमा उजुरी परेकाे हाे ।
निर्वाचन आयाेगले मंसिर १३ गते राति १२ बजेदेखी माैन अवधि घाेषणा गरेर निर्वाचन प्रचारप्रसारलगायतका सबै गतिविधिमा राेक लगाएपछि पनि उनीहरूले मतदातालाई ठूलाे संख्यामा जम्मा गरि भाेज खुवाएकाे भन्दै वडा नं १० का मतदाता हिराबहादुर महर्जनले उजुरी दिएका हुन् ।
उजुरीमा डंगाेलले वडा नं ७ काे इटागाेलस्थित बेकरी एण्ड बेकरी रेष्टुरेन्टमा र मानन्धरले वडा नं १० काे सिंहदबुस्थित जेसिननी हेरिटेज रेष्टुरेन्टमा मतदाताहरूलाई जम्मा गरि भाेज खुवाएका उल्लेख गर्दै उनीहरूलाई आचारसंहिता उलंघनमा कार्वाहि माग गरेका छन् ।
उजुरीमा भनिएकाे छ- `निर्वाचन आचारसंहिता र निर्वाचन ऐन विपरित माैन अवधिमा ठूलाे मतदाता संख्या बाेलाई भाेजभतेर खुवाई मतदाता प्रभावित तुल्याउने कार्य गरेकाे प्रमाण फेला परेकाले कारवाही गरिपाउँ ।´
निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार मौन अवधिमा राजनीतिक दलहरुले प्रचारप्रसारका काम गर्न पाउँदैनन् । दलहरुलाई छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत कुनै पनि क्रियाकलाप गर्न रोक लगाइएको हुन्छ ।
कीर्तिपुर नगरपालिकाकाे मेयर पदमा माओवादी केन्द्रबाट प्रा. डा. शिवशरण महर्जन उमेदवार रहेका छन् भने नेकपा एमालेबाट विद्राेह गरेका स्वतन्त्र उमेदवार राजमानसहित पनि मैदानमा छन् ।
के गर्न पाइदैन माैन अवधिमा ?
आचारसंहिताको परिच्छेद २ को नियम ५ ९घ० अनुसार मौन अवधिमा पालना गर्नुपर्ने आचरणमा भनिएको छ, निर्वाचन आचारसंहितामा व्यवस्था भएअनुसार उम्मेदवारले मौन अवधि सुरु भएपछि निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाउनेछैनन् । यस्तै मौन समय सुरु हुनुअघि मतदान केन्द्रको ३ सय मिटरवरिपरि राखिएका निर्वाचन चिह्न तथा प्रचार सामग्री हटाएको हुनुपर्नेछ।’
यस्तै एसएमएस, फेसबुक, भाइबर तथा विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र प्रचार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नपाइने उल्लेख छ ।
मौन समयमा पालना गर्नुपर्ने आचारसंहिताका उल्लंघन भए निर्वाचन आयोगले सुरुमा उम्मेदवार वा राजनीतिक दललाई आचारसंहिता पालनाका लागि सचेत गराउनेछ। त्यसपछि पनि बेवास्ता गर्दै प्रचारप्रसार कायम राखे निर्वाचन आयोगले १ लाख जरिवानादेखि उम्मेदवारी रद्दसम्मको कारबाही गर्न सक्ने व्यवस्था स्थानीय निर्वाचन ऐन २०७३ मा उल्लेख छ।
by Santosh Poudel | Nov 30, 2024
राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना स्थलमा भएको सामान चोरी प्रकरणमा दाेखाकी उमा शेर्पा प्रश्नको घेरामा परेकी छिन् । चाेरी प्रकरणमा उनको कम्पनीका कर्मचारीकाे प्रत्यक्ष संलग्नताकाे नयाँ प्रमाण फेला परेको छ ।
हालसम्मको अनुसन्धानमा आयोजनामा निर्माण कार्य गरिरहेको च्छाेराेल्पा कन्ट्रक्सन प्रालि (सिआरसी) का जिम्मेवार दुई कर्मचारीको प्रत्यक्ष संलग्नता पुष्टि भएको छ। प्रहरी स्रोतका अनुसार, गौरीशंकर–७ घर भई हाल सिआरसी कन्सट्रक्सनमा साइड इन्चार्जका रूपमा रहेका कामे भनिने छिरिङ शेर्पा र सोही कन्सट्रक्सनका कामदार विगु गाउँपालिका–१ का निमा तामाङ (लामा)ले सिँगटीमा कबाडी व्यवसाय सञ्चालन गरी बस्ने ४८ वर्षीय विभिचन भनिने रवि महतोलाई आयोजना स्थलमा रहेका महँगो मूल्यका उपकरणहरू (जस्तै, ५६० केभीए ट्रान्सफर्मर, जेनेरेटर, मोटा केवुल तारहरू, इलेक्ट्रिकल प्यानल बोर्ड, र हाईभोल्टेज केवुल) चोरी गरी बेचेका थिए।
सबैजना मध्ये तिहारकाे रमाइलोमा व्यस्त रहेकाे माैका छाेपी शेर्पा टाेलीले महङ्गा सामान चाेरी गरि बेचेका हुन् । घटनापछि व्यवसायी महतोलाई जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरी अनुसन्धान गर्दा महतोको खाताबाट छिरिङ र निमाको खातामा बारम्बार रकम गएको देखिएपछि प्रहरीले छिरिङ र निमालाई पनि पक्राउ गरेको थियो।
सामान किन्ने महतोलाई १८ दिन हिरासत, चोरी गर्ने २ दिनमै छुटेः
सामान चोरी प्रकरणमा संलग्नलाई भन्दा सामान किन्ने व्यवसायीलाई प्रहरीले धेरै दिन हिरासतमा राखेको थियो। व्यवसायी महतोको कबाडी स्टोरमा चोरीको सामान फेला परेपछि गत कार्तिक १७ गते गाेरूतिहारकै दिन प्रहरीले महतोलाई पक्राउ गरेको थियो। अनुसन्धानका लागि भन्दै महतोलाई पटक–पटक जिल्ला अदालत दोलखाबाट म्याद थप गरी १८ दिन हिरासतमा राखियो। तर छिरिङ शेर्पा र निमा लामालाई भने प्रहरीले २ दिनमै छाडेको थियो। शेर्पा र लामालाई सरकारी वकिलको कार्यालयले गहिरो अनुसन्धान गर्नुपर्नेभन्दै बाहिरै राखेर अनुसन्धान गर्न भन्दै हिरासत मुक्त गर्न आदेश दिएपछि थप आशंका जन्माएको छ ।
यस विषयमा हेर्दाहेर्दै डटकमले घटनाबारे सोधपुछ गर्दा प्रहरीले अनुसन्धानकै क्रममा रहेको भन्दै पक्राउ परेका दुई जनाको नाम सार्वजनिक गर्न नमिल्ने बताउँदै आएको थियो। तर, ती व्यक्तिहरू साधारण तारेखमा छुटिसक्दा पनि प्रहरीले छिरिङ र निमाको परिचय गोप्य नै राख्यो।
छिरिङ र निमाको परिचय गोप्य राख्नुको कारण ?
