by Santosh Poudel | Dec 4, 2024
जनयुद्धको प्रत्यक्ष अनुभव संगालेकी जनमुक्ति सेनाकी कमाण्डर जानुका धमला सन्ध्याद्वारा लिखित पुस्तक `बारूदभित्र जीवन´ बजारमा आएको छ ।
राजधानीमा बुधबार आयाेजित गणतन्त्र सेनानी सम्मान कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त पुस्तक विमाेचन गर्नुभएको हाे ।
दशबर्षे जनयुद्धमा जनमुक्ति सेना नेपालको सिपाही देखि कम्पनि कमाण्डर सम्मको भुमिका निभाएकी जानुका धमला (सन्ध्या)को “बारुद भित्र जीवन” पठनिय र महत्त्वपूर्ण पुस्तक रहेकाे प्रचण्डले बताउनुभएको छ ।
गणतन्त्र सेनानी कोषको आयोजनामा भएको “गणतन्त्र सेनानी सम्मान २०८१” नामक कार्यक्रममा धमलाको कृति पनि लोकार्पण गरिएको हाे ।
धमला जनमुक्ति सेनाकाे कमाण्डर र सदस्यकाे रूपमा दर्जनौं फाैजी कारवाही र भिडन्तहरूमा प्रत्यक्ष सहभागी भएकी याेद्वा हुन् । उनले जनयुद्वमा जिवनसाथी समेत गुमाएकी थिइन् । उनी तत्कालीन रेडियो जनगणतन्त्र नेपालकाे संवाददाताकाे रूपमा पनि काम गरेकी थिइन् । उनी शान्ति प्रक्रियापछि तेस्रो डिभिजनबाट स्वेच्छिक अवकासमा निस्केकी थिइन् । उनी त्यसपछि राेजगारीकाे सिलसिलामा विदेश र युराेप समेत पुगेको र अहिले स्वदेशमै रहेर परिवर्तनको पक्षमा काम गरिरहेकाे उनले बताइन् ।
सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यता तथा माओवादी उच्च स्तरका नेताहरु पुर्व जनमुक्तिसेना नेपालका डेपुटी कमाण्डरहरु को बिशेष उपस्थिति र नेता कार्यकर्ताहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।
गणतन्त्र सेनानी कोषका अध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य सरल सहयात्रीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई “ गणतन्त्र नायक सम्मान” बाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा दशबर्षे जनयुद्ध ,१९ दिने जन आन्दोलन तथा बिभिन्न राजनैतिक र सामाजिक रुपान्तरणमा अग्रणी मोर्चामा रहेर देश र जनातको लागि आफ्नो ज्यानको पर्वाहा नगरि लड्ने साहासिक योद्धाहरु ,जनमुक्ति सेनाका डेपुटी कमाण्डर जनार्दन शर्मा प्रभाकर , नन्द बहादुर पुन पासाङ ,चक्रपाणी खनाल बलदेव तथा जनमुक्ति सेनाका बिभिन्न तहका कमाण्डरहरुलाई सम्मान गरिएको थियो ।
by Santosh Poudel | Dec 4, 2024
काठमाडौ, १९ मङ्सिर ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताउनुभएको छ।
गणतन्त्र सेनानी कोषले आयोजना गरेको गणतन्त्र सेनानी सम्मान २०८१ लाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो।
