9841825558 | 9852835350 presscentrenepal@outlook.com
कीर्तिपुर नगरपालिकामा माओवादीबाट प्रतिवद्वता पत्र सार्वजनिक, पूरा पाठसहित ?

कीर्तिपुर नगरपालिकामा माओवादीबाट प्रतिवद्वता पत्र सार्वजनिक, पूरा पाठसहित ?

मंसिर १६ गते हुन लागेकाे कीर्तिपुर नगरपालिकाकाे उपनिर्वाचनकाे सन्दर्भमा आज नेकपा माओवादी केन्द्रले उमेदवारकाे तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेकाे छ।

चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने  कार्यक्रममा  पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज तथा प्रबक्ता अग्निप्रसाद सापकोटासहित समाजवादी मोर्चामा आवद्ध पार्टीका केन्द्रिय नेताको सहभागिता रहेकाे छ ।

पत्रमा विभिन्न ११ वटा विषयमा प्रतिवद्वता व्यक्त गरिएको छ ।

के छ त प्रतिवद्वतापत्रमा ?

आदरणीय कीर्तिपुरवासी आमा–बुबा, दिदीबहिनी तथा दाजुभाइहरु !
मुलुकभित्र जनताको पक्षमा भए–गरेका परिवर्तनकारी आन्दोलन तथा क्रान्तिमा कीर्तिपुरको वीरताको इतिहास
सधैँ नै अग्रपंक्तिमा रहँदै आएको छ । अग्रगामी परिवर्तनका लागि भएका २००७ साल, ०३६साल, ०४६ साल, १०
वर्षे महान् जनयुद्ध, ०६२÷६३ को जनआन्दोलन आदि तमाम परिवर्तनकारी आन्दोलन तथा क्रान्तिहरुमा
कीर्तिपुरवासीहरुको संघर्ष, त्याग, बलिदानमा गहन योगदान रहेको छ । त्यही संघर्षशील गौरवमय इतिहास बोकेको
हाम्रो कीर्तिपुर नगरपालिकामा यही मंसिर १६ गते उपचुनाव हुन गइरहेको छ । यस चुनावमा कीर्तिपुरे जनता
आफ्नै समाजसेवी, विद्वान्, शालीन, सरल स्वभावका, कीर्तिपुरवासीका समस्यालाई व्यावहारिक रुपले बुझेका,
अनुभवले खारिएका, दक्ष प्रशासनिक क्षमता भएका, जनप्रिय नेता प्रा.डा.शिवशरण महर्जन, नगरप्रमुख पदका
उम्मेदवार बन्नु भएको छ । उहाँ चाहे त्रिभुवन विश्वविद्यालयको लामो अध्यापन पेशाको अनुभव होस् वा मुलुकको
उच्च शिक्षामा योगदान, चाहे स्थानीय जनताको खानेपानी व्यवस्थापन होस् वा शैक्षिक उन्नयन, सामाजिक विकास
अभियान होस् वा जनचेतनाको उज्यालो छर्ने काम, यी विविध क्षेत्रका सहयोग र सेवामा समर्पित सम्मानित बौद्धिक
व्यक्तित्व हुनुहुन्छ । उहाँ वषौंदेखि कीर्तिपुरको सामाजिक, साँस्कृतिक विकास र भौतिक विकास निर्माणको क्षेत्रमा
पनि निरन्तर लाग्दै आउनुभएको कुरा तपाई हामी सबैलाई जानकारी नै छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता,
समानुपातिक–समावेशी व्यवस्था र निःशुल्क शिक्षा, स्वास्थ्य, आवास, खाद्यसम्प्रभुता जस्ता मौलिक हकका
एजेण्डाहरुलाई सम्विधानमा स्थापित गर्न, जनजाति, महिला, दलित, गरिब, निम्न वर्गको हक, अधिकार र पहिचानको
मान्यता स्थापित गर्न त्याग, वलिदान, विद्रोहको उच्चतम कीर्तिमान कायम गरेको गौरवशाली पार्टी नेकपा (
माओवादी केन्द्र) नै हो भन्ने पनि तपाईं हामी सबैलाई अवगत नै छ । सुशासन कायम गर्न कमरेड प्रचण्डले
भ्रष्टाचारका बिरुद्ध अभियानका रुपमा चालेको पछिल्लो कदमले भ्रष्टाचारी÷देशद्रोहीहरुको सातोपुत्लो उडेकै बेला
सत्ता समीकरणमा गरिएको मध्यरातको फेरवदलले माओवादी छुट्टै धातुले बनेको देश निर्माण गर्ने अब्बल शक्ति
हो भन्ने पनि स्थापित भैसकेको छ । परम्परागत सामन्ती व्यवस्थाको अन्त्य र गणतन्त्रको स्थापना सानो मूल्य
चुकाएर आएको होइन, जसमा सबैभन्दा ठूलो र महान् वलिदानको योगदान पनि माओवादी केन्द्रको नै रहेको छ
भन्ने कुरामा विवाद छैन । यस पार्टीले आगामी चुनावमा एक जना निष्कलङ्क, निर्विवादित, स्वच्छ छविका प्रबुद्ध
बौद्धिक व्यक्तित्व प्रा.डा.शिवशरण महर्जनलाई मेयरको उम्मेदवार उठाएको छ । कीर्तिपुरको समग्र विकास तथा
समग्र सामाजिक जीवनलाई समुन्नत गर्न, अस्तव्यस्त कीर्तिपुरको अवस्थालाई व्यवस्थित गरी प्रगति र समृद्धितर्फ
माथि उठाउन, सुशासन, सुव्यवस्था र सबैलाई समान न्याय प्रदान गर्न, भ्रष्टाचारको हिंजोदेखि जमेर बसेको बलियो
जग भत्काएर भ्रष्टाचार पूर्ण नियन्त्रण गरी सबै जनतालाई सुन्दर सुशासनको प्रत्याभूति दिन जिम्मेवारीपूर्ण दायित्व
वहन गर्ने शपथ लिनु भएका प्रा.डा.शिवशरण महर्जनलाई नगर प्रमुख पदका लागि यस उपनिर्वाचनमा विजयी
गराउन हामी हार्दिक अपिल गर्न चाहान्छौं । भरतपुर महानगरपालिका जस्तै विकसित र समृद्ध कीर्तिपुर नगरपालिका
बनाउन भ्रष्टाचार विरोधी स्वच्छ र पवित्र छविका उम्मेदवारलाई जिताए मात्र हामीले त्यो लक्ष्य चुम्न सक्छौं । सो
लक्ष्य प्राप्तिका लागि हाम्रो निम्न प्रतिबद्धता रहेको छ ।