तामाकोशीको सामान चोरीमा छिरिङ र निमाको संलग्नता पुष्टि हुने विभिन्न कागजात भेटिएका छन्। आरोपी महतोले २०८१ असोज २२ गते छिरिङ शेर्पाको खातामा १ लाख रुपैयाँ भुक्तानी गरिदिएका थिए। त्यसको भोलिपल्ट, असोज २३ गते पनि महतोले छिरिङकै खातामा १ लाख रुपैयाँ पठाएका थिए। त्यस्तै, कात्तिक १२ गते उनले पुनः छिरिङकै खातामा २ लाख रुपैयाँ जम्मा गरेका थिए। सोही दिन महतोले निमा लामाको खातामा पनि २ लाख रुपैयाँ ट्रान्सफर गरेको अनलाइन भौचरमा देखिएको छ। विद्युतीय भाैचरमा महताेले स्पष्ट रूपमा कवाडी वापतकै पैसा उल्लेख गरेका छन् ।
व्यवसायी महतोले आफूले यिनै २ जनाबाट सामान किनेको बताउँदा र महतोकै खाताबाट यी २ जनाकै नाममा रकम भुक्तानी भएको प्रमाण भेटिँदा समेत प्रहरीले यस घटनामा मौनता देखाएको छ। र यसभन्दा माथि कुनै पनि अनुसन्धान नगरी छिरिङ र निमा दुवैलाई साधारण तारेखमा छोडिएको छ।
बाढी क्षति पुर्याएकाे माथिल्लो तामाकोसीकाे आकस्मिक सफाइ र मर्मतको जिम्मेवारी हाइ हिमाल कन्ट्रक्सन कम्पनीले पाएकाे र हाइ हिमालले सिआरसीलाई जिम्मा दिएको हाे । सिआरसी कन्ट्रक्सन गाैरीशंकर गाउँपालिका वडा नं ७ का फुर्लाक्पा शेर्पा प्राेपाइटर हुन् भने उमा मगर शेर्पा म्यानेजर हुन् ।
बाढी क्षति पुर्याएकाे माथिल्लो तामाकोसीकाे आकस्मिक सफाइ र मर्मतको जिम्मेवारी हाइ हिमाल कन्ट्रक्सन कम्पनीले पाएकाे र हाइ हिमालले सिआरसीलाई जिम्मा दिएको हाे । सिआरसी कन्ट्रक्सन गाैरीशंकर गाउँपालिका वडा नं ७ का फुर्लाक्पा शेर्पा प्राेपाइटर हुन् भने उमा मगर शेर्पा म्यानेजर हुन् ।
अनुसन्धानले छिरिङ र निमा दुवै उमा शेर्पा र उनका श्रीमान् फुलाक्पा शेर्पाको कम्पनीका कर्मचारी रहेको पुष्टि गरेको छ। स्थानीयले यस अपराधमा उमा शेर्पा दम्पतीको योजनाविना यस्तो गतिविधि सम्भव नभएको दाबी गरेका छन्। चोरीको सामान बिक्रीबाट प्राप्त रकम छिरिङ र निमाको खातामा पुगेको प्रमाणित हुँदासमेत उक्त रकम शेर्पा दम्पत्तिको खातामा गएको हो वा होइन भन्नेबारे प्रहरीले कुनै अनुसन्धान गरेको छैन।
प्रहरीको भूमिकामा प्रश्नः
उमा शेर्पा अहिले नेकपा एमालेको उम्मेदवार रहेकाले यस घटनामा प्रहरीमाथि चर्को दबाब परेको दाबी गरिएको छ। परिणामस्वरूप, प्रहरीले पक्राउ परेकाहरूलाई सार्वजनिक नगर्नुका साथै उनीहरूलाई साधारण तारेखमा छोडेको आरोप लागिरहेको छ। व्यवसायी महतोमाथि मात्रै कारबाही गरेर घटना लुकाउने प्रयास भइरहेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।
स्थानीयले यस प्रकरणमा थप अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन्। उनीहरूले राजनीतिक हस्तक्षेपविरुद्ध पनि आक्रोश व्यक्त गर्दै प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। -हेर्दाहेर्दै
by Santosh Poudel | Nov 29, 2024
