9841825558 | 9852835350 presscentrenepal@outlook.com
उपनिर्वाचन भ्रष्टाचारको विराेधमा मत जाहेर गर्ने अवसर हाे, सदुपयोग गराैं : प्रचण्ड

उपनिर्वाचन भ्रष्टाचारको विराेधमा मत जाहेर गर्ने अवसर हाे, सदुपयोग गराैं : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध जनताले आफ्नो मत जाहेर गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभएको छ ।

उहाँले एक भिडियो सन्देशमार्फत मतदातालाई अपिल गर्दै सुशासनका पक्षमा मत जाहेर गर्न आग्रह गर्नुभएको छ ।
‘यो उपनिर्वाचनले यथार्थमा आगामी आम निर्वाचनका लागि पनि सन्देश दिनेछ ।

नेपाली जनता साँच्चिकै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा रहेको प्रमाणित गर्ने यो महत्वपूर्ण अवसर पनि हो’ अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यसकारण यो उपनिर्वाचनलाई अवसरका रुपमा सदुपयोग गरेर देशमा ब्याप्त बेथिति, बिसंगति र विकृतिका विरुद्ध जनमत प्रकट गर्न म अनुरोध गर्न चाहन्छु ।’

उपनिर्वाचन केही निश्चित ठाउँमा मात्रै निर्वाचन हुने भए पनि यसको विशेष अर्थ र महत्व रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘यहाँहरु सबैलाई अवगत नै छ, मैले आफ्नो नेतृत्वमा रहेको सरकारका तर्फबाट देशमा सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध, सामाजिक न्यायका पक्षमा, विभेद र अन्यायका विरुद्ध तथा आर्थिक संकटबाट देशलाई मुक्त गर्न निकै प्रयास गरेको थिएँ । त्यसैको परिणामस्वरुप देशमा सकारात्मक भाव पैदा भएको थियो र भइरहेको पनि छ ।’

अध्यक्ष प्रचण्डले यो उपनिर्वाचनलाई आफ्नो पार्टीले भ्रष्टाचारविरोधी महाअभियानलाई अगाडि बढाउने संकल्पको रुपमा, देशमा सुशासन कायम गर्ने र सामाजिक न्यायसहितको आर्थिक समृद्धिको पक्षमा जागरण ल्याउन अभियानको रुपमा अघि बढाएको स्पष्ट गर्नुभयो । ‘यो महाअभियानलाई सफल पार्न उपनिर्वाचनमार्फत जनताको अभिमतका लागि म विशेष अनुरोध गर्न चाहन्छु ।’

उहाँले भन्नुभयो– ‘यो महाअभियानलाई सफल पार्न उपनिर्वाचनमार्फत जनताको अभिमतका लागि म विशेष अनुरोध गर्न चाहन्छु ।’

कीर्तिपुरमा शिवशरण महर्जनको समर्थन बढ्दो, जित सुनिश्चित बनाउँदै माओवादी

कीर्तिपुरमा शिवशरण महर्जनको समर्थन बढ्दो, जित सुनिश्चित बनाउँदै माओवादी

यही मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र) ले जित सुनिश्चित बनाएको दावी गरेको छ । कीर्तिपुरका सबै वडामा भइरहेको उम्मेदवारसहितको घरदैलो कार्यक्रममा व्यक्त जनमत एवं माओवादी उम्मेदवारप्रति विभिन्न राजनीतिक दल र व्यक्तिवाट प्राप्त समर्थनका कारण माओवादीको जित सुनिश्चित भएको बताइएको छ ।