हाम्रा प्रतिवद्धताहरु
१. सामाजिक सुरक्षा क्षेत्र

— संघीय सरकारद्वारा ज्येष्ठनागरिक तथा एकल महिलालाई प्रतिमहिना प्रदान गरिने सामाजिक सुरक्षा
भत्ता वितरण तथा नवीकरण प्रक्रियालाई सजिलो र प्रभावकारी बनाइनेछ । वृद्ध र अशक्तहरुलाई घरमै
पु¥याउने व्यवस्था गरिने छ ।
— सुत्केरी महिलाहरुलाई प्रदान गरिँदै आएको भत्तामा बृद्धि गरी वितरण कार्यलाई प्रभावकारी बनाइनुका
साथै नवजात शिशुहरुको जीवन सुरक्षाको विशेष कार्यक्रमको व्यवस्था गरिनेछ ।
— नगरभित्रका स्ववासी, बेनिस्सा र दर्ता बाँकी रहेका घरहरुलाई कानुनी रुपमा दर्ता गराउन सम्बन्धित
व्याक्तिहरुलाई सहयोग गर्नेे विशेष कार्यक्रम तयार गरिनेछ ।
— प्रत्येक वडामा दिवा वृद्ध सेवा केन्द्रहरु स्थापना गरी सञ्चालन गरिनेछ ।
— कीर्तिपुर नगर क्षेत्रभित्रका ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुका लागि जुनसुकै स्वास्थ्यसंस्थाहरुमा
सेवा लिँदा उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले नै बेहोर्ने व्यवस्था मिलाइनेछ ।
— कीर्तिपुर नगर क्षेत्रभित्रका ८० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुका लागि जुनसुकै अस्पतालमा
स्वास्थ्य सेवा लिँदा पनि सम्पूर्ण औषधोपचार खर्च नगरपालिकाले व्यहोरी दिनेछ ।
— विमाबाट हुने औषधि उपचार सरल र सहज गराइनेछ । नगरपालिकाले विमाको निश्चितप्रतिशत रकम
बे्होर्ने छ ।
२. युवाहरुका लागि खेलकुद एवं रोजगारीको व्यवस्था

– कीर्तिपुर नगर क्षेत्रभित्र वडावडामा सानाठूला खेलकूद मैदान निर्माण गर्नका लागि आवश्यक जग्गा एवं
भौतिक पूर्वाधारको व्यवस्था गरिनेछ ।
– वडा नं. १० मा पर्ने कीर्तिपुर, नयाँबजार क्षेत्रको विगतमा निर्माण शुरु गरी अलपत्र छोडिएको खेलकुद
मैदान एवं भौतिक पूर्वाधारको सम्बन्धित निकायहरु संग समन्वय गरी यथाशीघ्र निर्माण गर्न आवश्यक
पहल गरिनेछ ।
– प्रत्येक वडामा श्रम गर्न योग्य युवाहरुको अभिलेख तयार गरी रोजगारमुखी व्यावसायिक एवं शीपमूलक
तालिमको व्यवस्थाका साथै व्यवसायका लागि आवश्यक पुँजी लगानी जुटाउन कीर्तिपुर नगरपालिका
भित्रका बैंक, सहकारी एवं अन्य वित्तीय संस्थाहरुसँग समन्वय गरी विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
– कीर्तिपुर नगरपालिका, वडा नं. ६ स्थित पहिले हिमाल सिमेन्ट कारखाना बसेको खाली जग्गामा औद्योगिक
क्षेत्र बनाई युवाहरुलाई रोजगारको वातावरण बनाउन आवश्यक पहल गरिनेछ ।

– अध्ययनमा कमजोर भएका विद्यार्थीहरुका लागि रोजगारीमूलक विषयका तालिमहरु (विद्युत, पानी, सिलाई
बुनाई, टीभी, मोबाइल मर्मत, प्लम्बिङ, वेल्डिङ आदि) वडा–वडामा सञ्चालन गरिनेछन् ।
– त्रिविवि क्रिकेट मैदानमा कीर्तिपुर नगर क्षेत्र भित्रका युवाहरुलाई विशेष सुविधासहित खेल खेल्ने व्यवस्था
मिलाउनका लागि आवश्यक पहल गरिनेछ ।
३. स्वास्थ्य सेवा क्षेत्र