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेरिटोक्रेसीबाट आएको शैक्षिक नेतृत्वको मानमर्दन गर्ने काम सह्य नहुने बताउनुभएको छ ।
निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन (प्याब्सन) को आयोजनामा आजदेखि काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
सरकारको नेतृत्वले विश्वविद्यालयमाथि हस्तक्षेप बढाएको छ । मेरिटोक्रेसीबाट आएको शैक्षिक नेतृत्वको मानमर्दन गर्ने, शैक्षिक संस्थाहरूको नियमित प्रक्रिया रोक्ने, सुशासनका प्रयासहरूमाथि हमला गर्ने लगायतका अवान्छित क्रियाकलाप भइरहेका छन्’– उहाँले भन्नुभयो– ‘यी सबै घटनाक्रमलाई मैले गम्भीरतापूर्वक हेरेको छु । म यही मञ्चबाट भन्न चाहन्छु– देशको शिक्षा क्षेत्रलाई तहसनहस पार्ने यो गतिविधि सचेत नेपालीहरूका निम्ति सैह्य हुने छैन । सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा हाम्रो लडाइँ जारी रहनेछ । भ्रष्टाचार र बेथितिका विरूद्ध नयाँ शिराबाट सङ्घर्षको झण्डा उठ्नेछ ।’
प्रचण्डले नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको बताउनुभयाे । ‘नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको छ । अहिले शिक्षाको खोजीमा बर्षेनी अर्बौं रूपैयाँ बिदेशिएको छ । यो लगानी स्वदेशमै रोक्न गुणस्तरीय र विश्वस्तरीय शिक्षा प्रणाली विकास गर्नुपर्छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘विदेशी विद्यार्थीलाई आकर्षित गर्दै नेपाललाई शैक्षिक गन्तव्यको रूपमा स्थापित गर्न सकिन्छ । त्यसका निम्ति व्यवस्थित अनुसन्धान, वैज्ञानिक नीति र सार्थक पहल आवश्यक हुन्छ ।’
निजी क्षेत्रको प्रयासले प्रतिस्पर्धात्मक शिक्षाको विकास एवं राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्तिको विकासमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै उहाँले सरकारी र निजी क्षेत्रले एक–अर्काको बलियो पक्षलाई सदुपयोग गर्दै सहकार्य गर्नुपर्ने बताउनुभयो । ‘साझेदारीले शिक्षाको गुणस्तर सुधार्न, सबैलाई समान अवसर उपलब्ध गराउन र देशको समग्र शैक्षिक विकासमा ठूलो भूमिका खेल्छ । शिक्षासम्बन्धी संविधानप्रदत्त व्यवस्था र अधिकारसहित दुवै क्षेत्रको साझा प्रयासले मात्र नेपाललाई शिक्षित र समृद्ध समाजतर्फ अघि बढाउन सम्भव हुनेछ’– उहाँले भन्नुभयो– ‘यसका निम्ति सदाझैँ यहाँहरूको सहकार्य र सहयोगात्मक भूमिका रहने मैले विश्वास लिएको छु ।’
शिक्षामा लगानी भनेको भविष्यमा देशलाई सक्षम बनाउने बाटो भएको उल्लेख गर्दै उहाँले उच्च नैतिक संस्कारयुक्त, राष्ट्रिय आवश्यकताको बोध गर्न सक्ने, सीपमूलक, उद्यमशीलतामुखी, देशभक्तिपूर्ण भावनाद्वारा अभिप्रेरित, नवप्रवर्तनमा आधारित शिक्षाले मात्र आजको कार्यभार पूरा गर्नसक्ने बताउनुभयो ।