माओवादी कीर्तिपुर नगर समितिका अध्यक्ष धनबहादुर महर्जनका अनुसार मंगलवार एकीकृत समाजवादीवाट मेयरका उम्मेदवार भानु रिजालले नै आफ्नो उम्मेदवारी निस्क्रिय पार्दै माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई समर्थन गरेपछि माओवादीको जित थप सुनिश्चित भएको हो । माओवादीले मेयरमा प्राडा शिवशरण महर्जन र वडा अध्यक्षहरुमा १ नम्बरमा सरलगोपाल महर्जन र ४ नम्बरमा इन्जिनियर नारायण विष्टलाई अघि सारेको छ । धनबहादुर महर्जनका अनुसार दुवै वडा अध्यक्षको जित पनि सुनिश्चित भइसकेको छ ।
यसअघि माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टीले समर्थन गर्दै साझा प्रतिवद्धता जारी गरिसकेका छन् । यस्तै डा.शिवशरणलाई जिताउन विगतमा टुटफूटभएका विप्लव नेतृत्वको माओवादीसहित विभिन्न समूह सक्रिय भएका छन् । करिव ४३ वर्षदेखि कीर्तिपुरमा प्राध्यापन, समाजसेवा, विकास निर्माण र जनताका कामहरुमा संलग्न रहँदै आएका शिवशरण महर्जनको व्यक्तित्वका कारण पनि यसपटक उनीप्रतिको समर्थन बढ्दो छ ।

कीर्तिपुरका स्थानीय बासिन्दासमेत रहेका जसपाका पोलिटव्यूरो सदस्य पञ्चलाल महर्जन यस पटक कीर्तिपुरबासीले प्राडा शिवशरण महर्जनलाई जिताउनेमा आफूहरु विश्वस्त रहेको बताउँछन् । उनले यसअघि कीर्तिपुरको मेयरमा कांग्रेस र एमालेका उम्मेदवारले जितिसकेको र उनीहरुले जनता र कीर्तिपुरका लागि कुनै राम्रो काम गर्न नसकेकाले यस पटक जनताले विकल्प खोजेको बताए । उनका अनुसार विगतमा कुनै पदमा नरहे पनि कीर्तिपुरका लागि शिक्षा, खानेपानी, यातायात, स्वास्थ्य र सामाजिक क्षेत्रमा धेरै राम्रा काम गरिसकेका, अति इमान्दार र निस्कलंक शिवशरण महर्जनलाई यसपटक मेयरमा जिताउने कीर्तिपुरबासीको अठोट छ । शिवशरणले अघि सारेका एजेण्डा र आफू जितेमा तलव भत्तासमेत समाजसेवामा लगाउने घोषणाले जनतालाई उत्साहित बनाएको उनको भनाई छ ।

यसैगरी कीर्तिपुरकै बासिन्दा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य सुरेश शाही पनि कीर्तिपुरको मेयर र वडा अध्यक्षमा आफूहरुको समर्थनमा माओवादीले अघि सारेका उम्मेदवारले जित्ने ठोकुवा गर्छन । उनले यसअघि पटक पटक अवसर पाउँदा पनि कांग्रेस र एमालेले कुनै काम नगरेकाले यसपटक काम गर्ने उम्मेदवार रोज्नुपर्ने जनताको मत रहेकाले माओवादीका उम्मेदवारले जित्ने दावी गरे । शाहीले आफूहरु शिवशरण जिताउन जनताको घरदैलोमा जाँदा पाएको समर्थनलाई हेर्दा पनि ठूलो मतान्तरले शिवशरणको टिमले जित निकाल्नेमा ढुक्क रहेको बताउछन् ।

कीर्तिपुरमा चुनावी अभियानको सुक्ष्म विष्लेषण गरिरहेका नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय बरिस्ठ उपाध्यक्ष निलकण्ठ तिवारी पनि यसपटक मेयरमा प्राडा शिवशरण महर्जनले करिव २ हजार मतान्तरले जित्ने विष्लेषण सुनाउँछन् । उनका अनुसार शिवशरणसँग प्रतिस्पर्धा कांग्रेस उम्मेदवार कृष्णमान डंगोलको भए पनि कांग्रेसभित्रैवाट बागी उठेका ४ जना स्वतन्त्र उम्मेदवारमा भोट बाँडिँदा उनको विगतमा पाएको मत ९ हजार ४३ मा झण्डै आधा घट्ने छ । विगतमा उनलाई समर्थन गरेको जनता समाजवादी पार्टी जसले कीर्तिपुरमा उपमेयर जितेको छले अहिले माओवादीलाई समर्थन गरेकाले कांग्रेसको २ हजार मत त स्वतः घटने देखिन्छ । त्यसबाहेक कांग्रेसका बागी स्वतन्त्र उमेदवार कविकुमार महर्जन एक्लैले कांग्रेसको १ हजारभन्दा बढी मत काट्ने छन् । कांग्रेसले मेयर जित्दा पनि कुनै काम गर्न नसकेको जनताको गुनासो सुनिएकाले यस पटक कांग्रेसले ५ हजार मत कटाउन नसक्ने स्वतन्त्र विष्लेषण छ ।