जनयुद्धको उत्कर्षमा पार्टीले गरेको विश्लेषण सुनाउदै अध्यक्ष प्रचण्डले भन्नुभयो- उतिबेला हामीले भनेका थियौं, अब देश गणतन्त्रमा त जान्छ जान्छ तर यसलाई प्रतिक्रियावादीहरुले आफूले चाहेजस्तो बनाउन खोजेका खोज्ने छन्, हामी हामीले चाहेजस्तो बनाउन खोज्ने छौं, त्यो बेला फेरि जनताको गणतन्त्रका लागि अर्को संघर्ष आवश्यक पर्न सक्छ भनेका थियौं, त्यो विन्दु अब नजिक आएको छ ।
उहाँले अब हुने क्रान्ति पहिलेजस्तो सशस्त्र नहुने बरु जनतामा गएर जनताकै बलमा भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन अघि बढाउने बताउनुभयो । लाखौं लाख जनता सडकमा लिएर हिजो संविधान लेखनको क्रममा फरक मतको छाडेका मुद्दा अघि बढाइने र गणतन्त्रलाई जनताको व्यवस्था बनाउने अभियानलाई पूर्णता दिइने उहाँले बताउनुभयो ।
नयाँ क्रान्तिका लागि विभाजित माओवादीलाई एकताबद्ध गर्दै माओवादीको आफ्नै एजेन्डा र पहिचानमा अघि बढ्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको उपनिर्वाचनमा एक्लै विजय प्राप्त गरेर त्यसको सुरुवात गरिसकेको बताउनुभयो ।
नेपालमा जनताले दस वर्षे जनयुद्ध नगरेको भए गणतन्त्र स्थापनाको कल्पनासमेत गर्न नसकिने उल्लेख गर्दै उहाँले जनताको तर्फबाट यति धेरै सङ्गठित र व्यवस्थितरुपमा आजसम्म नेपालमा कुनै युद्ध नभएको पनि स्पष्ट गर्नुभयो ।बताउनुभयो । उहाँले इतिहासको सम्मानका लागि नयाँ सस्कारको थालनी गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो । यस्तो कार्यक्रम राज्यले गर्ने परम्पराको पनि थालनी गर्नुपर्ने बताउनुभयो ।
पूर्वउपराष्ट्रपति एवं तत्कालीन जनमुक्ति सेनाका डेपुटी कमान्डर नन्दबहादुर पुन पासाङले माओवादी, जनयुद्ध, जनमुक्ति सेना र जनताको कारण गणतन्त्र आएको हो भन्ने नेपाली इतिहासमा स्वर्णिम अक्षरमा लेखिएको बताउनुभयो । गणतन्त्रका उपलब्धि रक्षा गर्दै उहाँले फेरि पनि अध्यक्ष प्रचण्डको नेतृत्वको नेतृत्वमा समाजवादी अभियान अघि बढानुपर्ने बताउनुभयो।
माओवादी केन्द्रका उपमहासचिव एवं तत्कालीन जनमुक्ति सेनाका डेपुटी कमाण्डर जनार्दन शर्मा प्रभाकरले जनयुद्धको थालनी र सन्चालनहुँदै गणतन्त्र स्थापनाको मुख्य श्रेय अध्यक्ष प्रचण्डलाई जाने बताउनुभयो । उहाँले जनयुद्धको कथा लेख्न बाकी रहेकाले यसमा सबै यौद्वाहरुको ध्यान दिनुपर्ने बताउनुभयो । अर्का डेपुटी कमान्डर चक्रपाणि खनाल बलदेवले अध्यक्ष प्रचण्डको सफल नेतृत्वका कारण जनयुद्ध सफल भएको र गणतन्त्र संभव भएको बताउनुभयो ।
अध्यक्ष प्रचण्डलाई गणतन्त्र नायक सम्मान
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष, गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं जनयुद्धका सर्वोच्च कमान्डर पुष्पकमल दाहाल प्रचण्डलाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको थियो ।
देशबाट सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न दश वर्षे जनयुद्धको पहल, थालनी र नेतृत्व गर्दै जनआन्दोलन र संविधानसभाको निर्वाचनहुँदै गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान निर्माण र गणतान्त्रिक सरकारको नेतृत्व गर्दै मुलुकलाई यहाँसम्म ल्याइपुर्याउन कुशल नेतृत्व गरेकोमा गणतन्त्र नायकको सम्मान प्रदान गरिएको कोषले जनाएको छ।
कोषले यो वर्षदेखि गणतन्त्र स्थापनाका लागि योगदान गर्ने सेनानीहरुलाई गणतन्त्र सेनानी सम्मान प्रदान गर्न सुरु गरेको हो। कोषले जनमुक्ति सेनाका डेपुटी कमान्डरहरु नन्दबहादुर पुन पासाङ, वर्षमान पुन अनन्त, जनार्दन शर्मा प्रभाकर र चक्रपाणि खनाल बलदेवलाई गणतन्त्र सेनानी सम्मान प्रदान गरेको छ।
कोषले बागमतीका १३ जिल्लाबाट एक एक जना र सास्कृतिकर्मीलाई पनि सम्मान गरेको छ। बागमतीबाट सुरु गरिएको गणतन्त्र सेनानी सम्मानलाई देशब्यापी बनाउदै लैजाने कोषका अध्यक्ष सरल सहयात्रीले जानकारी दिनुभयो।
by Santosh Poudel | Nov 30, 2024
मंसिर १६ गते हुन लागेकाे स्थानीय तहकाे उपनिर्वाचनकाे माैन अवधि शुरू भएपछि मतदातालाई प्रभावित हुनेगरी भाेज भतेर खुवाएकाे भन्दै कीर्तिपुर नगरपालिकाका मेयर पदका दुइजना उमेदवारविरूद्व निर्वाचन आयाेगमा उजुरी परेको छ ।
मेयर पदमा कांग्रेसबाट उमेदवार भएका कृष्णमान डंगाेल र एमालेका उमेदवार डा. सुरेन्द्र मानन्धरविरूद्व निर्वाचन कार्यलय काठमाडौंमा उजुरी परेकाे हाे ।
निर्वाचन आयाेगले मंसिर १३ गते राति १२ बजेदेखी माैन अवधि घाेषणा गरेर निर्वाचन प्रचारप्रसारलगायतका सबै गतिविधिमा राेक लगाएपछि पनि उनीहरूले मतदातालाई ठूलाे संख्यामा जम्मा गरि भाेज खुवाएकाे भन्दै वडा नं १० का मतदाता हिराबहादुर महर्जनले उजुरी दिएका हुन् ।
उजुरीमा डंगाेलले वडा नं ७ काे इटागाेलस्थित बेकरी एण्ड बेकरी रेष्टुरेन्टमा र मानन्धरले वडा नं १० काे सिंहदबुस्थित जेसिननी हेरिटेज रेष्टुरेन्टमा मतदाताहरूलाई जम्मा गरि भाेज खुवाएका उल्लेख गर्दै उनीहरूलाई आचारसंहिता उलंघनमा कार्वाहि माग गरेका छन् ।
उजुरीमा भनिएकाे छ- `निर्वाचन आचारसंहिता र निर्वाचन ऐन विपरित माैन अवधिमा ठूलाे मतदाता संख्या बाेलाई भाेजभतेर खुवाई मतदाता प्रभावित तुल्याउने कार्य गरेकाे प्रमाण फेला परेकाले कारवाही गरिपाउँ ।´
निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार मौन अवधिमा राजनीतिक दलहरुले प्रचारप्रसारका काम गर्न पाउँदैनन् । दलहरुलाई छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत कुनै पनि क्रियाकलाप गर्न रोक लगाइएको हुन्छ ।
कीर्तिपुर नगरपालिकाकाे मेयर पदमा माओवादी केन्द्रबाट प्रा. डा. शिवशरण महर्जन उमेदवार रहेका छन् भने नेकपा एमालेबाट विद्राेह गरेका स्वतन्त्र उमेदवार राजमानसहित पनि मैदानमा छन् ।
के गर्न पाइदैन माैन अवधिमा ?
आचारसंहिताको परिच्छेद २ को नियम ५ ९घ० अनुसार मौन अवधिमा पालना गर्नुपर्ने आचरणमा भनिएको छ, निर्वाचन आचारसंहितामा व्यवस्था भएअनुसार उम्मेदवारले मौन अवधि सुरु भएपछि निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाउनेछैनन् । यस्तै मौन समय सुरु हुनुअघि मतदान केन्द्रको ३ सय मिटरवरिपरि राखिएका निर्वाचन चिह्न तथा प्रचार सामग्री हटाएको हुनुपर्नेछ।’
यस्तै एसएमएस, फेसबुक, भाइबर तथा विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र प्रचार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नपाइने उल्लेख छ ।
मौन समयमा पालना गर्नुपर्ने आचारसंहिताका उल्लंघन भए निर्वाचन आयोगले सुरुमा उम्मेदवार वा राजनीतिक दललाई आचारसंहिता पालनाका लागि सचेत गराउनेछ। त्यसपछि पनि बेवास्ता गर्दै प्रचारप्रसार कायम राखे निर्वाचन आयोगले १ लाख जरिवानादेखि उम्मेदवारी रद्दसम्मको कारबाही गर्न सक्ने व्यवस्था स्थानीय निर्वाचन ऐन २०७३ मा उल्लेख छ।
by Santosh Poudel | Nov 30, 2024
राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना स्थलमा भएको सामान चोरी प्रकरणमा दाेखाकी उमा शेर्पा प्रश्नको घेरामा परेकी छिन् । चाेरी प्रकरणमा उनको कम्पनीका कर्मचारीकाे प्रत्यक्ष संलग्नताकाे नयाँ प्रमाण फेला परेको छ ।
हालसम्मको अनुसन्धानमा आयोजनामा निर्माण कार्य गरिरहेको च्छाेराेल्पा कन्ट्रक्सन प्रालि (सिआरसी) का जिम्मेवार दुई कर्मचारीको प्रत्यक्ष संलग्नता पुष्टि भएको छ। प्रहरी स्रोतका अनुसार, गौरीशंकर–७ घर भई हाल सिआरसी कन्सट्रक्सनमा साइड इन्चार्जका रूपमा रहेका कामे भनिने छिरिङ शेर्पा र सोही कन्सट्रक्सनका कामदार विगु गाउँपालिका–१ का निमा तामाङ (लामा)ले सिँगटीमा कबाडी व्यवसाय सञ्चालन गरी बस्ने ४८ वर्षीय विभिचन भनिने रवि महतोलाई आयोजना स्थलमा रहेका महँगो मूल्यका उपकरणहरू (जस्तै, ५६० केभीए ट्रान्सफर्मर, जेनेरेटर, मोटा केवुल तारहरू, इलेक्ट्रिकल प्यानल बोर्ड, र हाईभोल्टेज केवुल) चोरी गरी बेचेका थिए।
सबैजना मध्ये तिहारकाे रमाइलोमा व्यस्त रहेकाे माैका छाेपी शेर्पा टाेलीले महङ्गा सामान चाेरी गरि बेचेका हुन् । घटनापछि व्यवसायी महतोलाई जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरी अनुसन्धान गर्दा महतोको खाताबाट छिरिङ र निमाको खातामा बारम्बार रकम गएको देखिएपछि प्रहरीले छिरिङ र निमालाई पनि पक्राउ गरेको थियो।
सामान किन्ने महतोलाई १८ दिन हिरासत, चोरी गर्ने २ दिनमै छुटेः
सामान चोरी प्रकरणमा संलग्नलाई भन्दा सामान किन्ने व्यवसायीलाई प्रहरीले धेरै दिन हिरासतमा राखेको थियो। व्यवसायी महतोको कबाडी स्टोरमा चोरीको सामान फेला परेपछि गत कार्तिक १७ गते गाेरूतिहारकै दिन प्रहरीले महतोलाई पक्राउ गरेको थियो। अनुसन्धानका लागि भन्दै महतोलाई पटक–पटक जिल्ला अदालत दोलखाबाट म्याद थप गरी १८ दिन हिरासतमा राखियो। तर छिरिङ शेर्पा र निमा लामालाई भने प्रहरीले २ दिनमै छाडेको थियो। शेर्पा र लामालाई सरकारी वकिलको कार्यालयले गहिरो अनुसन्धान गर्नुपर्नेभन्दै बाहिरै राखेर अनुसन्धान गर्न भन्दै हिरासत मुक्त गर्न आदेश दिएपछि थप आशंका जन्माएको छ ।
यस विषयमा हेर्दाहेर्दै डटकमले घटनाबारे सोधपुछ गर्दा प्रहरीले अनुसन्धानकै क्रममा रहेको भन्दै पक्राउ परेका दुई जनाको नाम सार्वजनिक गर्न नमिल्ने बताउँदै आएको थियो। तर, ती व्यक्तिहरू साधारण तारेखमा छुटिसक्दा पनि प्रहरीले छिरिङ र निमाको परिचय गोप्य नै राख्यो।
छिरिङ र निमाको परिचय गोप्य राख्नुको कारण ?
तामाकोशीको सामान चोरीमा छिरिङ र निमाको संलग्नता पुष्टि हुने विभिन्न कागजात भेटिएका छन्। आरोपी महतोले २०८१ असोज २२ गते छिरिङ शेर्पाको खातामा १ लाख रुपैयाँ भुक्तानी गरिदिएका थिए। त्यसको भोलिपल्ट, असोज २३ गते पनि महतोले छिरिङकै खातामा १ लाख रुपैयाँ पठाएका थिए। त्यस्तै, कात्तिक १२ गते उनले पुनः छिरिङकै खातामा २ लाख रुपैयाँ जम्मा गरेका थिए। सोही दिन महतोले निमा लामाको खातामा पनि २ लाख रुपैयाँ ट्रान्सफर गरेको अनलाइन भौचरमा देखिएको छ। विद्युतीय भाैचरमा महताेले स्पष्ट रूपमा कवाडी वापतकै पैसा उल्लेख गरेका छन् ।
व्यवसायी महतोले आफूले यिनै २ जनाबाट सामान किनेको बताउँदा र महतोकै खाताबाट यी २ जनाकै नाममा रकम भुक्तानी भएको प्रमाण भेटिँदा समेत प्रहरीले यस घटनामा मौनता देखाएको छ। र यसभन्दा माथि कुनै पनि अनुसन्धान नगरी छिरिङ र निमा दुवैलाई साधारण तारेखमा छोडिएको छ।
बाढी क्षति पुर्याएकाे माथिल्लो तामाकोसीकाे आकस्मिक सफाइ र मर्मतको जिम्मेवारी हाइ हिमाल कन्ट्रक्सन कम्पनीले पाएकाे र हाइ हिमालले सिआरसीलाई जिम्मा दिएको हाे । सिआरसी कन्ट्रक्सन गाैरीशंकर गाउँपालिका वडा नं ७ का फुर्लाक्पा शेर्पा प्राेपाइटर हुन् भने उमा मगर शेर्पा म्यानेजर हुन् ।
बाढी क्षति पुर्याएकाे माथिल्लो तामाकोसीकाे आकस्मिक सफाइ र मर्मतको जिम्मेवारी हाइ हिमाल कन्ट्रक्सन कम्पनीले पाएकाे र हाइ हिमालले सिआरसीलाई जिम्मा दिएको हाे । सिआरसी कन्ट्रक्सन गाैरीशंकर गाउँपालिका वडा नं ७ का फुर्लाक्पा शेर्पा प्राेपाइटर हुन् भने उमा मगर शेर्पा म्यानेजर हुन् ।
अनुसन्धानले छिरिङ र निमा दुवै उमा शेर्पा र उनका श्रीमान् फुलाक्पा शेर्पाको कम्पनीका कर्मचारी रहेको पुष्टि गरेको छ। स्थानीयले यस अपराधमा उमा शेर्पा दम्पतीको योजनाविना यस्तो गतिविधि सम्भव नभएको दाबी गरेका छन्। चोरीको सामान बिक्रीबाट प्राप्त रकम छिरिङ र निमाको खातामा पुगेको प्रमाणित हुँदासमेत उक्त रकम शेर्पा दम्पत्तिको खातामा गएको हो वा होइन भन्नेबारे प्रहरीले कुनै अनुसन्धान गरेको छैन।
प्रहरीको भूमिकामा प्रश्नः
उमा शेर्पा अहिले नेकपा एमालेको उम्मेदवार रहेकाले यस घटनामा प्रहरीमाथि चर्को दबाब परेको दाबी गरिएको छ। परिणामस्वरूप, प्रहरीले पक्राउ परेकाहरूलाई सार्वजनिक नगर्नुका साथै उनीहरूलाई साधारण तारेखमा छोडेको आरोप लागिरहेको छ। व्यवसायी महतोमाथि मात्रै कारबाही गरेर घटना लुकाउने प्रयास भइरहेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।
स्थानीयले यस प्रकरणमा थप अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन्। उनीहरूले राजनीतिक हस्तक्षेपविरुद्ध पनि आक्रोश व्यक्त गर्दै प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। -हेर्दाहेर्दै
by News Bank | Nov 27, 2024
यही मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र) ले जित सुनिश्चित बनाएको दावी गरेको छ । कीर्तिपुरका सबै वडामा भइरहेको उम्मेदवारसहितको घरदैलो कार्यक्रममा व्यक्त जनमत एवं माओवादी उम्मेदवारप्रति विभिन्न राजनीतिक दल र व्यक्तिवाट प्राप्त समर्थनका कारण माओवादीको जित सुनिश्चित भएको बताइएको छ ।
माओवादी कीर्तिपुर नगर समितिका अध्यक्ष धनबहादुर महर्जनका अनुसार मंगलवार एकीकृत समाजवादीवाट मेयरका उम्मेदवार भानु रिजालले नै आफ्नो उम्मेदवारी निस्क्रिय पार्दै माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई समर्थन गरेपछि माओवादीको जित थप सुनिश्चित भएको हो । माओवादीले मेयरमा प्राडा शिवशरण महर्जन र वडा अध्यक्षहरुमा १ नम्बरमा सरलगोपाल महर्जन र ४ नम्बरमा इन्जिनियर नारायण विष्टलाई अघि सारेको छ । धनबहादुर महर्जनका अनुसार दुवै वडा अध्यक्षको जित पनि सुनिश्चित भइसकेको छ ।
यसअघि माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टीले समर्थन गर्दै साझा प्रतिवद्धता जारी गरिसकेका छन् । यस्तै डा.शिवशरणलाई जिताउन विगतमा टुटफूटभएका विप्लव नेतृत्वको माओवादीसहित विभिन्न समूह सक्रिय भएका छन् । करिव ४३ वर्षदेखि कीर्तिपुरमा प्राध्यापन, समाजसेवा, विकास निर्माण र जनताका कामहरुमा संलग्न रहँदै आएका शिवशरण महर्जनको व्यक्तित्वका कारण पनि यसपटक उनीप्रतिको समर्थन बढ्दो छ ।
कीर्तिपुरका स्थानीय बासिन्दासमेत रहेका जसपाका पोलिटव्यूरो सदस्य पञ्चलाल महर्जन यस पटक कीर्तिपुरबासीले प्राडा शिवशरण महर्जनलाई जिताउनेमा आफूहरु विश्वस्त रहेको बताउँछन् । उनले यसअघि कीर्तिपुरको मेयरमा कांग्रेस र एमालेका उम्मेदवारले जितिसकेको र उनीहरुले जनता र कीर्तिपुरका लागि कुनै राम्रो काम गर्न नसकेकाले यस पटक जनताले विकल्प खोजेको बताए । उनका अनुसार विगतमा कुनै पदमा नरहे पनि कीर्तिपुरका लागि शिक्षा, खानेपानी, यातायात, स्वास्थ्य र सामाजिक क्षेत्रमा धेरै राम्रा काम गरिसकेका, अति इमान्दार र निस्कलंक शिवशरण महर्जनलाई यसपटक मेयरमा जिताउने कीर्तिपुरबासीको अठोट छ । शिवशरणले अघि सारेका एजेण्डा र आफू जितेमा तलव भत्तासमेत समाजसेवामा लगाउने घोषणाले जनतालाई उत्साहित बनाएको उनको भनाई छ ।
यसैगरी कीर्तिपुरकै बासिन्दा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य सुरेश शाही पनि कीर्तिपुरको मेयर र वडा अध्यक्षमा आफूहरुको समर्थनमा माओवादीले अघि सारेका उम्मेदवारले जित्ने ठोकुवा गर्छन । उनले यसअघि पटक पटक अवसर पाउँदा पनि कांग्रेस र एमालेले कुनै काम नगरेकाले यसपटक काम गर्ने उम्मेदवार रोज्नुपर्ने जनताको मत रहेकाले माओवादीका उम्मेदवारले जित्ने दावी गरे । शाहीले आफूहरु शिवशरण जिताउन जनताको घरदैलोमा जाँदा पाएको समर्थनलाई हेर्दा पनि ठूलो मतान्तरले शिवशरणको टिमले जित निकाल्नेमा ढुक्क रहेको बताउछन् ।
कीर्तिपुरमा चुनावी अभियानको सुक्ष्म विष्लेषण गरिरहेका नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय बरिस्ठ उपाध्यक्ष निलकण्ठ तिवारी पनि यसपटक मेयरमा प्राडा शिवशरण महर्जनले करिव २ हजार मतान्तरले जित्ने विष्लेषण सुनाउँछन् । उनका अनुसार शिवशरणसँग प्रतिस्पर्धा कांग्रेस उम्मेदवार कृष्णमान डंगोलको भए पनि कांग्रेसभित्रैवाट बागी उठेका ४ जना स्वतन्त्र उम्मेदवारमा भोट बाँडिँदा उनको विगतमा पाएको मत ९ हजार ४३ मा झण्डै आधा घट्ने छ । विगतमा उनलाई समर्थन गरेको जनता समाजवादी पार्टी जसले कीर्तिपुरमा उपमेयर जितेको छले अहिले माओवादीलाई समर्थन गरेकाले कांग्रेसको २ हजार मत त स्वतः घटने देखिन्छ । त्यसबाहेक कांग्रेसका बागी स्वतन्त्र उमेदवार कविकुमार महर्जन एक्लैले कांग्रेसको १ हजारभन्दा बढी मत काट्ने छन् । कांग्रेसले मेयर जित्दा पनि कुनै काम गर्न नसकेको जनताको गुनासो सुनिएकाले यस पटक कांग्रेसले ५ हजार मत कटाउन नसक्ने स्वतन्त्र विष्लेषण छ ।
विष्लेषक तिवारीका अनुसार विगतको चुनावमा ५ हजार ५ सय ७ मत ल्याएको एमालेले पार्टीभित्रका ३ जना वागी उम्मेदवार मैदानमा खडा हुनु, पार्टीभित्र तीब्र मतभेद हुनु र विगतमा एमाले अध्यक्ष ओलीविरुद्ध गाली गलौजमा उत्रिएका सुरेन्द्र मानन्धरले टिकट पाउनु जस्ता कारणले ४ हजार मत कटाउन हम्मे हम्मे पर्ने देखिएको छ । विगतमा एमालेको राजनीतिमा रहेका राजमान मानवले स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेका कार्यकर्ताहरु नै उनको प्रचारमा खटेको देखिन्छ । स्थानीय सरकारको पहिलो निर्वाचनमा कीर्तिपुरमा मेयर जितेको एमालेले नगरपालिकामा बेथिति भित्र्याउँदा कीर्तिपुर धेरै पछि परेको छ । यस्तो अवस्थामा जनताले फेरि एमालेलाई भोट दिने रुची देखाएका छैनन ।
कीर्तिपुरको मेयर पदको प्रतिस्पर्धामा १० जना स्वतन्त्र उम्मेदवार मैदानमा छन् । यी मध्ये राजमान मानव र कविकुमार महर्जनको प्रचार शैली आक्रामक देखिएको छ । अन्य उम्मेदवार पनि घरदैलोमा व्यस्त छन् । कुनै पनि स्वतन्त्र उम्मेदवारले २ हजार मत नकटाउने अर्का विष्लेषक डा.चन्द्रकान्त पौडेलको विष्लेषण छ । उनले पनि यस पटक गोलाकारभित्रको हसिया हथौडा चुनाव चिन्ह लिएका माओवादीका उम्मेदवार प्राडा शिवशरण महर्जनले कीर्तिपुरको मेयरमा र वडा न १ मा शरल गोपाल र ४ मा इन्जिनियर नारायण विष्टले बाजी पार्ने विष्लेषण सुनाए ।