‘नेपालको शिक्षा विकासमा विविध चुनौतीहरू छन्, जुन गहन र बहुआयामिक छन् । यी चुनौतीहरू नीतिगत, प्राविधिक, सामाजिक र आर्थिक पक्षहरूसँग सम्बन्धित छन् । शिक्षा क्षेत्रमा पर्याप्त नीतिहरू बनेका छन् तर तिनको कार्यान्वयन कमजोर छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘बढ्दो शहरीकरण र बसाइसराइ, घट्दो जनसंख्या दर, शैक्षिक जनशक्तिको विदेश पलायन, परनिर्भरमुखी सोँच, पाश्चात्य शिक्षा एवं संस्कृतिको बढ्दो प्रभाव, विश्वव्यापीकरण जस्ता विषयहरूले हाम्रो शिक्षा नीति र संरचनामा गुणात्मक सुधार अनिवार्य छ । बौद्धिक पलायन नेपालको ठूलो समस्या बन्दै आएको छ । यसलाई रोक्न विद्यालय तहदेखि नै एकातिर सिपमूलक र व्यवहारिक शिक्षा दिएर बौद्धिक जनशक्तिलाई देशभित्रै उत्पादनमा केन्द्रित गर्ने गरी कार्यक्रम बनाउन आवश्यक छ भने अर्कोतिर उनीहरुमा स्वाभीमानी, सिर्जनशील र आत्मनिर्भर सोंचको विकास गराउन आवश्यक छ ।’
संविधानले परिकल्पना गरेको समाजवादउन्मुख आर्थिक सामाजिक व्यवस्थाको जग बसाल्न नयाँ पुस्तामा देशप्रति मायाँ गर्ने, श्रमप्रति सम्मान गर्ने र नवप्रवर्तनमा आधारित उत्पादितमा केन्द्रित हुने सोंचको विकास विद्यालय तहदेखि नै गराउन आवश्यक रहेकोमा जोड दिंदै उहाँले आफ्नो नेतृत्वको सरकारले शिक्षा क्षेत्रको सुधारका लागि महत्वपूर्ण थालनी गरेको बताउनुभयो ।
संघीय शिक्षा ऐन संसदसम्म पुर्याएको उल्लेख गर्दै उहाँले संसदको आगामी अधिवेशनबाट यसलाई पारित गर्न जोड गरिने र ऐनले निजी विद्यालयहरूको सञ्चालन, शुल्क निर्धारण र व्यवस्थापनमा स्पष्ट र कानुनी दिशानिर्देश गर्ने बताउनुभयो । आफ्नो नेतृत्वको सरकारले विश्वविद्यालय लगायतका शैक्षिक संस्थामा मेरिटोक्रेसी लागू गर्ने घोषणा मात्र नगरी लागु गरेर देखाएको उल्लेख गर्दै उहाँले अहिलेको सरकारले ती प्रयासहरूमाथि आक्रमण थालेको बताउनुभयो ।
by Santosh Poudel | Nov 28, 2024
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेकाे उपचुनाव भ्रष्टाचारको पक्ष र विपक्षमा भन्ने जनमत संग्रह भएको बताएका छन् ।
प्रचण्डले २०६४ को निर्वाचनमाजस्तै अहिले कीर्तिपुरवासीले उत्साह देखाएको बताएका छन् । आज (बिहीबार) कीर्तिपुरमा आयोजित उपनिर्वाचनलक्षित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने- `अहिले हुने गैरहेको स्थानीय तहको ४४ ठाउँको उपनिर्वाचनलाई जनता भ्रष्टाचारको पक्षमा कि विपक्षमा भनेर फैसला गर्ने सर्वोच्च अदालत हाे ।´ ‘नेपाली जनता भ्रष्टाचारको पक्षमा हुन सक्दैनन् । नेपाली जनता भ्रष्टाचारको विरुद्धमा छन् । नेपाली जनता सुशासनको पक्षमा छन् । सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा छन् । यो उपनिर्वाचन, हेर्दा उपनिर्वाचन भएपनि यथार्थमा भ्रष्टाचार पक्षमा कि विपक्षमा भन्ने जनमतसंग्रह नै हो ।’ प्रचण्डले भनेका छन् ।