– आर्थिक अभावका कारणले कोही पनि नगरवासीले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले स्थानीय
विष्णुदेवी अस्पताललगायत कीर्तिपुर नगरभित्रका सम्पूर्ण सार्वजनिक स्वास्थ्य चौकी एवं स्वास्थ्य केन्द्रहरुलाई
नगरपालिकाको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने गरी आधारभूत स्वास्थ्य सेवामा स्तरोन्नति गर्दै निःशुल्क
औषधोपचारको व्यवस्था मिलाइनेछ ।
– विष्णुदेवी अस्पताललाई २४ घण्टे आकस्मिक सेवा सहित २५ शैयाको अस्पतालमा विकसित गरिनेछ ।
– विष्णुदेवी अस्पतालमा आम नगरवासीहरुलाई आकर्षित गर्न स्तरीय र भरपर्दो उपचारात्मक सेवाको
उपलब्धताका लागि आवश्यक सबैखाले सहयोग कीर्तिपुर नगरपालिकाले गर्नेछ ।
– भरसक नगरवासीहरु कोही पनि रोगी नबनून् भन्ने उद्देश्यले वडावडामा स्वास्थ्य स्वयंसेविकाका टोलीहरु
खटाई रोगनिरोधात्मक सचेतना कार्यक्रमहरु वर्षैभरि सञ्चालन गरिनेछन् ।
– फेक्ट नेपालद्वारा सञ्चालित कीर्तिपुर अस्पतालमा स्वास्थ्य सेवा लिँदा कीर्तिपुरवासीले निश्चित प्रतिशत
छुट पाउने गरी कीर्तिपुर नगरपालिकाले त्यस अस्पतालसँग गरेको सम्झौतालाई निरन्तरता दिई सुविधामा
थप सुधार गरिनेछ ।
– ‘निदानात्मकभन्दा निरोधात्मक नै राम्रो’ ९एचभखभलतष्यल ष्क दभततभच तजबल अगचभ० भन्ने अवधारणालाई
साकार गर्न नगरवासीको स्वास्थ्यलाई सवल बनाउन योग, ध्यान, आसन, प्रणायामजस्ता व्यायामहरुका
साथै प्राकृतिक आहार विहारका लागि प्रोत्साहन गर्ने र त्यस्ता कार्यक्रमहरु सार्वजनिक रुपमा सञ्चालन
गर्नका लागि आवश्यक सहयोग गर्ने कामलाई अगाडि बढाइनेछ ।

४. शिक्षा व्यवस्था

– निजी विद्यालयहरुमा बालबच्चाहरुलाई पढाउने होडबाजी सँस्कृति नै बनेकोले आधारभूत शिक्षा समेत
महङ्गो बनेको छ । यसले आर्थिक रुपमा आम अभिभावकहरुलाई ठुलो बोझ भएको छ । यसको विकल्प
भनेको सार्वजनिक स्कुलहरुको शैक्षिक गुणस्तरमा वृद्धि र सुव्यवस्थित गर्नु हो । यसका लागि निजी
स्कुलहरुसँग प्रतिस्पर्धा गर्न सक्ने गरी स्तरीय शिक्षा प्रदान गर्नका लागि सार्वजनिक स्कुलहरुलाई सक्षम
तुल्याउन कीर्तिपुर नगरपालिकाले शिक्षाविद्हरुको विशेष टोली बनाई विशेष शैक्षिक कार्यक्रमहरु लागु
गर्नेछ ।

– सार्वजनिक विद्यालयहरुको कार्यसम्पादन अनुगमन, निरीक्षण, परीक्षण र मूल्याङ्कनलाई नियमन गरी प्राप्त
तथ्याङ्क र परिणामका आधारमा आवश्यक सुधार र उपचार गरिनेछ ।
– नगर क्षेत्रभित्रका कोही पनि बालबालिका आधारभूत शिक्षा प्राप्त गर्नबाट बञ्चित नबनून् भन्ने उद्देश्यले
हरेक वडा तथा टोलमा विद्यालय जाने उमेरका बालबालिकाहरुको अभिलेखलाई निरन्तर अद्यावधिक गरी
समस्यामा परेकाहरुलाई नगरपालिकाले आवश्यक सहयोग गर्नेछ ।
– अहिलेको जमाना डिजिटल युगको हो । तसर्थ, नयाँ पुस्ताका विद्यार्थीहरुको वृहत् शैक्षिक क्षेत्रमा पहुँच
पुगोस् भन्ने उद्देश्यले कीर्तिपुर नगरपालिकाका सबै वडामा लाइब्रेरी÷ई लाइब्रेरीको स्थापना गरिनेछ र
सार्वजनिक स्थानहरुमा सीसीटीभी र फ्री–वाईफाईको व्यवस्था गरिनेछ ।
– मुलुककै पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालय कीर्तिपुर नगर क्षेत्रभित्र पर्दछ र यो अस्तव्यस्त बन्दै गएको
पनि छ । तसर्थ विश्वविद्यालयसँग सहकार्य गरी कीर्तिपुरलाई उच्च शिक्षाको केन्द्र बनाउन आवश्यक नीति
निर्माण गर्न एवं सञ्चालन, व्यवस्थापनमा सुधार र सहजताका लागि विश्वविद्यालय सभामा कीर्तिपुर
नगरपालिकाको प्रतिनिधित्व कायम गराउन आवश्यक पहल गरिनेछ ।
– क्ष्त् को प्रयोग विकाश र रोजगारीको अवसर श्रृजना गर्न ष्लअगखबतष्यल अभलतचभ (इन्क्युभेशन सेन्टर)
स्थापना गरिनेछ ।
– परम्परागत शीप र क्षमतालाई सम्बद्र्धन गर्न तालिमका साथै निश्चित मापदण्ड निर्धाण गरी प्रमाण पत्र
समेत दिने व्यवस्था गरिनेछ ।
– प्रविधिक शिक्षालाई विकास र विस्तार गर्न नमूना बहुप्राविधिक शिक्षालय नगरपालिका बाटै स्थापित गर्न
पहल गरिनेछ ।
५. नगरपालिकाको न्यायसेवा

