by Santosh Poudel | Nov 26, 2024
मंसिर १६ गते हुन लागेकाे उपनिर्वाचन आउन मात्रै ५ दिन बाँकी छ । काठमाडौं जिल्लाकाे कीर्तिपुर नगरपालिकाकाे मेयर र २ वटा वडाध्यक्षकाे निर्वाचनले विशेष चर्चा पाएकाे छ । विशेषगरी मृयरकाे निर्वाचन महत्त्वपूर्ण रहेकाे छ । मेयर पदमा निर्वाचन जित्नकाे लागि दलहरू र स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा छन् ।
नेकपा माओवादी केन्द्रबाट मेयर पदमा उमेदवार बनेका प्रा. डा. शिवशरण महर्जनले कीर्तिपुरकाे वास्तविक विकासकाे लागि प्रतिवद्वता सार्वजनिक गरिसकेका छन् । उनलेे कीर्तिपुर नगरलाई नेवार सांस्कृतिक सभ्यतासहितकाे पर्यटकीय नगरी बनाउने याेजना अगाडि सारेका छन् ।
उनले कीर्तिपुर नगरकाे पर्यटकीय विकासबारे यस्ता याेजना बनाएका छन् ।
शिवशरणकाे पर्यटन प्रवर्धन याेजना
– कीर्तिपुर लिच्छवी कालदेखि नै अस्तित्वमा रहँदै आएको विशेषतः नेवार समुदायको बाहुल्य भएको साँस्कृतिक
रुपले धनी ऐतिहासिक तथा सा“स्कृतिक नगरी हो । यहाँ बौद्ध तथा हिन्दूहरुका विहार, मठमन्दिरहरु उल्लेख्य
सङ्ख्यामा रहेका छन् । चिलंच्व चैत्य तथा जगतपाल महाबिहार, नगरमण्डप श्री कीर्ति बिहार, आदिनाथ
मन्दिर, बाघभैरब मन्दिर, उमामहेश्वर मन्दिर, जलविनायक मन्दिर, चम्पादेवी आदि जस्ता धार्मिक सम्पदाहरु
अवलोकनका लागि प्रसिद्ध छन् । त्यस्तै गरी पुष्पलाल पार्क, टौदह ,चोभार, माकोचा आदि जस्ता सम्पदाहरु
पनि हेर्न र घुम्न लायकका छन् । त्यसैले यो सहर आन्तरिक एवं वाह्य पर्यटकका लागि एक राम्रो गन्तव्य
पनि हो । तर पूर्वाधारको अभावले यहाँको पर्यटन क्षेत्र विकासको पर्खाइमा छ ।
–यहाँको पर्यटन क्षेत्रको विकास गरी कीर्तिपुरवासीको आर्थिक उन्नति गर्न विशेष पहल गरिनेछ । पर्यटन
विकासलाई ध्यानमा राखी कीर्तिपुरमा मौलिकता तथा आधुनिकतालाई संयोजन गरी होम स्टेलाई व्यवस्थित
गरिनेछ ।
– चम्पादेवीलाई धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्य स्थलमा विकास गरिनेछ ।
– कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिको समन्वयमा निजी क्षेत्रलाई समेत सहभागी गराई मिनी
बञ्जीजम्प निर्माणका लागि पहल गरिनेछ । चन्द्रागिरि तीनथानाको भिराडिल संग जोडिएको माकोचा
पार्कलाई व्यवस्थित गरिनेछ ।
– कीर्तिपुरको ऐतिहासिकता, वीरता, विद्रोह तथा वलिदानको संस्कृति झल्किने विशेष पार्क निर्माण गरिनेछ ।
by Santosh Poudel | Nov 22, 2024
मंसिर १६ गते हुन लागेकाे कीर्तिपुर नगरपालिकाकाे उपनिर्वाचनकाे सन्दर्भमा आज नेकपा माओवादी केन्द्रले उमेदवारकाे तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ ।