विष्लेषक तिवारीका अनुसार विगतको चुनावमा ५ हजार ५ सय ७ मत ल्याएको एमालेले पार्टीभित्रका ३ जना वागी उम्मेदवार मैदानमा खडा हुनु, पार्टीभित्र तीब्र मतभेद हुनु र विगतमा एमाले अध्यक्ष ओलीविरुद्ध गाली गलौजमा उत्रिएका सुरेन्द्र मानन्धरले टिकट पाउनु जस्ता कारणले ४ हजार मत कटाउन हम्मे हम्मे पर्ने देखिएको छ । विगतमा एमालेको राजनीतिमा रहेका राजमान मानवले स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेका कार्यकर्ताहरु नै उनको प्रचारमा खटेको देखिन्छ । स्थानीय सरकारको पहिलो निर्वाचनमा कीर्तिपुरमा मेयर जितेको एमालेले नगरपालिकामा बेथिति भित्र्याउँदा कीर्तिपुर धेरै पछि परेको छ । यस्तो अवस्थामा जनताले फेरि एमालेलाई भोट दिने रुची देखाएका छैनन ।
कीर्तिपुरको मेयर पदको प्रतिस्पर्धामा १० जना स्वतन्त्र उम्मेदवार मैदानमा छन् । यी मध्ये राजमान मानव र कविकुमार महर्जनको प्रचार शैली आक्रामक देखिएको छ । अन्य उम्मेदवार पनि घरदैलोमा व्यस्त छन् । कुनै पनि स्वतन्त्र उम्मेदवारले २ हजार मत नकटाउने अर्का विष्लेषक डा.चन्द्रकान्त पौडेलको विष्लेषण छ । उनले पनि यस पटक गोलाकारभित्रको हसिया हथौडा चुनाव चिन्ह लिएका माओवादीका उम्मेदवार प्राडा शिवशरण महर्जनले कीर्तिपुरको मेयरमा र वडा न १ मा शरल गोपाल र ४ मा इन्जिनियर नारायण विष्टले बाजी पार्ने विष्लेषण सुनाए ।

हुम्ला सर्केगाडका मतदातामा समिक्षाकाे चर्चा, काे हुन् समीक्षा ?

हुम्ला सर्केगाडका मतदातामा समिक्षाकाे चर्चा, काे हुन् समीक्षा ?

यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रबाट देवकी तिमल्सिना रोकाय ‘समीक्षा’ उम्मेदवार बनेकी छिन् ।

हुम्ला जिल्लाकाे सर्केगाड गाउँपालिका उपाध्यक्षमा यसअघि  नेकपा माओवादी केन्द्रका चन्द्रसिह कार्की विजयी भएका थिए । उनले ३२६९ मतसहित विजयी हुँदा एमालेकी जुनकुमारी फडेरा १०६४ मतसहित पराजित भएकी थिइन् ।

अहिले पनि सर्केगाडका मतदाताहरूले माओवादी उमेदवार समिक्षालाई रूचाइरहेकाे देखिएकाे छ । माओवादी केन्द्रले सरकारमार्फत गरेकाे काम, सुशासन, विकासलाई जनताले मन पराएका छन् । उमेदवार तिमिल्सिनाले आफू हुम्लामा नजन्मिएकाे भएतापनि लामाे समयदेखि हुम्लासँग जाेडिएकाे र माओवादी जनयुद्धमा सामसल भएकाे कारणले पनि मतदाताले विश्वास गरेको बताएकी छिन् ।