उनले कीर्तिपुरको मेयर पदका लागि पार्टीका उम्मेद्वार प्रा.डा. शिवशरण महर्जन आफ्नो पार्टीको मात्रै नभएर सबैको साझा उम्मेद्वार भएकोले महर्जनजस्तो उम्मेद्वार पाउनु खुशीको कुरा भएको बताए । उनले महर्जन साझा उम्मेद्वार भएकोले कीर्तिपुरको मुहार फेरिने विश्वास दिलाए । मेयरका प्रत्यासी महर्जनले आफूले जितेमा सरकारी सेवा सुविधा नगरको विकासमा खर्चिने घोषणा गरेकोमा पनि प्रचण्डले प्रशंसा गरे ।
उनले भने,‘कीर्तिपुरवासी साँच्चै नै भाग्यशाली हुनुहुन्छ, यस्तो उम्मेद्वार विरलै प्राप्त हुन्छ । यो अवसर कीर्तिपुरका जनताले गुम्न दिने छैनन् भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु ।’ उनले पछिल्लो पटक आफूहरुले सरकारको नेतृत्व गर्दा भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा महाभियान चलाएको स्मरण गराए । उनले समाजमा व्याप्त विभेद, बेथिति, अन्यायको विरुद्ध आफूहरुले अभियान चलाएको पनि बताए ।
उनले भने,‘नेपालको इतिहासमा नै भ्रष्टाचारविरुद्ध सबभन्दा ठूलो अभियानको सुरुवात हामीले गर्यौं । र, त्यो अभियान सञ्चालन गर्ने क्रममा ठूला ठूला नेताहरु, ठूला कर्मचारीहरु, धेरै त्यसखालका मानिसहरु कानूनको घेराभित्र ल्याउने कोशिस गरियो, र गर्दै जाँदा त्यो भ्रष्टाचारविरोधी अभियानको तीर धेरै ठूला ठाउँमा पुग्ने भयो, तपाईंहरुलाई पक्कै थाहा होला, मैले अहिले सबै भन्न परेन । त्यो अहिले सरकारकै नेतृत्व गरेकैहरु ठाउँमा पुग्ने भयो, एकदम सिधा, सरल छ । यहाँ घुमाएर गर्नुपर्ने केही कुरा छैन् । बेचन झा र प्रतिक थापा गिरफ्तार भैसकेपछि, फरार अभियुक्तहरु गिरफ्तार भैसकेपछि, भ्रष्टाचारविरोधी अभियानको सुईं कता सोझियो भन्ने कुरा तपाईंहरुले बुझिराख्नु भएकै छ । ठिक त्यसकारण संविधान मिचेर, मैले भन्ने गरेको छु यो सरकार संविधान मिचेर बनेको हो । ७६ को २ अनुसारको सरकारले विश्वासको मत नपाएपछि स्वतः ३ मा जानुपर्नेमा, २ मै फर्किनु, संविधानविपरित छ । यो अलोकतान्त्रिक हो । हिन्दूस्तानमा बिजपी र कंग्रेस मिलेर सरकार बनाएका छन् ? कहिल्यै बनाएका छैनन् ।’
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मेयरमा शिवशरणले जितिसकेकाे भन्दै घाेषणा गर्न मात्रै बाँकी रहेकाेले ढुक्कसँग गाेलाकार भित्रकाे हँसिया हताैडामा भाेट दिन मतदातालाई आग्रह गरेका थिए । उनलेे पार्टीको तर्फबाट एकताको सन्देश सुनाउन आएकाे बताउँदै कीर्तिपुर नगर मेयरमा माओवादीलाई र काठमाडौं १६ काे वडाध्यक्षमा समाजवादी उमेदवारलाई जिताउन सम्पुर्ण मतदातालाई अपील गरे ।
by Santosh Poudel | Nov 28, 2024
मंसिर १६ गते हुन लागेकाे उपनिर्वाचनमा काठमाडौंकाे कीर्तिपुर नगरपालिकामा मेयरकाे उमेदवारमध्ये कसले जित्ने भन्ने चर्चा व्यापक बहसकाे विषय हुन थालेको छ ।
यसअघि निर्वाचित नेपाली कांग्रेस र एमाले पार्टीका उमेदवारहरू र माओवादी केन्द्रका उमेदवारबीच मुख्य प्रतिस्पर्धा देखिएकाे भएतापनि माहाेल माओवादीकाे पक्षमा देखा परेकाे छ ।