दिउँसो १२:०० बजे किर्तिपुर नगरपालिका कार्यालय नयाँबजार छेउमा रहेको पार्टी प्यालेसमा चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने कार्यक्रम भएको माओवादीले जनाएको छ । कार्यक्रममा पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज तथा प्रबक्ता अग्निप्रसाद सापकोटासहित समाजवादी मोर्चामा आवद्ध पार्टीका केन्द्रिय नेताको सहभागितामा हुने बताइएको छ ।
उपचुनावमा माओवादी उमेदवारलाई समाजवादी माेर्चाका दलहरूले समर्थन गर्ने घाेषणा यस अघि नै गरिसकेका छन् । चुनावी प्रतिवद्वता पत्र सार्वजनिक गर्ने दलमा माओवादी केन्द्र पहिलाे दल बनेकाे छ ।
माओवादीले प्रा.डा. शिवशरण महर्जनलाई कीर्तिपुर नगरपालिका मेयरकाे रूपमा सार्वजनिक गरिसकेको छ भने उनको मनाेनयन भइसकेको छ ।
by pcnnewsbank | Nov 21, 2024
वीरतापूर्ण सांस्कृतिक योगदानको चर्चा गर्दै खुसीराम पाख्रिनको सातौँ स्मृति दिवस सम्पन्न ।
काठमाडौँ। २०८१ मङ्सिर ६गते बिहिवार ।
वरिष्ठ जनगायक खुसीराम पाख्रिनको सातौँ स्मृति दिवस जनसांस्कृतिक महासङ्घ नेपालले भव्यतापूर्वक मनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख अग्नीप्रसाद सापकोटाले खुसीराम पाख्रिनको तस्बिरमाअबिरसहित माल्यार्पण गर्नुभयो।प्रमुख अतिथि सापकोटाले खुसीराम पाख्रिन एक दार्शनिक भएको बताउनुभयो । पाख्रिनको गीत लेखन, कविता लेखन, संस्मरण लेखन, ओपेरा लेखन तथा निर्देशनमा व्यक्त विचार र भावना नेपाली क्रान्तिका लागि मार्ग निर्देशन थिए । गाउँघरमा विहे हुँदा कसार बनाउने नेपाली चलन छ कसारको गुदी र बोक्रा भन्ने हुँदैन । समग्र गुदी नै कसार हो पाख्रिनका रचना र सिर्जना त्यही गुदी हुन् भन्ने कुरामा जोड दिनुभयो ।
विशेष अतिथि पूर्व मन्त्री तथा नेकपा माअोवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले वरिष्ठ जनगायक खुसीराम पाख्रिनका गीतमा नृत्य गर्दा आफूहरूलाई तत्कालीन शाहीसेनाको फौजले पक्राउ गरेको स्मरण गर्दै तत्कालीन सत्तालाई हल्लाउन सक्ने तागत पाख्रिनका गीतमा रहेको चर्चा गर्नुभयो । उनले पुर्याएको योगदानलाई थप उजागार गर्न जोड दिनुभयो ।साङ्गीतिक क्षेत्रलाई उत्पादनसँग जोडेर निर्माण, समृद्धि र समाजवादमा पुग्नलाई सांस्कृतिककर्मीको विशेष योगदान रहने बताउनुभयो।
अतिथि जनसांस्कृतिक महासङ्घका इन्चार्ज,पूर्व अध्यक्ष तथा नेकपा माअोवादी केन्द्रका केन्द्रीय सदस्य ईश्वरचन्द्र ज्ञवालीले खुसीराम पाख्रिन सांस्कृतिक क्षेत्रका एक धरोहर हुन ,उनले नेपालको प्रगतिवादी सांस्कृतिक आन्दोलन सङ्गीत र कलाको क्षेत्रबाट विशिष्ट योगदान पुर्याएका छन् । उनका रचनाहरू सर्वहारा गरिब वर्गका पिँधमा पुगेर अनुभूति गरिएका परिवर्तनगामी चेतनाले भरिएका छन् ।विचार,व्यवहार ,चेतना र कर्मको सन्तुलन पाख्रिनमा पाइन्छ ।उनी सर्वहारा वर्गका सच्चा हितैषी हुन।पाख्रिनलाई सम्झिनुको अर्थ विचार र व्यवहारमा सन्तुलन ल्याउँदै समाजवादी क्रान्तिको बाटोमा अघि बढ्नु हो ।