उनले पार्टीले उम्मेदवार बनाएर अवसर प्रदान गरेकोमा पार्टी नेतृत्व र कार्यकर्ता पंक्तिप्रति आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेकी छन्।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ मांखामा जन्मिएकी देवकी तिमल्सिना रोकाया २०५२ सालमा सुरु भएको दशक लामो जनयुद्धका दौरान चर्चित कलाकारका रूपमा स्थापित भइन्। जनयुद्धकै क्रममा उनले हुम्लाका पत्रकार दिपेन्द्र रोकायसँग विवाह गरेकी थिईन । शान्ति प्रक्रियापछि उनले कर्णालीमा बसेर समाज परिवर्तनका विभिन्न क्षेत्रमा योगदान दिँदै आएकी छन्।

समाजवादी मोर्चाका साझा उम्मेदवारका रूपमा सिफारिस भएकी देवकीले सर्केगाड गाउँपालिकाको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएकी छन्। जनताबाट अपार माया पाएको बताउँदै उनले उपनिर्वाचनमा जीतको विश्वास व्यक्त गरेकी छन्।

‘सुशासन, समृद्धि र सामाजिक न्याय – हाम्रो अभियान’ भन्ने नाराका साथ अघि बढेकी देवकीले सर्केगाडको विकास र समृद्धिका लागि आफू पूर्ण प्रतिबद्ध रहेको बताइन् । सर्केगाडका मतदातालाई सम्बोधन गर्दै उनले हसिया हथौड़ा चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी गराउन अपिल गरेकी छन्।

उनी अहिले लगातार घरदैलो, पिँढिसभा, मतदाता भेटघाटमा लागिरहेकी छिन् । उनलाई मतदाता र जनसाुदायले सबैतिर सम्मान गरेका र फुलमालाले स्वागत गरेका छन् । सर्केगाडकाे माहोल हेर्दा समिक्षाले विजय प्राप्त गरेकाे घाेषणा गर्न मात्रै बाँकी रहेकाे जस्ताे देखिने गरेको छ ।

कीर्तिपुरलाई सांस्कृतिक पर्यटकीय नगरी बनाउने मेयर उमेदवार शिवशरणकाे याेजना

कीर्तिपुरलाई सांस्कृतिक पर्यटकीय नगरी बनाउने मेयर उमेदवार शिवशरणकाे याेजना

मंसिर १६ गते हुन लागेकाे उपनिर्वाचन आउन मात्रै  ५ दिन बाँकी छ । काठमाडौं जिल्लाकाे कीर्तिपुर नगरपालिकाकाे मेयर र २ वटा वडाध्यक्षकाे निर्वाचनले विशेष चर्चा पाएकाे छ । विशेषगरी मृयरकाे निर्वाचन महत्त्वपूर्ण रहेकाे छ । मेयर पदमा निर्वाचन जित्नकाे लागि दलहरू र स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा छन् ।

नेकपा माओवादी केन्द्रबाट मेयर पदमा उमेदवार बनेका प्रा. डा. शिवशरण महर्जनले कीर्तिपुरकाे वास्तविक विकासकाे लागि प्रतिवद्वता सार्वजनिक गरिसकेका छन् । उनलेे कीर्तिपुर नगरलाई नेवार सांस्कृतिक सभ्यतासहितकाे पर्यटकीय नगरी बनाउने याेजना अगाडि सारेका छन् ।