माओवादी उमेदवार शिवशरणसँग प्रतिस्पर्धा कांग्रेस उम्मेदवार कृष्णमान डंगोलको भए पनि कांग्रेसभित्रैवाट बागी उठेका कविर महर्जनसहित ४ जना स्वतन्त्र उम्मेदवारमा भोट बाँडिँदा उनको विगतमा पाएको मत ९ हजार ४३ मा झण्डै आधा घट्ने छ । विगतमा उनलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसले कीर्तिपुरमा उपमेयर जितेको छ) ले अहिले माओवादीलाई समर्थन गरेकाले कांग्रेसको २ हजार मत त स्वतः घटने देखिन्छ । त्यसबाहेक कांग्रेसका बागी स्वतन्त्र उमेदवार कविकुमार महर्जन एक्लैले कांग्रेसको १ हजारभन्दा बढी मत काट्ने छन् । कांग्रेसले मेयर जित्दा पनि कुनै काम गर्न नसकेको जनताको गुनासो सुनिएकाले यस पटक कांग्रेसले ५ हजार मत कटाउन नसक्ने स्वतन्त्र विष्लेषण छ ।
विगतको चुनावमा ५ हजार ५ सय ७ मत ल्याएको एमालेले पार्टीभित्रका राजमान मानवसहित ३ जना वागी उम्मेदवार मैदानमा खडा हुनु, पार्टीभित्र तीब्र मतभेद हुनु र विगतमा एमाले अध्यक्ष ओलीविरुद्ध गाली गलौजमा उत्रिएका सुरेन्द्र मानन्धरले टिकट पाउनु जस्ता कारणले ४ हजार मत कटाउन हम्मे हम्मे पर्ने देखिएको छ ।
विगतमा एमालेको राजनीतिमा रहेका राजमान मानवले स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेका कार्यकर्ताहरु नै उनको प्रचारमा खटेको देखिन्छ । स्थानीय सरकारको पहिलो निर्वाचनमा कीर्तिपुरमा मेयर जितेको एमालेले नगरपालिकामा बेथिति भित्र्याउँदा कीर्तिपुर धेरै पछि परेको छ । यस्तो अवस्थामा जनताले फेरि एमालेलाई भोट दिने रुची देखाएका छैनन ।
कीर्तिपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै उमेदवारी दिएको छैन । उसले माओवादी उमेदवार प्रा. डा. शिवशरण महर्जनलाई समर्थन गर्ने करिबकरिब निश्चित भएको छ ।
यस्तो अवस्थामा एमाले विभाजित हुनु, राजमानसहितले एमालेकाे प्रसस्त मत काट्ने, कांग्रेस पनि विभाजित हुनु, कविरसमेतले पर्याप्त मत काट्ने र पुर्व माओवादीहरू एकजुट हुनु र अझ नेकपा एस, जसपा र राष्ट्रिय स्वतन्त्र पार्टीको समेत समर्थन पाउने अवस्था आइरहँदा माओवादी केन्द्रका उमेदवार प्रा. डा. शिवशरण महर्जनको जित सुनिश्चित प्राय भएको देखिन्छ ।
त्यसाे त उमेदवारहरूकाे व्यक्तितब र पृष्ठभूमि हेर्दा पनि माओवादी उमेदवार शिवशरण सबैभन्दा उत्कृष्ट देखिएका छन् । ४३ वर्षसम्म त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराएका, विभिन्न विद्यालयकाे व्यवस्थापन समिति, खानेपानी समिति, समाजसेवाकाे कुशल नेतृत्व गरेका शिवशरणकाे व्यक्तितब सबैभन्दा भन्दा अब्बल छ । उनी सबै उमेदवारका गुरु र अभिभावक समेत हुन् भने कीर्तिपुरकाे विकासमा पुरै समर्पित रैथाने समाजसेवी वाैद्विक व्यक्ति हुन् ।
एमाले उमेदवार डा. सुरेन्द्र मानन्धर यसअघि संघीय निर्वाचनमा पराजित उमेदवार हुन् ।