कार्यक्रमका अतिथि नेकपाका पोलिटब्युरो सदस्य तथा जनकलाकार माइला लामाले खुसीराम पाख्रिन पञ्चायतकालदेखि गणतन्त्रसम्म निरन्तर क्रान्ति र समाजवादी संस्कृतिको सुन्दर बाटोमा हिँडेका सच्चा सांस्कृतिक योद्धा हुन् ।पाख्रिनको गीतलेखन र साङ्गीतिक क्षेत्र जस्तो सरल थियोे ,उनको जीवन पनि त्यस्तै सरल थियोे भन्दै जनयुद्धकालीन सहयात्राका बारेमा स्मरण गर्नुभएको थियोे।
अतिथि जनगायक तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव कुष्मा महरा’प्रगति’ले खुसीराम पाख्रिन साङ्गीतिक अभिभावक र क्रान्तिकारी व्यक्तित्वको भूमिकाबाट कहिल्यै विचलित नभएको बताउनुभयो । सांस्कृतिक क्षेत्रका आदर्श ,निष्ठा र प्रेरणाप्रदत्त व्यक्तित्व पाख्रिनबाट धेरै कुरा अनुशरण गर्नुपर्ने बताउनुभयो ।
अतिथि जनगायक तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य कर्ण गौतम ‘विद्रोही’ले खुसीराम पाख्रिनसँग बिताएका पलहरूको स्मरण गर्दै पाख्रिन क्रान्तिकारी सांस्कृतिक चेतना भएका अनुकरणीय व्यक्तित्व रहेको चर्चा गर्नुभयो।
जुन समर्पण,त्याग र निष्ठा सबैका लागि मार्गदर्शन भएकाले समाजवादी सांस्कृतिक चिन्तन खुसीराम पाख्रिनबाट सिक्न सकिने बताउनुभयो ।
सभाध्यक्ष तथा जनसांस्कृतिक महासङ्घ नेपालका अध्यक्ष भीम कुमाखीले वरिष्ठ जनगायक खुसीराम पाख्रिनले पुर्याएको जनसांस्कृतिक योगदानबाट सिकेर अघि बढ्नुपर्ने बताउँदै समाजवादी सांस्कृतिक रूपान्तरणमा लागिपर्नुपर्ने बताउनुभयो ।
उद्घोषक तथा जनसांस्कृतिक महासङ्घ नेपालका महासचिव केशव सिलवालले कार्यक्रम सञ्चालनका क्रममा वरिष्ठ जनगायक खुसीराम पाख्रिनको विशिष्ट राजनीतिक र साङ्गीतिक योगदानबारे चर्चा गर्नुभयो।
कार्यक्रममा वरिष्ठ जनगायक खुसीराम पाख्रिन रचित लाल झुपडीका मान्छेहरू’ र ‘जित्नै पर्छ यो अन्तिम लडाइँ तिमीले लडेर’ जस्ता बोलका जनगीतहरू प्रस्तुत गरियो । पाख्रिनको जीवनको अन्तिम गीत ‘युवाहरू हो यो देश तिम्रै हो’ र कर्ण विद्रोहीद्वारा रचित खुसीरामको सम्झनामा आज जुटिरहेछौँ जस्ता बोलका जनगीत पनि प्रस्तुत गरियो। उक्त गीत कुष्मा महरा प्रगति ,कर्ण गौतम विद्रोही , केसरी घर्तीमगर एलिना ,डम्बर रोकाया, दीपक राई र अमर रोका मगर ले प्रस्तुत गर्नुभयो।यसैगरी कार्यक्रममा लक्ष्मी रुम्बा , सोनाम सज्जनले कविता र आरोह सिले ‘समरका यात्रीहरू’ गीत प्रस्तुत गर्नुभयो ।
२०७४ सालमा कीर्तिशेष भएका वरिष्ठ जनगायक खुसीराम पाख्रिनको जन्म २००९ सालमा गोरखामा भएको थियोे ।उनी नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार थिए भने जनयुद्धकालमा भारतको प्रवासमा रही अखिल भारत नेपाली एकता समाजलाई क्रियाशील बनाउँदै सङ्गठन निर्माणमा उल्लेखनीय योगदान पुर्याउनु भएको थियोे।पाख्रिन जनसांस्कृतिक महासङ्घ नेपाललगायतका सांस्कृतिक सङ्घ संस्थामा समेत आबद्ध रहनु भएको थियोे।