– न्याय सेवा निर्धा र गरिबले पनि सहज र सुलभ रुपमा पाऊन् भन्ने उद्देश्यले नगरपालिकाको कार्यालय
परिसरभित्र एक कानुनी विशेषज्ञ सहितको सहायता कक्ष स्थापना गरिनेछ ।
– वडावडामा भएका न्याय सेवा प्रणालीलाई थप चुस्त दुरुस्त बनाउन विशेष कार्यक्रम लागु गरी भुईं तहबाटै
न्याय सेवालाई जनताको पहुँचमा पु¥याइनेछ ।
– कीर्तिपुर नगरका कामकारबाही व्यवस्थित गर्नका लागि आवश्यक नीति, नियम, ऐन संशोधन र परिमार्जन
गरिनेछ ।
– नीति र विधिको शासनलाई स्थापित गरिनेछ ।
६. कीर्तिपुरको सा“स्कृतिक सम्बद्र्धन ः
– कीर्तिपुरको इतिहास, परम्परा र संस्कृतिलाई पढ्न, बुझ्न र अनुभव गर्न सक्ने गरेर अवलोकन एवं अध्ययन
गर्न सहयोग हुने किसिमले कीर्तिपुर संग्रहालयको स्थापना गरिनेछ ।
द्ध
– रैथाने नेवाः, तामाङ, खस, ब्राम्हणलगायत परापूर्व कालदेखि कीर्तिपुर क्षेत्रमा बस्दै आएका जाति–
जनजातिहरुको पहिचानलाई उचित संरक्षण गर्न विशेष कार्यक्रम लागु गरिनेछ ।
– कीर्तिपुर नगरपालिका भित्रका ऐतिहासिक र मौलिक नामहरुलाई पुन नामकरणका लागि कीर्तिपुर
नगरपालिकाले विशेष कानुन बनाउनेछ ।

. सरसफाइ तथा फोहर व्यवस्थापन

– गाउँनगर क्षेत्रको सरसफाइको लागि फोहर बाहिर नफाल्ने अभियान तीब्र रुपमा चलाइनेछ । स्कुलहरुका
विद्यार्थीहरुलाई तथा हरेक टोलहरुमा सचेतना अभियान चलाई फोहर बाहिर नफाल्न उनीहरु मार्फत् सचेत
बनाइने ।
– चर्को शुल्कमा निजी कम्पनीहरुले ठेक्कामा फोहर उठाउने व्यवस्थाले गर्दा शुल्क तिर्न असक्षमहरुले बाहिर
सडकमा नै फोहर मिल्काउने प्रवृत्ति हुर्कन थालेको छ । फोहरको वर्गीकरण गरी कुहिने र नकुहिने फोहरलाई
छुट्याई नगरपालिकाले नै निःशुल्क फोहर उठाउने व्यवस्था मिलाइनेछ । कुहिने फोहरबाट ग्या“स र प्रा¨ारिक
मल र नसड्ने फोहरलाई रिसाइकलिङ गरी प्रयोगमा ल्याउने व्यवस्था गरिनेछ ।
– मुख्यमुख्य सडकहरुमा अव्यवस्थित पार्किङलाई व्यवस्थित गरी यातायातमा सहजता तथा फुटपाथमा
सुरक्षित पैदल यात्राको वातावरण बनाइनेछ ।
८. सुशासनको विषय

–कीर्तिपुर नगरपालिका क्षेत्रभित्र बन्ने नयाँघरका नक्सा पास गर्नका लागि सरल प्रक्रिया र सहज व्यवस्थापन
मिलाई, नगरपालिकाले आफ्नै प्राविधिकको व्यवस्था गरी न्यूनतम शुल्कमा नक्सा बनाउने र पास गराउने
व्यवस्था मिलाइनेछ ।
– वडा तथा नगर कार्यालयमा प्रशासनिक सेवा सहज रुपमा उपलब्ध हुन नसकेको अवस्थामा कोही पनि
नगरवासीले सोझै मेयरकहाँ गुनासो पु¥याएर सेवाको कामलाई शीघ्र फत्ते गर्न सक्ने गरी मेयर हेल्प डेस्क
र त्थसको छुट्टै सचिवालय निर्माण गरिनेछ ।
– नगरपालिकाको प्रशासनिक संरचनामा समावेशिताको सिद्धान्त लागु गरिनेछ ।
– भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अबलम्बन गरी प्रशासनिक सेवा छिटो, छरितो र चुस्त बनाइनेछ