उनले कीर्तिपुर नगरकाे पर्यटकीय विकासबारे यस्ता याेजना बनाएका छन् ।

शिवशरणकाे पर्यटन प्रवर्धन याेजना

– कीर्तिपुर लिच्छवी कालदेखि नै अस्तित्वमा रहँदै आएको विशेषतः नेवार समुदायको बाहुल्य भएको साँस्कृतिक
रुपले धनी ऐतिहासिक तथा सा“स्कृतिक नगरी हो । यहाँ बौद्ध तथा हिन्दूहरुका विहार, मठमन्दिरहरु उल्लेख्य
सङ्ख्यामा रहेका छन् । चिलंच्व चैत्य तथा जगतपाल महाबिहार, नगरमण्डप श्री कीर्ति बिहार, आदिनाथ
मन्दिर, बाघभैरब मन्दिर, उमामहेश्वर मन्दिर, जलविनायक मन्दिर, चम्पादेवी आदि जस्ता धार्मिक सम्पदाहरु
अवलोकनका लागि प्रसिद्ध छन् । त्यस्तै गरी पुष्पलाल पार्क, टौदह ,चोभार, माकोचा आदि जस्ता सम्पदाहरु
पनि हेर्न र घुम्न लायकका छन् । त्यसैले यो सहर आन्तरिक एवं वाह्य पर्यटकका लागि एक राम्रो गन्तव्य
पनि हो । तर पूर्वाधारको अभावले यहाँको पर्यटन क्षेत्र विकासको पर्खाइमा छ ।
–यहाँको पर्यटन क्षेत्रको विकास गरी कीर्तिपुरवासीको आर्थिक उन्नति गर्न विशेष पहल गरिनेछ । पर्यटन
विकासलाई ध्यानमा राखी कीर्तिपुरमा मौलिकता तथा आधुनिकतालाई संयोजन गरी होम स्टेलाई व्यवस्थित
गरिनेछ ।
– चम्पादेवीलाई धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्य स्थलमा विकास गरिनेछ ।
– कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिको समन्वयमा निजी क्षेत्रलाई समेत सहभागी गराई मिनी
बञ्जीजम्प निर्माणका लागि पहल गरिनेछ । चन्द्रागिरि तीनथानाको भिराडिल संग जोडिएको माकोचा
पार्कलाई व्यवस्थित गरिनेछ ।
– कीर्तिपुरको ऐतिहासिकता, वीरता, विद्रोह तथा वलिदानको संस्कृति झल्किने विशेष पार्क निर्माण गरिनेछ ।

पदम राईको निधनले कम्युनिस्ट आन्दोलनमा अपुरणिय क्षति : अध्यक्ष प्रचण्ड

पदम राईको निधनले कम्युनिस्ट आन्दोलनमा अपुरणिय क्षति : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय सदस्य तथा संविधानसभा सभािद पदम राईकाे निधनले नेपाली कम्युनिस्ट आन्दोलनमा अपुरणिय क्षति पुगेको बताउनुभएको छ ।

भाेजपुरका स्थायी वासिन्दा राईकाे उपचारको क्रममा ५८ वर्षकाे उमेरमा शनिबार बेलुकी वीर अस्पतालमा  निधन भएको थियाे ।

राईकाे शवलाई पार्टी केन्द्रीय कार्यलय पेरिसडाँडामा अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको थियाे । त्यसैगरी पार्टीको तर्फबाट शाेक बक्तब्य जारी गरिएको थियाे ।

काे हुन् राई ?

पदमबहादुर राईको जन्म २०२३ साल पुष १५ गते भोजपुर जिल्ला षडानन्द नगरपालिका १४ साविक बोया गाविसमा बुबा लालबहादुर राई र आमा दौलती राईको कोखबाट भएको थियो ।

उहाँका दुई दाजु, १ भाई र ६ जना दिदीहरु हुनुहुन्छ। उहाँको श्रीमती जमुना राई, छोरा सन्देश राई र छोरी सामना राई हुनुहुन्छ । उहाँले विद्योदय मा.वि. भोजपुरबाट एसएलसी उत्तीर्ण गरी त्रिभुवन विश्वविद्यालय अन्तरगत जनता क्याम्पस सुनसरीबाट स्नातक तहसम्मको अध्ययन गर्नुभएको थियो ।