सम्प्रेषण : चेतनाथ धमला
by pcnnewsbank | Nov 21, 2024
काठमाडौं । यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कीर्तिपुरमा चुनावी महौल तातेको छ। किर्तिपुर नगरप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रा. डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाएर चुनावी मैदानमा उतारेसँगै चुनावी गतिविधि तीव्र रुपमा अगाडि बढिरहेको छ ।
उपनिर्वाचनमा नगरप्रमुखका उम्मेदवारसहित माओवादीका नेतादेखि कार्यकर्ताहरु सक्रिय भएर लागेका छन्, वडाका टोल–टोलमा गठित निर्वाचन परिचालन कमिटीको सक्रियतामा नेता तथा कार्यकर्ता घरदैलोमा पुगेर मतदातासँग भोट माग्ने कार्यमा निरन्तर लागेका छन् ।
कीर्तिपुर नगरपालिकाका १० वटै वडाका टोलटोलमा गठित निर्वाचन परिचालन कमिटीले चुनाव लक्षित कार्यक्रमअन्तर्गत महिला र्याली, युवा मार्चपास, अन्तरक्रिया, घरदैलो कार्यक्रम तथा कोणसभा आयोजना गर्दै आएका छन् ।
नगर प्रमुखका उम्मेदवार प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई विजयी बनाउन १० वटै वडामा खटाइएको माओेवादी केन्द्रले जनाएको छ । हरेक वडामा चुनावी कमाण्डरसहित केन्द्रीय, प्रदेश, जिल्ला, स्थानीयस्तरका नेता तथा कार्यकर्ता परिचालित भइरहेका छन्।
माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार बनेका महर्जनको नेतृत्वमा बुधबार बिहान भएको घर दैलो अभियान निकै उत्साहप्रद थियो । बुधबार वडा नं. ७ र ८ वडामा भएको घरदैलो अभियनले सहभागी माओवादी नेता तथा कार्यकर्ता पनि उत्साहित देखिन्थे ।
युवादेखि वृद्ध आमाबुबासम्मले महर्जनलाई घरदैलो कार्यक्रममा भोट दिने प्रतिबद्धताका साथ आशिर्वाद दिएका थिए । आफ्नो मताधिकार प्रयोग गर्ने दिन आउन ११ दिन मात्र बाँकी छ । यस अवधिमा चोकचोक, टोलटोलमा चुनावी उत्सव चलेको छ । आगामी साढे
माओवादी केन्द्रले सञ्चालन गरेको घरदैलो अभियानले कार्यकर्तामा उत्साह थपेको छ भने मतदातामा उत्साह छाएको छ ।
नगर प्रमुखका प्रत्यासी प्रा.डा. महर्जन दैनिक जनताको घरदैलोमा जाँदा कार्यकर्तामा उत्साह र उमङ्ग थपिएको बताउँछन् । उनी भन्छन्, “आफ्नो स्थानीय सरकारको नेतृत्व छान्न दलका लागि यो महोत्सव हो, कार्यकर्तामा यतिखेर उत्साह, उमङ्ग छाएको छ, दैनिक नेता घर दैलोमा आउँदा मतदाता पनि फुरुङ्ग भएका छन् ।”
ठाउँठाउँ र चोकचोकमा माओवादी केन्द्रका कार्यकर्ता पार्टीको गीतमा नाच्ने, गाउँने गर्दा मतदातामा समेत उमङ्ग थप्ने गरेको कीर्तिपुर नगरपालिका–७ का प्रकाश महर्जन बताउँछन् ।
यसैबीच एकीकृत समाजवादीले उम्मेदवारी नदिने भएको छ । उक्त दलले माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेको छ ।
को हुन नगरप्रमुखका उम्मेदवार महर्जन ?
नगरप्रमुखका उम्मेदवार महर्जन त्रिभुवन विश्वविद्यालय केन्द्रीय शिक्षाशास्त्र विभागका पूर्वप्रमुख हुन् । त्यस्तै उनले विश्वविद्यालय अनुदान आयोगको सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।
यस्तो छ महर्जनको प्रतिबद्धता पत्र
‘नगरपालिकाको संस्थागत सुधार, समृद्ध कीर्तिपुरको आधार’ ‘भ्रष्टाचार विरुद्ध निरन्तर अभियान–गोलाकार भित्रको हँसिया हथौडामा मतदान’ भन्ने नारासहित महर्जनले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
१. स्ववासी वेनिस्सा (लालपुर्जा) को समस्या यथाशीघ्र समाधान गर्न ।
२. फोहोरमैला निःशुल्क सङ्कलन गर्न ।
३. विद्युत् र खानेपानीको न्यूनतम खपत शुल्क मिनाहा गर्न ।
४. घरघरमा खानेपानीको समानुपातिक वितरण तथा सुविधा विस्तार गर्न ।
५. नगरभित्रका सबै स्थानमा सडक सञ्जाल बिस्तार गरी कच्ची सडक रहित सहर बनाउन र यातायात सुलभ बनाउन ।
६. विष्णुदेवी अस्पताललाई भौतिक पूर्वाधारसहित तत्काल २५ शय्याको बनाई नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्न ।
७. स्थानीय उत्पादनलाई ब्राण्डिङ गरी बजारीकरण व्यवस्थित गर्न ।
८. निर्माण सम्पन्न हुन नसकेको खेल मैदानलाई यथाशीघ्र निर्माण गरी प्रयोगमा ल्याउन ।
९. त्रि.वि. हाताभित्र शिक्षण अस्पताल निर्माण कार्य सम्पन्न गरी कीतिपुरवासीलाई सहुलियतमा उपचार सेवा उपलब्ध गराउन ।
१०. त्रि।वि। सँग समन्वय गरी हरेक क्षेत्रमा कीर्तिपुरवासीलाई निश्चित कोटाको व्यवस्था गर्न ।
११. विद्युतको अव्यवस्थित तार तथा केवल लाइनलाई व्यवस्थित गरी नगरको मुख्य क्षेत्रमा सि। सि। टि।भि जडानसहित सुरक्षित सहर बनाउन ।
१२. नगरपालिकालाई सुशासन सहित भ्रष्टाचार मुक्त बनाउन ।
१३. महिलाहरूलाई स्वरोजगार सहित आत्मनिर्भरता सुनिश्चित गर्न दीर्घकालीन विशेष परियोजना सञ्चालन गर्न ।
१४. नगरभित्रका सबै शिक्षालयमा प्राविधिक शिक्षा लागु गरी युवाहरूलाई स्वरोजगारमुखी र स्वावलम्बी बनाउन ।
१५. पुष्पलालपार्क–चम्पादेवी हुँदै हेटौँडा जाने बाटो निर्माण गर्न ।
१६. अपाङ्गता (बौद्धिक, मानसिक र शारीरिक) भएका व्यक्तिहरूलाई पुरस्थापना गर्न । अशक्त अपाङ्गका घर घरमा स्वास्थ्य सेवा दिन ।
१७. नगरपालिका भित्रका सबै भूगोलहरूका समानुपातिक वितरण सुनिश्चित गर्न ।
१८. विकास निर्माणसँग सम्बद्ध कार्यहरूलाई सर्वपक्षीय बनाउन र पारदर्शीरुपमा परिचालन गर्न ।
१९. सतुङगल चोभार ९सुख्खा बन्दरगाह० सडक निर्माण गर्न ।
२०. पर्यटन विकासका लागि सांस्कृतिक तथा जातीय संग्राहलय स्थापना गर्न ।
२१. कीर्तिपुर नगरपालिकालाई लागु औषध दुर्व्यसनमुक्त पालिका बनाउन ।
२२. कीर्तिपुरका युवा विद्यार्थीहरुका लागि शैक्षिक ऋण सहज उपलब्ध गर्न ।
२३. सूचना प्रविधिमैत्री कीर्तिपुर सहर निर्माण गरी युवाहरूलाई स्वरोजगारणमुखी बनाउन ।
२४. कीर्तिपुरवासी राष्ट्रियस्तरका खेलाडीहरूलाई मासिक भत्ता सुनिश्चित गर्न ।
२५. बालबालिका तथा युवाहरूलाई खेलकुद क्षेत्रमा पहुँच सुनिश्चित गर्न नगर खेलकुद परिषद् गठन गरी परिचालन गर्न ।
२६. चोभारमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन हल बनाउन ।
२७. कीर्तिपुरलाई छुवाछूतमुक्त नगर सहित सुकुम्वासी मुक्त क्षेत्र बनाउन ।
२८. सहकारी पीडितलाई बचत रकम फिर्ता गराउन पहल गर्न ।
त्यस्तै, उम्मेदवार महर्जनले आजै किर्तिपुरको पाँगामा आफ्नो चुनावप्रचारप्रसार कार्यालयको समेत सुरुवात गरेका छन् । प्रचारप्रसार कार्यकालागि प्रभावकारी बनाउन, स्थानीयहरुसँगको भेटघाटलाई व्यवस्थित बनाउनका लागि कार्यालय सञ्चालन गरिएको उनले बताए ।
by pcnnewsbank | Nov 21, 2024
मंसिर १६ गते हुन लागेकाे कीर्तिपुर नगरपालिकाकाे उपचुनावमा २० जना मेयरकाे प्रतिस्पर्धामा सहभागी छन् । निर्वाचन कार्यलयले सार्वजनिक गरेकाे अन्तिम सुचीमा २० जना मेयरकाे उमेदवार देखिएका हुन् । त्यसमा माओवादी केन्द्र बाट उमेदवार बनेका प्रा. डा. शिवशरण महर्जन एक हुन् ।
मेयरका उमेदवारहरूले चुनावी प्रचारप्रसार गरिरहेका छन् । उनीहरूले मतदाताकाे घरघरमा पुगेर घरदैलो अभियानमार्फत मत मागिरहेका छन् । घरदैलोमा भेटिएका मतदाताहरूकाे भनाइ र मत सर्वेक्षण गर्दा प्रा. डा. शिवशरण महर्जन मतदाताकाे राेजाईमा परेका देखिएका छन् ।
मतदाता र कीर्तिपुरवासीले उनलाई समाजकाे असल अभिभावककाे रूपमा लिने रहेछन् । उनी माओवादी केन्द्रकाे तर्फबाट उमेदवार बनेपनि सबैका साझा उमेदवार हुन् भन्छन् वडा नं २ का मतदाताहरू । माओवादी केन्द्रले उमेदवार बनाएका महर्जन ४३ वर्ष त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराएका र विभिन्न विभागका नेतृत्व समेत सम्हालेका उनी सामाजिक सेवाका क्षेत्रमा पनि उत्तिकै सफल नेतृत्व मानिन्छन् ।
किर्तिपुर नगरपालिका वडा नं ७ का मतदाता विश्वराज महर्जनले शिवशरण निर्विवाद व्यक्ति भएको र कीर्तिपुरवासीकाे असल नेता भएकोले यसपटक उनलाई मत दिन आवश्यक भएको बताए ।
शिवशरण अन्य उमेदवारभन्दा उमेर पाकाे भएपनि युवा जाेश र निस्वार्थ व्यक्ति भएको स्थानिय व्यवसायी कृष्ण महर्जनले बताए । शिवशरणलाई अघिल्लोपटक जिताउन नसक्दा कीर्तिपुरमा समुचित विकास नभएको उनको टिप्पणी छ ।
उनलाई मतदाताले उत्साहपुर्वक स्वागत गर्ने गरेका छन् । सरल, मिजासिलाे, कुशल व्यवस्थापक र सबैका गुरु भएकाले पनि शिवशरणकाे पक्षमा माहोल देखिएकाे छ । कीर्तिपुर ८ कि ७८ वर्षकी राममाया महर्जन भन्छिन यसपटक त शिवलाई दिने हाे भाेट ।
उमेदवार महर्जन पनि मतदाताकाे साथ र समर्थनले उत्साहित छन । उनले कीर्तिपुरकाे विकास र समृद्धि नै आफ्नो सपना भएको बताएका छन् । उनलेे आफुले जितेमा आफ्नो तलब भत्ता समेत नलिने र काेष बनाएर अत्यावश्यक भएको स्थानमा सहयाेग गर्ने घाेषणा गरेका छन् । उनलेे २८ बुँदे प्रतिवद्वता पनि सार्वजनिक गरिसकेका छन् ।