– दर्ता, चलानी, सिफारिस, नक्सा पास, कर भुक्तनी आदी कामलाई विद्युतीय अनलाइन सेवा मार्फत सञ्चालन
गर्ने प्रकृया मिलाइनेछ ।
– संस्थागत तथ्याङ्क (क्ष्लकतष्तगतष्यलब िmझयचथ) व्यवस्थित र विश्वसनीय गरी लागु गरिनेछ ।
– राष्ट्रसेवक कर्मचारीहरुलाई सेवा नै धर्म हो भन्ने भावना जगाई पुरस्कार र दण्डको व्यवस्था गरिनेछ

९.पर्यटन प्रवर्धन

– कीर्तिपुर लिच्छवी कालदेखि नै अस्तित्वमा रहँदै आएको विशेषतः नेवार समुदायको बाहुल्य भएको साँस्कृतिक
रुपले धनी ऐतिहासिक तथा सा“स्कृतिक नगरी हो । यहाँ बौद्ध तथा हिन्दूहरुका विहार, मठमन्दिरहरु उल्लेख्य
सङ्ख्यामा रहेका छन् । चिलंच्व चैत्य तथा जगतपाल महाबिहार, नगरमण्डप श्री कीर्ति बिहार, आदिनाथ
मन्दिर, बाघभैरब मन्दिर, उमामहेश्वर मन्दिर, जलविनायक मन्दिर, चम्पादेवी आदि जस्ता धार्मिक सम्पदाहरु
अवलोकनका लागि प्रसिद्ध छन् । त्यस्तै गरी पुष्पलाल पार्क, टौदह ,चोभार, माकोचा आदि जस्ता सम्पदाहरु
पनि हेर्न र घुम्न लायकका छन् । त्यसैले यो सहर आन्तरिक एवं वाह्य पर्यटकका लागि एक राम्रो गन्तव्य
पनि हो । तर पूर्वाधारको अभावले यहाँको पर्यटन क्षेत्र विकासको पर्खाइमा छ ।
–यहाँको पर्यटन क्षेत्रको विकास गरी कीर्तिपुरवासीको आर्थिक उन्नति गर्न विशेष पहल गरिनेछ । पर्यटन
विकासलाई ध्यानमा राखी कीर्तिपुरमा मौलिकता तथा आधुनिकतालाई संयोजन गरी होम स्टेलाई व्यवस्थित
गरिनेछ ।
– चम्पादेवीलाई धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्य स्थलमा विकास गरिनेछ ।
– कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिको समन्वयमा निजी क्षेत्रलाई समेत सहभागी गराई मिनी
बञ्जीजम्प निर्माणका लागि पहल गरिनेछ । चन्द्रागिरि तीनथानाको भिराडिल संग जोडिएको माकोचा
पार्कलाई व्यवस्थित गरिनेछ ।
– कीर्तिपुरको ऐतिहासिकता, वीरता, विद्रोह तथा वलिदानको संस्कृति झल्किने विशेष पार्क निर्माण गरिनेछ ।

१०. आर्थिक तथा विकास निर्माण

– विकास निर्माणमा बजेटको नमूना मोडालिटी तयार गरी सम्पूर्ण कीर्तिपुरको विकास समान रुपले अगाडि
बढाउन समानुपातिक बजेट विनियोजनको व्यवस्था मिलाइनेछ ।
– कुनै पनि क्षेत्रको आर्थिक विकासका लागि त्यहाँको यातायात एवं सञ्चारको व्यवस्थापन महत्वपूर्ण हुन्छ ।
त्यसैले कीर्तिपुरका सबै वडामा सहजै आवतजावत गर्न सक्ने गरी पक्की सडक सञ्जाल बनाउनुका साथै
सार्वजनिक यातायातलाई त्यस अनुरुप व्यवस्थापन गरिनेछ । नगर स्तरीय रि¨रोडलाई पूर्णता दिई नगर
वसको व्यवस्था गरिनेछ ।
– विगतमा कीर्तिपुरको मुख्य आर्थिक आधार कृषि र घरेलु उद्योग थियो । तर त्यो स्थितिमा अहिले ठूलो
परिवर्तन आइसकेको छ । तैपनि यहाँको आर्थिक उत्पादन क्षेत्रमा अहिले पनि कृषि र घरेलु उद्योगलाई
नजरअन्दाज गर्न मिल्दैन । त्यसैले यी उत्पादन क्षेत्रहरुमा पनि विशेष कार्यक्रमहरु लागु गरी जनताको
आर्थिक आधारलाई बलियो बनाइनेछ ।
– निम्न तथा मध्यम आयका जनसमुदायको अर्थ व्यवस्थामा सुधार ल्याउन उत्पादन गतिविधिका लागि
सहकारी संस्थाहरुको भूमिका महत्वपूर्ण हुन्छ । तर सहकारीहरुको नियमन चुनौतीपूर्ण बनिरहेको छ । तसर्थ,
अन्यत्र स्वीकृति लिई कीर्तिपुर नगर क्षेत्रभित्र शाखा खोली कारोवार गर्ने सहकारी संस्थाहरुलाई निरुत्साहित
गरिनेछ । सहकारी ठगहरुलाई कारवाही गरी पीडितहरुलाई न्याय दिइनेछ ।

– नगरपालिकाको कार्यक्रम अन्तर्गत चलाइने भौतिक पूर्वाधार विकास निमार्णमा संलग्न हुने उपभोक्ता
समितिहरुको आर्थिक कारोवारलाई भ्रष्टाचार मुक्त गर्ने उद्देश्यले पूर्ण पारदर्शी बनाइनेछ ।

११: शुद्ध खानेपानी व्यवस्थापन

– कीर्तिपुर नगर क्षेत्रमा उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी वितरण गर्न थालेको छ । यो सह्रानीय
कुरो हो । तर बढ्दो जनसङ्ख्यालाई धान्ने गरी कीर्तिपुर नगर क्षेत्रभित्र बेरोकतोक नियमित खानेपानी
आपूर्तिका लागि स्थानीय स्रोतलाई परिचालन गर्नु बढी बुद्धिमानी हुन्छ । तसर्थ, राणाकालदेखि कीर्तिपुरका
जनताले उपभोग गर्दै आएको सिमझवाहिटी, दूःधपोखरीलगायतका पानीका मुहानहरुलाई थप विकास गरी
तिनीहरुबाट बढी पानी संकलन गर्नका लागि स्थानीय अग्राधिकार तथा क्षतिपूर्तिको समेत व्यवस्था गरी
वृहत् परियोजनाको कार्यक्रम लागु गर्ने र त्यसबाट संकलित पानीलाई प्राथमिकताको आधारमा कीर्तिपुरका
जनतालाई स्वच्छ, मिठो र गुणस्तरीय खानेपानी उपलब्ध गराइनेछ । धन्यवाद π
संयुक्त चुनाव प्रचार प्रसार समिति
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), कीर्तिपुर नगर समिति
जनता समाजवादी पार्टी, कीर्तिपुर नगर समिति
नेपाल समाजवादी पार्टी, कीर्तिपुर नगर समिति

माओवादी केन्द्रले आज कीर्तिपुरकाे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने

माओवादी केन्द्रले आज कीर्तिपुरकाे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने

मंसिर १६ गते हुन लागेकाे कीर्तिपुर नगरपालिकाकाे उपनिर्वाचनकाे सन्दर्भमा आज नेकपा माओवादी केन्द्रले उमेदवारकाे तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ ।

दिउँसो १२:०० बजे किर्तिपुर नगरपालिका कार्यालय नयाँबजार छेउमा रहेको पार्टी प्यालेसमा चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने कार्यक्रम भएको माओवादीले जनाएको छ ।  कार्यक्रममा  पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज तथा प्रबक्ता अग्निप्रसाद सापकोटासहित समाजवादी मोर्चामा आवद्ध पार्टीका केन्द्रिय नेताको सहभागितामा हुने बताइएको छ ।

उपचुनावमा माओवादी उमेदवारलाई समाजवादी माेर्चाका दलहरूले समर्थन गर्ने घाेषणा यस अघि नै गरिसकेका छन् । चुनावी प्रतिवद्वता पत्र सार्वजनिक गर्ने दलमा माओवादी केन्द्र पहिलाे दल बनेकाे छ ।

माओवादीले प्रा.डा. शिवशरण महर्जनलाई कीर्तिपुर नगरपालिका मेयरकाे रूपमा सार्वजनिक गरिसकेको छ भने उनको मनाेनयन भइसकेको छ ।

सत्तारुढ नेकपा (एमाले)ले राजधानीमा गर्न लागेकाे सभा फितलो हुने संकेत

सत्तारुढ नेकपा (एमाले)ले राजधानीमा गर्न लागेकाे सभा फितलो हुने संकेत देखिएको छ । जागरण सभाका संयोजक एवं पार्टी स्थायी कमिटीका सदस्य डा. राजन भट्टराई नै अकस्मात कम्बोडिया भ्रमणमा हिँडेपछि सभाकाे तयारी र ब्यवस्थापनमा नमिठाे धक्का लागेकाे एमाले बागमती प्रदेशका एक नेताले बताए ।

सभा आज मंसिर ७ गते काठमाडौंको दरबारमार्गमा हुने बताइएको थियाे । बुधवार पत्रकार सम्मेलन गरी सो पार्टीले भृकुटीमण्डपमा गर्ने तय गरिएको जागरण सभा ठाउँ सानो भएको जनाउँदै दरवारमार्गमा गर्ने निर्णय गरिएको जानकारी गराएको थियाे ।

एमालेले सो जागरण सभामा एक लाख मानिस उतार्ने लक्ष्य लिएको बताएको छ । एक लाख मानिस उतार्ने लक्ष्यसहित आयोजना हुने सो सभा भृकुटीमण्डलमा नअटने भएकाले दरबारमार्गमा गर्ने तय गरिएको जागरण सभाका संयोजक एवं पार्टी स्थायी कमिटीका सदस्य डा. राजन भट्टराईले बताएका थिए ।

संयोजक भट्टराईले पत्रकार सम्मेलनमा भनेका थिए- ‘पर्सिको हाम्रो कार्यक्रम सबै जम्मा भएर जुुलुस भद्रकालीबाट शुरु गर्छौं । सबै एकैठाउँमा जम्मा हुने स्थिति हुँदैन । अलि ठूलो जुलुस हुने स्थिति छ । संख्या पनि भन्नुभएको छ । हामीले आँकलन त झन्डै एक लाख पुर्याउने भन्ने छ । एमालेजतिको पार्टीले गरेपछि अलि ठूलै जनसंख्या उतार्नुपर्यो । उपत्यकाको ३ जिल्ला, हाम्रो यहाँ रहेका जनसंगठन, अनि हाम्रो सम्पर्क कमिटीसहितको उपस्थिति भएको हुनाले त्यति पुर्याउँछौ भन्ने छ । हाम्रो उल्लेख्य उपस्थितिसहितको जुलुस हुनेछ । जुलुस न्युरोड गेट, वीर अस्पताल हुँदै रत्नपार्क भएर त्रिचन्द्र क्याम्पस अगाडिबाट दरबारमार्गमा पुगेर हामी सभामा परिणत हुनेछौं । र दरबारमार्गमा हाम्रो सभा हुनेछ । अलि फराकिलो सडक त्यही पायौ, यता भृकुटीमण्डवमा गर्ने कि भन्ने कुरा थियो ।

तर मुख्य आयाेजक नेतृत्व उनी नै कम्बोडिया हिँडिदिएपछि सभाकाे तयारी र उपस्थिति पुरै खस्किने स्थिति देखा परेको हाे । सभालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले सम्बाेधन गर्ने भनिएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केपी ओलीकाे ३२ अरब कम्बोडियाकाे कम्पनीमा लगानी भएको भनेर प्रचार गरिदिएकाे भाेलीपल्टै भट्टराईलाई पार्टी अध्यक्षकै निर्देशनमा आकस्मिक रूपमा कम्बाेडिया पठाइएपछि एमाले पार्टीका नेताहरू नै अन्याेलमा परेका छन् । प्रसाईंलाई साइबर अपराध अभियाेगमा गिरफ्तार गरिएको भएता पनि उनलाई ओली विरूद्वकाे तथ्य सार्वजनिक गरेकोे भनेर गिरफ्तार गरिएको आम बुझाई पाइन्छ ।

गोरखा ५ मा एकिकृत समाजवादीका भुजेलद्वारा उमेद्वारी फिर्ता, माओवादीका विष्णु रानामगरलाई समर्थन

गोरखा ५ मा एकिकृत समाजवादीका भुजेलद्वारा उमेद्वारी फिर्ता, माओवादीका विष्णु रानामगरलाई समर्थन

गोरखा नगरपालिका ५ मा  एकिकृत समाजवादी पार्टीका उमेद्वारले आफ्नो उमेद्वारी फिर्ता लिनु भएको छ । उपनिर्वाचनमा उमेद्वारी दिनुभएका खड्कबहादुर भुजेलले माओवादी केन्द्रका उमेद्वार विष्णु रानामगरलाई समर्थन गर्ने घोषणा गर्दै उमेद्वारी फिर्ता लिनुभएको हो

वडाध्यक्ष पदका लागि यहीँ मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा उमेद्वारी दिनुभएका खड्कबहादुर भुजेलले बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेद्वारी फिर्ता लिनुभएको हो ।

उहाँले आगामी निर्वाचनका लागि माओवादी केन्द्रका उमेद्वारलाई समर्थन गर्ने निर्णय गरेको वताउनुभयो । निर्वाचन आयोगले उमेद्वारी फिर्ता लिनका लागि बुधबार दिउँसो एक बजेसम्मका लागि समय दिएको थियो । निर्धारित समयमै भुजेलले कार्यालयमा पुगेर उमेद्वारी फिर्ता लिनुभएको हो ।

वीरतापूर्ण सांस्कृतिक योगदानको चर्चा गर्दै खुसीराम पाख्रिनको सातौँ स्मृति दिवस सम्पन्न ।

वीरतापूर्ण सांस्कृतिक योगदानको चर्चा गर्दै खुसीराम पाख्रिनको सातौँ स्मृति दिवस सम्पन्न ।

वीरतापूर्ण सांस्कृतिक योगदानको चर्चा गर्दै खुसीराम पाख्रिनको सातौँ स्मृति दिवस सम्पन्न ।
काठमाडौँ। २०८१ मङ्सिर ६गते बिहिवार ।
वरिष्ठ जनगायक खुसीराम पाख्रिनको सातौँ स्मृति दिवस जनसांस्कृतिक महासङ्घ नेपालले भव्यतापूर्वक मनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख अग्नीप्रसाद सापकोटाले खुसीराम पाख्रिनको तस्बिरमाअबिरसहित माल्यार्पण गर्नुभयो।प्रमुख अतिथि सापकोटाले खुसीराम पाख्रिन एक दार्शनिक भएको बताउनुभयो । पाख्रिनको गीत लेखन, कविता लेखन, संस्मरण लेखन, ओपेरा लेखन तथा निर्देशनमा व्यक्त विचार र भावना नेपाली क्रान्तिका लागि मार्ग निर्देशन थिए । गाउँघरमा विहे हुँदा कसार बनाउने नेपाली चलन छ कसारको गुदी र बोक्रा भन्ने हुँदैन । समग्र गुदी नै कसार हो पाख्रिनका रचना र सिर्जना त्यही गुदी हुन् भन्ने कुरामा जोड दिनुभयो ।
विशेष अतिथि पूर्व मन्त्री तथा नेकपा माअोवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले वरिष्ठ जनगायक खुसीराम पाख्रिनका गीतमा नृत्य गर्दा आफूहरूलाई तत्कालीन शाहीसेनाको फौजले पक्राउ गरेको स्मरण गर्दै तत्कालीन सत्तालाई हल्लाउन सक्ने तागत पाख्रिनका गीतमा रहेको चर्चा गर्नुभयो । उनले पुर्याएको योगदानलाई थप उजागार गर्न जोड दिनुभयो ।साङ्गीतिक क्षेत्रलाई उत्पादनसँग जोडेर निर्माण, समृद्धि र समाजवादमा पुग्नलाई सांस्कृतिककर्मीको विशेष योगदान रहने बताउनुभयो।
अतिथि जनसांस्कृतिक महासङ्घका इन्चार्ज,पूर्व अध्यक्ष तथा नेकपा माअोवादी केन्द्रका केन्द्रीय सदस्य ईश्वरचन्द्र ज्ञवालीले खुसीराम पाख्रिन सांस्कृतिक क्षेत्रका एक धरोहर हुन ,उनले नेपालको प्रगतिवादी सांस्कृतिक आन्दोलन सङ्गीत र कलाको क्षेत्रबाट विशिष्ट योगदान पुर्याएका छन् । उनका रचनाहरू सर्वहारा गरिब वर्गका पिँधमा पुगेर अनुभूति गरिएका परिवर्तनगामी चेतनाले भरिएका छन् ।विचार,व्यवहार ,चेतना र कर्मक‍ो सन्तुलन पाख्रिनमा पाइन्छ ।उनी सर्वहारा वर्गका सच्चा हितैषी हुन।पाख्रिनलाई सम्झिनुको अर्थ विचार र व्यवहारमा सन्तुलन ल्याउँदै समाजवादी क्रान्तिको बाटोमा अघि बढ्नु हो ।
कार्यक्रमका अतिथि नेकपाका पोलिटब्युरो सदस्य तथा जनकलाकार माइला लामाले खुसीराम पाख्रिन पञ्चायतकालदेखि गणतन्त्रसम्म निरन्तर क्रान्ति र समाजवादी संस्कृतिको सुन्दर बाटोमा हिँडेका सच्चा सांस्कृतिक योद्धा हुन् ।पाख्रिनको गीतलेखन र साङ्गीतिक क्षेत्र जस्तो सरल थियोे ,उनको जीवन पनि त्यस्तै सरल थियोे भन्दै जनयुद्धकालीन सहयात्राका बारेमा स्मरण गर्नुभएको थियोे।
अतिथि जनगायक तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव कुष्मा महरा’प्रगति’ले खुसीराम पाख्रिन साङ्गीतिक अभिभावक र क्रान्तिकारी व्यक्तित्वको भूमिकाबाट कहिल्यै विचलित नभएको बताउनुभयो । सांस्कृतिक क्षेत्रका आदर्श ,निष्ठा र प्रेरणाप्रदत्त व्यक्तित्व पाख्रिनबाट धेरै कुरा अनुशरण गर्नुपर्ने बताउनुभयो ।
अतिथि जनगायक तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य कर्ण गौतम ‘विद्रोही’ले खुसीराम पाख्रिनसँग बिताएका पलहरूको स्मरण गर्दै पाख्रिन क्रान्तिकारी सांस्कृतिक चेतना भएका अनुकरणीय व्यक्तित्व रहेको चर्चा गर्नुभयो।
जुन समर्पण,त्याग र निष्ठा सबैका लागि मार्गदर्शन भएकाले समाजवादी सांस्कृतिक चिन्तन खुसीराम पाख्रिनबाट सिक्न सकिने बताउनुभयो ।
सभाध्यक्ष तथा जनसांस्कृतिक महासङ्घ नेपालका अध्यक्ष भीम कुमाखीले वरिष्ठ जनगायक खुसीराम पाख्रिनले पुर्याएको जनसांस्कृतिक योगदानबाट सिकेर अघि बढ्नुपर्ने बताउँदै समाजवादी सांस्कृतिक रूपान्तरणमा लागिपर्नुपर्ने बताउनुभयो ।
उद्घोषक तथा जनसांस्कृतिक महासङ्घ नेपालका महासचिव केशव सिलवालले कार्यक्रम सञ्चालनका क्रममा वरिष्ठ जनगायक खुसीराम पाख्रिनको विशिष्ट राजनीतिक र साङ्गीतिक योगदानबारे चर्चा गर्नुभयो।
कार्यक्रममा वरिष्ठ जनगायक खुसीराम पाख्रिन रचित लाल झुपडीका मान्छेहरू’ र ‘जित्नै पर्छ यो अन्तिम लडाइँ तिमीले लडेर’ जस्ता बोलका जनगीतहरू प्रस्तुत गरियो । पाख्रिनको जीवनको अन्तिम गीत ‘युवाहरू हो यो देश तिम्रै हो’ र कर्ण विद्रोहीद्वारा रचित खुसीरामको सम्झनामा आज जुटिरहेछौँ जस्ता बोलका जनगीत पनि प्रस्तुत गरियो। उक्त गीत कुष्मा महरा प्रगति ,कर्ण गौतम विद्रोही , केसरी घर्तीमगर एलिना ,डम्बर रोकाया, दीपक राई र अमर रोका मगर ले प्रस्तुत गर्नुभयो।यसैगरी कार्यक्रममा लक्ष्मी रुम्बा , सोनाम सज्जनले कविता र आरोह सिले ‘समरका यात्रीहरू’ गीत प्रस्तुत गर्नुभयो ।
२०७४ सालमा कीर्तिशेष भएका वरिष्ठ जनगायक खुसीराम पाख्रिनको जन्म २००९ सालमा गोरखामा भएको थियोे ।उनी नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार थिए भने जनयुद्धकालमा भारतको प्रवासमा रही अखिल भारत नेपाली एकता समाजलाई क्रियाशील बनाउँदै सङ्गठन निर्माणमा उल्लेखनीय योगदान पुर्याउनु भएको थियोे।पाख्रिन जनसांस्कृतिक महासङ्घ नेपाललगायतका सांस्कृतिक सङ्घ संस्थामा समेत आबद्ध रहनु भएको थियोे।
सम्प्रेषण : चेतनाथ धमला