उहाँको राजनीतिक जीवन २०४६ सालबाट अनेरास्ववियु छैटौंको सदस्यता प्राप्त गरी विद्यार्थी संगठनको इकाई र जिल्ला समिति हुदै तेह्रौ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य भई कार्य गर्नुभएको थियो । २०४७ सालमा पार्टी सदस्यता प्राप्त गरी पार्टीको स्थानीय इकाई हुँदै २०५२ सालमा सुनसरी मोरङ जिल्ला पार्टी सदस्य, भोजपुर जिल्ला सचिव हुँदै २०५६ मा भोजपुर-तेह्रथुम-संखुवासभाको इन्चार्ज, २०६१ सालमा जनमुक्ति सेनाको ब्रिगेड कमिसार, पार्टी केन्द्रीय समिति सदस्य हुँदै विगतमा पार्टी पोलिट्व्यूरो सदस्यसम्मको भुमिका निर्वाह गर्नुभएको थियो ।

उहाँ २०६३ को अन्तरिम व्यवस्थापिका संसदको सदस्य तथा भौतिक योजना राज्यमन्त्री हुनुभयो । २०६४ सालको संविधानसभा निर्वाचनमा भोजपुर जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित हुनुभएको थियो ।

यस्तो छ पार्टीको तर्फबाट जारी शाेक वक्तव्य

शोक वक्तव्य

हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कमरेड पदमबहादुर राईको ५८ वर्षको उमेरमा २०८१ मंसिर ८ गते बेलुकी ६ बजेर ३० मिनेट जाँदा वीर अस्पताल काठमाडौंमा निधन भएको खबरले हाम्रो सिङ्गो पार्टी मर्माहत भएको छ। यस शोकको घडीमा हाम्रो पार्टी दिवंगत कमरेड पदमबहादुर राई प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । उहाँ केही वर्ष यता पाकिन्सन्स रोगले बिरामी भई उपचारत हुनुहुन्थ्यो ।

कमरेड पदमबहादुर राईको जन्म २०२३ साल पुष १५ गते भोजपुर जिल्ला षडानन्द नगरपालिका १४ साविक बोया गाविसमा बुबा लालबहादुर राई र आमा दौलती राईको कोखबाट भएको थियो । उहाँका दुई दाजु, १ भाई र ६ जना दिदीहरु हुनुहुन्छ। उहाँको श्रीमती जमुना राई, छोरा सन्देश राई र छोरी सामना राई हुनुहुन्छ । उहाँले विद्योदय मा.वि. भोजपुरबाट एसएलसी उत्तीर्ण गरी त्रिभुवन विश्वविद्यालय अन्तरगत जनता क्याम्पस सुनसरीबाट स्नातक तहसम्मको अध्ययन गर्नुभएको थियो ।

उहाँको राजनीतिक जीवन २०४६ सालबाट अनेरास्ववियु छैटौंको सदस्यता प्राप्त गरी विद्यार्थी संगठनको इकाई र जिल्ला समिति हुदै तेह्रौ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य भई कार्य गर्नुभएको थियो । २०४७ सालमा पार्टी सदस्यता प्राप्त गरी पार्टीको स्थानीय इकाई हुँदै २०५२ सालमा सुनसरी मोरङ जिल्ला पार्टी सदस्य, भोजपुर जिल्ला सचिव हुँदै २०५६ मा भोजपुर-तेह्रथुम-संखुवासभाको इन्चार्ज, २०६१ सालमा जनमुक्ति सेनाको ब्रिगेड कमिसार, पार्टी केन्द्रीय समिति सदस्य हुँदै विगतमा पार्टी पोलिट्व्यूरो सदस्यसम्मको भुमिका निर्वाह गर्नुभएको थियो ।

उहाँ २०६३ को अन्तरिम व्यवस्थापिका संसदको सदस्य तथा भौतिक योजना राज्यमन्त्री हुनुभयो । २०६४ सालको संविधानसभा निर्वाचनमा भोजपुर जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित हुनुभएको थियो ।

अन्त्यमा, हाम्रो पार्टी कमरेड पदमबहादुर राईप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ। उहाँको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति हुन पुगेको छ । शोकको यस घडीमा आम पार्टीपंक्ति र जनसमुदायमा शोकलाई शक्तिमा बदल्न हाम्रो पार्टी हार्दिक अपील गर्दछ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष